back

रौतहटमा अक्सीजन व्यवस्थापनको जिम्मा प्रहरीलाई

२६ बैशाख, रौतहट । कोरोनाको महामारीका कारण संक्रमितहरुको चाप बढन थाले पछि अक्सीजन सिलिण्डरको अभाव हुन नदिन जिल्लामा अक्सीजन सिलिण्डर व्यवस्थापनको जिम्मा नेपाल प्रहरीलाई दिइएको छ ।

शनिवार मात्रै प्रहरीले जिल्लाका विभिन्न स्थानमा अन्य प्रयोजनका लागी स्टोर गरेर राखेको ४३ थान अक्सीजन सिलिण्डर नियन्त्रणमा लिएको थियो ।

स्वस्थ्य प्रयोजन वाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले स्टक गरि राखेको अक्सिजन भएको ७ किलो तौल भएको २८ वटा, १.५ किलो तौल भएको ३ वटा र खाली अक्सिजन ७ किलो तौल भएको १२ वटा समेत गरि जम्मा ४३ वटा अक्सिजन सिलिण्डर नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक सिद्धि विक्रम शाहले बताए ।

गरुडा, गौर र चन्द्रपुर गरी ७ स्थानहरुबाट सो परिमाणको सिलिण्डर नियन्त्रणमा लिएको उनले बताए । बरामद भएका सिलिण्डर मध्ये अक्सिजन रहेको ७.६ किलो तौल भएको २३ वटा अक्सिजन सिलिण्डर शनिवार राति नै प्रहरीले गौर अस्पताललाई जिम्मा लगाएको थियो । सो अस्थायी कोभिड वार्डमा रहेका १६ जना विरामीहरुका लागी राति अक्सीजनको अभाव हुने जानकारी पाए लगतै सिलिण्डर जिम्मा लगाएको उपरिक्षक शाहले बताए ।

“अप्ठ्यारो परिस्थीतीमा गौर अस्पताललाई सहयोग हुने किसिमले अक्सीजनको व्यवस्थापन गर्ने जिम्मा हामीले लिएका छौं ।” उपरिक्षक शाहले भने “हाल १३८ वटा सिलिण्डर तयारी अवश्थामा राख्दैछौ । खालि भएका सिलिण्डरमा पुनः अक्सीजन हालेर पु¥याउन हामी तयार छौं ।” चिकित्सकीय जनशक्ति अभावका बिचमा पनि कोरोना संक्रमितलाई उपचार सेवा शुरु गरेको गौर अस्पताललाई विभिन्न नगरपालिकाले आर्थिक सहयोग गर्ने प्रतिबद्धता गरे पनि पुरा गर्न सकेका छैनन

gaugauma singhadarbar

विद्युत क्षेत्रमा खुल्ला पहुँच लागू, आयोगद्वारा नयाँ निर्देशिका जारी

विद्युत क्षेत्रमा खुल्ला पहुँच लागू, आयोगद्वारा नयाँ निर्देशिका जारी

वि.सं.२०८२ माघ १ बिहीवार १०:३८

काठमाडौँ । विद्युत नियमन आयोगले विद्युत प्रणालीमा खुल्ला पहुँचको व्यवस्था...

‘ई–बुकिङ नेपाल’ औपचारिक रूपमा सुरु, सांस्कृतिक–प्राकृतिक–साहसिक पर्यटनलाई डिजिटल प्लेटफर्ममा एकीकृत

‘ई–बुकिङ नेपाल’ औपचारिक रूपमा सुरु, सांस्कृतिक–प्राकृतिक–साहसिक पर्यटनलाई डिजिटल प्लेटफर्ममा एकीकृत

वि.सं.२०८२ पुस ३० बुधवार १५:५५

काठमाडौं । नेपालका लागि पर्यटनका मुख्य तीन आधार सांस्कृतिक, प्राकृतिक...

महाराजगञ्ज वितरण केन्द्रका विभिन्न क्षेत्रमा आज विद्युत आपूर्ति बन्द हुने

महाराजगञ्ज वितरण केन्द्रका विभिन्न क्षेत्रमा आज विद्युत आपूर्ति बन्द हुने

वि.सं.२०८२ पुस ३० बुधवार १०:४०

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका विभिन्न...

कांग्रेस विशेष महाधिवेशन : राति ९ बजेदेखि मतदान, सभापतिका लागि ३० हजार शुल्क

कांग्रेस विशेष महाधिवेशन : राति ९ बजेदेखि मतदान, सभापतिका लागि ३० हजार शुल्क

वि.सं.२०८२ पुस २९ मंगलवार १४:५०

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिले निर्वाचनको कार्यतालिका...

उद्योग, पर्यटन र युवा उद्यमको विकासबिना समृद्धि सम्भव छैन : मन्त्री श्रेष्ठ

उद्योग, पर्यटन र युवा उद्यमको विकासबिना समृद्धि सम्भव छैन : मन्त्री श्रेष्ठ

वि.सं.२०८२ पुस २९ मंगलवार १४:४७

रामेछाप । वाग्मती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा सामान्य प्रशासनमन्त्री...

सफल कोषाध्यक्ष कार्की इक्यानको सचिवको उम्मेदवार

सफल कोषाध्यक्ष कार्की इक्यानको सचिवको उम्मेदवार

वि.सं.२०८२ पुस २७ आइतवार १४:५४

काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का वर्तमान कोषाध्यक्ष आसिक...