back

प्रधानमन्त्रीका लागि ओलीले गरे १५३ सासंदको हस्ताक्षर सहित दाबी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १५३ सासंसदको हस्ताक्षर सहित प्रधानमन्त्री दाबी गरेका छन् । ओलीले नेकपा (एमाले)का १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित संविधानको धारा ७६(५) वमोजिम प्रधानमन्त्री पदको लागि दावी गरेका हुन् ।

दावी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महत्तो र एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीले हस्ताक्षर गरेका छन् ।
ओलीले आफुसँग १२१ सिट रहेको र अन्य कुनै दलले समर्थन गरेमा दाबी गर्ने बताएका थिए । उनले आफुले गरेको दाबीमा राष्ट्रपति विश्वस्त भए आफुलाई प्रधानमन्त्री नियुक्त गर्ने बताएका थिए । त्यसरी नियुक्त भए पनि १ महिना भित्र विश्वासको ममत लिनु पर्ने र मत नपाए संसद विघटन गरेर चुनावमा जाने उनको भनाई थियो ।

यस प्रधानमन्त्रीमा दाबी गर्ने कांग्रेस सभापति शेर बहादुर देउवाले एमालेको माधव नेपाल पक्षका २७ सांसद सहित १४९ सासंदको हस्ताक्षर लगेको जनाइएको छ । उद्यपी कतिपय नेताहरुले त्यसमा किर्ते जरिएको बताएका छन् ।

२०७८ जेठ ७ गते प्रकाशित


सरकारले प्रजातन्त्र दिवस मनाउने, प्रधानमन्त्रीको अध्यक्षतामा समिति गठन

सरकारले प्रजातन्त्र दिवस मनाउने, प्रधानमन्त्रीको अध्यक्षतामा समिति गठन

वि.सं.२०८१ माघ २७ आइतवार १२:५५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस,...

जलवायु परिवर्तनको सामना गर्न वित्तिय स्रोत आवश्यक : मन्त्री शाही

जलवायु परिवर्तनको सामना गर्न वित्तिय स्रोत आवश्यक : मन्त्री शाही

वि.सं.२०८१ माघ २७ आइतवार १२:२८

काडमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको...

नेपालले आफैंले नगरेको अपराधको सजाय भोगिरहेको छ : सभामुख घिमिरे

नेपालले आफैंले नगरेको अपराधको सजाय भोगिरहेको छ : सभामुख घिमिरे

वि.सं.२०८१ माघ २७ आइतवार १२:१०

काठमाडौं । सभामुख देवराज घिमिरेले नविकरणीय उर्जाको प्रवद्र्धन, वातावरणीय कानुन...

प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

वि.सं.२०८१ माघ २७ आइतवार १०:३७

काठमाडौं । आइतबार प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक...

मापदण्ड पूरा नगरेका निजी अस्पताल बन्द गर्न निर्देशन : मुख्यमन्त्री सिंह

मापदण्ड पूरा नगरेका निजी अस्पताल बन्द गर्न निर्देशन : मुख्यमन्त्री सिंह

वि.सं.२०८१ माघ २७ आइतवार १०:३२

जनकपुर । जनशक्ति, भौतिक पूर्वाधार, उपकरण, सरसफाइ लगायतका मापदण्ड पुरा...

एनआरएनलाई भिसा दिने प्रावधान हास्यास्पद : प्रचण्ड

एनआरएनलाई भिसा दिने प्रावधान हास्यास्पद : प्रचण्ड

वि.सं.२०८१ माघ २५ शुक्रवार १०:५३

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले...