back

बीमा नहुँदा देशले खर्बौं नोक्सानी बेहोर्नुपरेको विषय सरकारले बुझ्न थालेको छ : पोषकराज पौडेल

सामान्य हिसाबले हेर्ने हो भने कोही कसैलाई पनि जोखिम पर्दा रक्षावरण गर्ने एउटा औजार बीमा हो केही गाह्रो, अप्ठ्यारो पर्दा बीमाकम्पनीले मात्रै हेर्दछ त्यसैका लागि बीमा गर्ने हो यता जीवन बीमालाई अनिवार्य बचत लगानी गरी दुई पाटोको रुपमा हेर्ने गरिएको केहीले बचतको रुपमा बुझेका छन् भने केहीले लगानीको रुपमा बुझेका छन् वास्तवमा यो जोखिम रक्षाको बचत हो लगानीकालागि अन्य विभिन्न क्षेत्रहरू हुन सक्दछन् त्यसैले लगानीभन्दा पनि अनिवार्य बचत जोखिमका लागि बण्डल गरिएको प्रोडक्ट नै जीवन बीमा हो

विकसित हुँदै जाँदा यो परिवारको जोखिमको रक्षावरण, आर्थिक हिसाबले भवितव्य पर्दा जोखिम कम गराउने कुरा हो बृहत्तररुपमाहेर्दा समाज विकासको क्रममा मानिस बढी व्यावसायिक बढी आत्मकेन्द्रित बन्न थाल्दछ त्यो व्यक्तिलाई अप्ठ्यारो परेको बेलासाथीभाइ समाजले मद्दत गर्नेभन्दा पनि आफूलाई पर्ने समस्या आफैं व्यवस्था गर्ने अवधारणाका रुपमा बीमालाई लिने गरिन्छ आजचिनेकै व्यक्तिले कुराले ठिक्क पारे पनि आफूलाई परेको बेलामा औषधोपचार खर्च या अन्य आवश्यक खर्चका लागि सहयोग गर्नेहरूघट्दोमात्रामा छन् त्यही कारण कोही कसैलाई पनि केही घटना पर्दा कुनै एक संस्थाले उपचार खर्चदेखि प्रोडक्टअनुसारको सहयोगरकम जुटाउन हेर्ने संस्था नै जीवन बीमा कम्पनीहरू हुन् अतः विकासको क्रममा आर्थिक हिसाबले जोखिमको रक्षावरण गर्ने औजारआविष्कार भएको युगको रुपमा अहिले बीमालाई हेरिन्छ

बीमाको इतिहास
एक दशक अगाडिसम्मलाई हेर्दा बीमा क्षेत्र एकदमै साँघुरो सीमित मात्रामा थियो करिब चार दशकसम्मको अवधिमा प्रतिशतहाराहारीको संख्यामा रहेको यो क्षेत्र पछिल्लो दशकमा ४० प्रतिशतमा पुगेको पछिल्लो दशकमा बीमा क्षेत्रका सबै विषयमाउल्लेख्य वृद्धि भएको पाइन्छ नयाँ कम्पनीहरूको संख्या उल्लेख्य रुपमा बढेको बीमा शिक्षा साक्षरता पनि बढेर गएको बीमाको बारेमा तल्लो तहसम्म छलफल हुन थालेको अब बीमाबारे गाउँगाउँसम्म सकारात्मक बुझाइ पाइन्छ सरकारको स्वास्थ्यबीमाले अझ महत्वपूर्ण भूमिका खेलेको वैदेशिक रोजगारमा जाँदा अनिवार्य बीमा गर्नुपर्ने भएकाले पनि घरघरमा बीमाको सचेतनापुगेको विदेशमा जानेहरूको विभिन्न घटना घट्ने त्यसबापत बीमा कम्पनीले सुविधा दिएको देखेर पनि यो गर्नेपर्नै रहेछ भनेर चेतनाआएको पाइन्छ त्यस्तै कोरोना बीमाले पनि गाउँगाउँसम्म बीमाबारेको चेतना विस्तार गरेको देखिन्छ यसबापत कम्पनीहरूलेचारपाँच अर्ब रुपैयाँ भुक्तानी दिइसकेका छन् सबै चिजहरूले गर्दा पछिल्लो समय बीमाबारे जनचेतनाको स्तर क्रमशः बढ्दै गएको एक हिसाबले हेर्दा बीमाबारे सकारात्मक कुराको लागि आधार नै तय भएको यो दशक बीमा क्षेत्रका लागि ऐतिहासिक नै बन्नपुगेको प्रष्ट

बीमा बाध्यता कि आवश्यकता
अभ्यासको हिसाबले यो बताउँछ कि मानिसलाई राम्रो कुरा बुझाउन समय लाग्छ राम्रो कामका लागि समाजमा केही नयाँ पहलकदमीपनि लिनुपर्दछ केही कुरा बुझाउनु पनि पर्दछ संसारमै हेर्ने हो भने राम्रो कुरा अगाडि बढाउन साह्रै गाह्रो हुने गर्दछ मानिसलाईकतिपय अवस्थामा करकाप पनि गर्नुपर्ने हुन्छ त्यहीअनुसार रक्षावरण गर्ने औजार भनेर अभिकर्ताले बीमाबारे बुझाइरहेका हुन्छन् बुझिसकेपछि भने आफूप्रति ढुक्क हुन थाल्नेछन् उदाहरणको रुपमा हेर्दा नेपालमै मानिसको चेतनाको स्तर विकास नभइसकेकोअवस्थामा विद्यालयका शिक्षक अभियन्ताहरूले घरघर गएर बच्चा विद्यालय भर्ना गर्नुपर्दछ पढाउनुपर्दछ भन्दथे विस्तारैसर्वसाधारणले यो बुझ्दै गए यतिबेला नेपालको साक्षरता प्रतिशत निकै राम्रो अब बालबालिकालाई विद्यालय पठाऊ भनिरहनुपर्दैन त्यसैगरी बीमाका विषयमा पनि विस्तारै सुधार हुँदै जाने देखिन्छ

गुणस्तर साक्षरता
अहिले १२ हजार कर्मचारी यस क्षेत्रमा संलग्न छन् साढे लाख अभिकर्ता सक्रियरुपमा कार्य गरिरहेका छन् पछिल्लो समय बीमाक्षेत्रमा प्रविधिसँग भिज्न सक्ने कर्मचारी आइसकेका छन् उनीहरू डिजिटल फ्रेण्ड्ली पनि देखिन्छन् कतिपयमा बीमाको ज्ञान प्रविधिबारे जानकारी बढाउनुपर्ने खाँचो पनि होला यसमा थप गृहकार्य गर्दै सिक्ने सिकाउनुपर्ने कुरा बाँकी छन् सक्षम कर्मचारीउत्पादन भएमा त्यसले बीमा क्षेत्रलाई धेरै ठूलो सहयोग गर्ने देखिन्छ अर्काेतिर अभिकर्ताको व्यावसायिकता वृद्धि गनुपर्ने खाँचो यो पेशालाई मर्यादित बनाउन तालिम, क्षमता विकासका काममा लाग्नै पर्दछ

पछिल्लो समय नियामक निकाय बीमा प्राधिकरणले अभिकर्ताको क्षमता वृद्धि गर्नेगरी काम गरेको नियामकले गुणस्तरमा बढीध्यान दिएको त्यसैगरी बीमा कम्पनीहरूले पनि संख्यामा भन्दा गुणस्तरमा जोड दिँदै गएका छन् नेपालमा टेलिमार्केटिङलगायतडिजिटल मार्केटिङको विकास नभइसकेको अवस्थामा यतातर्फ भने ध्यान पुर्‍याउनुपर्ने खाँचो समयमै भुक्तानीका लागि प्रहरी, प्रशासन, स्थानीय सरकार अस्पतालको समन्वयमा हुनुपर्ने कामको आवश्यक विकास भइसकेको छैन त्यसमा सुधार गर्नुपर्ने टड्कारोआवश्यकता भुक्तानी चाँडो हुने प्रणालीको विकास हुने हो भने बीमा गर्नेहरू अझै सक्रिय भएर बढ्नेछन्

मुख्य कुरा बीमाका क्षेत्रमा मानिसलाई बुझाउनुपर्ने आवश्यकता नै बढी देखिन्छ पछिल्लो समय संघले विभिन्न हिसाबले सचेतना दिनेकाम गरिरहेको सञ्चारमाध्यमहरूसँग सहकार्य गरेर संघले कार्य गरिरहेको सञ्चारमार्फत प्रचार गरेमा त्यसले बृहत क्षेत्रमासकारात्मक सन्देश दिन सक्छ भन्ने हाम्रो बुझाइ हो नियमितरुपमा विभिन्न सञ्चारमाध्यममा अन्तर्वार्ता एवं विश्लेषण प्रस्तुत गरेरआममानिससमक्ष पुग्ने काम भइरहेको नियामक बीमा प्राधिकरणसँगको समन्वयमा स्थानीय सरकारहरूमा पुगेर छलफल एवंअन्तर्क्रिया भइरहेका छन् प्राधिकरणले यसका लागि जिल्ला नै छुट्ट्याइदिएको त्यहीअनुसार हरेक महिना विभिन्न पालिकामापुगेर सचेतनाका कार्यक्रम भइरहेका छन् विस्तारै मानिसहरूले पनि बुझ्दै जान थालेका छन्

अब भने बीमाका प्रोडक्ट खरिद गर्नेले त्यो खरिद गर्नुपूर्व मैले के किन्दैछु भनेर सबैभन्दा पहिला जानकारी राख्नुपर्दछ त्यस प्रोडक्टमाआफ्नो लागि तोकिएको मापदण्ड सर्तहरू के छन् भन्ने विषय सबैभन्दा बढी महत्वपूर्ण हुन्छ बीमा गराउनेले भनेको कुराअनुसार त्यसप्रोडक्टमा व्यवस्था कि छैन भनेर जानकार हुनैपर्दछ बीमा गराउनेले भनेका कुरा सम्झौता कागजमा लेखिएका कुराहरू ठीक छन्वा छैनन् सबै जाँचबुझ गर्नै पर्दछ जसरी एक व्यक्तिले मोबाइल किन्दा विस्तृतमा सबै कुरा बुझ्दछ त्यसैगरी बीमा पोलिसी किन्दा पनिबुझेरमात्र गर्न सबैलाई आग्रह गर्दछु जीवन बीमामा धेरै फाइदा हुने गर्दछन् त्यो बीमा आफैंलाई हो कि, बालबच्चाका लागि वाऔषधोपचारका लागि या बुढेसकालका लागि भनेर स्पष्ट हुनुपर्दछ बीमाका सम्पूर्ण विशेषता त्यहाँ उल्लेख गरिएको हुन्छ सोहीविशेषताअनुरुप फाइदा बुझेर काम हुनसक्ने हो भने प्राप्त सेवा पनि भनेअनुरुप नै हुनेछ

ऐन, कानुन
यहाँ बीमासम्बन्धी नयाँ ऐन लागू हुने क्रममा ऐनपछि नियमावली नआएर कार्यात्मक समस्या देखिन्छ नियमावली चाँडै आएरविषयवस्तु प्रष्ट भएमा काम गर्न अझै सहज हुने देखिन्छ नयाँ ऐनले धेरै विषय समेटेको पाइन्छ

जोखिम न्यूनीकरणका विषय
सबैले बुझ्नुपर्ने कुरा मनको शान्ति नै बीमा हो आफू नहुँदा पनि परिवारलाई वित्तीय समस्या हुँदैन भनेर मनमा आनन्द प्रदान गर्ने कामबीमाले गराउँछ आफूलाई रोग लाग्दा ओषधोपचारका लागि खर्च जुटाउन मुश्किल पर्नसक्छ व्यक्तिलाई रोग जहिले पनिलाग्नसक्दछ दुर्घटना जुनसुकै बेला जहाँकहीँ हुनसक्दछ बुढेसकालमा कसैले नहेर्न सक्दछ या यस्तै धेरै किसिमका अप्ठ्याराआउन सक्दछन् त्यतिबेला साथीभाइ वा आफन्तहरू पनि टक्टकिएर सहयोग नहुन सक्दछ त्यसैले सबै किसिमका जोखिमन्यूनीकरणका लागि नै बीमा हो मनमा शान्ति लिएर जीवन जिउने ढुक्कले जीवन जिउने हो भने सबै व्यक्ति बीमाको दायरामा आएरभविष्यमा हुनसक्ने अनिश्चितता हटाउन सक्दछन्

सरकारले बीमा बुझेन
पछिल्लोपटक बजेटमा बीमाका शब्दहरू परेका छन् तर अझै पनि कार्यान्वयनमा प्राथमिकता नपरेको देखिन्छ बीमा चाहिने रहेछ भन्नेसरकारलाई महसुस हुन थालेको त्यस्तै बीमा नहुँदा देशले खर्बौं नोक्सानी बेहोर्नुपरेको विषय सरकारले बुझ्न थालेको तरकार्यान्वयनको प्राथमिकता भने भाषणमा मात्रै सीमित जस्तै विकास बजेट गर्नुपर्दछ भन्ने थाहा हुँदाहुँदै पनि खर्च नभएझैं बीमा क्षेत्रपनि त्यस्तै अवस्थामा गुज्रिरहेको पाइन्छ

बीमा व्यवसायको भविष्य चाल्नुपर्ने कदम
अहिले निकै ठूलो जनसंख्या बीमाको दायरमा आइसकेका छैनन् हाम्रो जस्तो देशमा सरकारका सामाजिक सुरक्षाका पाटोहरू पनिबलियो छैन अहिलेसम्म बुढेसकालमा आफूलाई पर्ने सबै समस्या आफैंले बेहोनुपर्ने अवस्था त्यसैगरी सन्तानले पाल्छ कि पाल्दैनभन्ने निश्चितता छैन त्यसैले आफ्नो बुढेसकालका लागि आफैंले छुट्टै व्यवस्था गर्नुपर्ने देखिन्छ बुढेसकालको लागि हुने पेन्सनप्रोडक्ट, उपचारका लागि छुट्टै प्रोडक्ट सरकारको सुरक्षा कार्य नभएको हाम्रो जस्तो देशमा यसको सम्भावना व्यापक देखिन्छ विकसित देशमा एउटै मानिसले वटा प्रोडक्ट लिने गर्दछन् ती देशमा उपचार खर्च, दुर्घटना, बुढेसकाल, छोराछोरीको भविष्य, सामाजिक कार्यलगायत फरकफरक प्रोडक्ट लिने संस्कार हामीकहाँ कुनै एउटा प्रोडक्ट किनेपछि पूरा भयो भन्ने चलन त्यसैलेव्यक्तिको आवश्यकताअनुसारका प्रोडक्टको कारोबार गर्ने संस्कार भने बसाल्नै पर्ने देखिन्छ अझै पनि व्यक्तिव्यक्तिसम्म पुगेरबीमाका प्रोडक्ट बेच्नु परिरहेको बुझाएर बेच्नुभन्दा पनि स्वतस्फूर्तरुपमा बीमा हुनुपर्दछ विकसित देशमा व्यक्ति आफैंले बुझेरबीमा किन्ने प्रचलन अतः आत्मअनुभूति गरेर बीमा लिनका लागि सामाजिक परिवेश नै परिवर्तन भएमात्रै सम्भव विकसितदेशमा अरु कसैले हेर्दैन भनेर आफ्नो लागि आफैंले व्यवस्था गर्ने बीमा गर्ने प्रवृत्ति यहाँ भने मानिसलाई डर सिर्जना भएपछि आफैंखोजेर आउने गरेको पाइन्छ अहिले केही गाह्रो, अप्ठ्यारो परेमा गाउँमा गएर एकदुई गठ्ठा जग्गा बेचेर भए पनि बाँचिहाल्छु भन्नेमानसिकता अब भने मलाई केही दुःख परेमा बीमा कम्पनी सहारा हुन्छ भन्ने मानिसले बुझ्नुपर्ने बेला भइसकेको भोलि आफ्नालागि दुःख पर्दा सम्पत्ति बेच्ने हो भन्ने प्रचलनबाट बाहिर आएर त्यसको लागि बीमा प्रोडक्ट भन्ने बुझ्नुपर्दछ

समग्रमा सूचना एवं जानकारी दिने कुरालाई सुधार्दै लैजानुपर्दछ मानिसमा सचेतना जरुरी भनेर महसुस गराउन विद्यालय तहदेखि नैअन्य विषयजस्तै बीमाको बारेमा पढाउनु आवश्यक त्यसपछि यसको महत्वबारे मानिसले बुझ्नेछन् हाम्रो जस्तो अर्थतन्त्रमा २५प्रतिशतसम्म गरिबीको रेखामुनि जनताहरू छन् उनीहरूलाई आर्थिक हिसाबले आम्दानी गर्न सक्ने व्यक्ति यदि कुनै कारणवस आम्दानीगर्न नसक्ने भयो भने बीमाले बचाउँदछ भन्ने बुझाउन सक्नुपर्दछ सबैतिर साक्षरता बढाउनु नै सबैभन्दा महत्वपूर्ण पक्ष हो (इमानजर्नलबाट)


ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावा इनमा १५ प्रतिशत छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावा इनमा १५ प्रतिशत छुट

वि.सं.२०८१ जेठ ३२ शुक्रवार १५:३७

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र होटेल आइकावा इन...

ग्लोबल आइएमई बैंक डिल्लीबजार शाखाद्वारा वित्तीय तथा डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम आयोजना

ग्लोबल आइएमई बैंक डिल्लीबजार शाखाद्वारा वित्तीय तथा डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम आयोजना

वि.सं.२०८१ जेठ ३२ शुक्रवार १४:०४

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड डिल्लीबजार शाखाद्वारा वित्तीय तथा...

ग्लोबल आइएमई बैंकद्वारा अधिकांस बैंकिङ सेवाहरु अनलाइनबाटै प्रदान गर्ने गरी “डिजिटल युनिभर्स” सञ्चालनमा

ग्लोबल आइएमई बैंकद्वारा अधिकांस बैंकिङ सेवाहरु अनलाइनबाटै प्रदान गर्ने गरी “डिजिटल युनिभर्स” सञ्चालनमा

वि.सं.२०८१ जेठ २९ मंगलवार १६:१९

काठमाण्डौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अधिकांस बैंकिङ सेवाहरु बैंकको...

बझाङमा विद्यालय भवन निर्माणका लागि मुक्तिनाथ विकास बैंक द्वारा सहयोग

बझाङमा विद्यालय भवन निर्माणका लागि मुक्तिनाथ विकास बैंक द्वारा सहयोग

वि.सं.२०८१ जेठ २९ मंगलवार १३:०९

काठमाडौं । मुक्तिनाथ विकास बैंकले बझाङमा विद्यालय भवन निर्माणका लागि...

बैंक ब्याजदर निरन्तर सस्तिँदै, कर्जाको ब्याजदर २.३१ प्रतिशत बिन्दुले घट्यो,कुन बैंकको कति कति छ ब्याजदर ?

बैंक ब्याजदर निरन्तर सस्तिँदै, कर्जाको ब्याजदर २.३१ प्रतिशत बिन्दुले घट्यो,कुन बैंकको कति कति छ ब्याजदर ?

वि.सं.२०८१ जेठ २९ मंगलवार १३:०६

काठमाडौं । बैंकहरुको कर्जाको ब्याजदर निरन्तर सस्तिँदै गएको छ ।...

प्राइम कमर्सियल बैंकका ग्राहकलाई बरपिपल रेसोर्टमा बिशेष छुट

प्राइम कमर्सियल बैंकका ग्राहकलाई बरपिपल रेसोर्टमा बिशेष छुट

वि.सं.२०८१ जेठ २८ सोमवार १३:२१

काठमाडौं । बरपिपल रेसोर्ट प्रा . लि. र प्राइम कमर्सियल...