back

आयोगले चुनावका लागि सवारी साधनका नाममा एउटा साइकलपनि नकिन्ने ,अरु सामान के किन्ला ?

काठमाडौं । निर्वाचन आयोगले यो वर्ष सवारी साधन खरिद नगर्ने भएको छ । आयोगले अघिल्ला निर्वाचनका बेला सवारी साधन खरिद गर्ने गरेपनि आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको चुनावका लागि बजेट थोरै भएका कारण सवारी साधन खरिद नगर्ने भएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यो वर्ष अर्थ मन्त्रालयले मितव्ययिता अपनाउन भन्दै कम बजेट सीमा तोकेकोले आयोगले सवारी साधन नकिन्ने बताए । पौडेलले भने, ‘आयोगले यो वर्ष सवारी साधनका नाममा एउटा साइकलपनि किन्दैन । यो वर्ष हामीले मितव्ययी निर्वाचन गर्न खोजेका छौँ । केही विद्युतीय सवारी साधन खरिद गर्ने कुरा भएपनि अर्थमन्त्रालयले यो बर्ष बजेट सीमा कम गरेको छ । यो बर्ष कम्प्युटर समेत धेरै किन्दैनौँ । आयोगले स्थापना गर्न लागेको कल सेन्टरका लागि चार पाँचवटा कम्प्युटर किन्छौँ ।’

आयोगले ३ सय हाराहारी शीर्षकमा खर्च गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पठाएपनि मन्त्रालयले धेरै शीर्षक कतौटी गरेर बजेट सीमा तय गरेको आयोगको भनाई छ ।

यस अघिको चुनावमा भन्दा कर्मचारी कम परिचालन, कम दिन परिचालनदेखि मितव्ययी रुपमा सामान खरिदका लागि सीमा निर्धारण गरेको आयोगले अघिल्ला बर्षको तुलनामा कम खर्च गर्ने भएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

प्रधानमन्त्री बालेन शाहलाई भारतको औपचारिक निम्तो

प्रधानमन्त्री बालेन शाहलाई भारतको औपचारिक निम्तो

वि.सं.२०८३ साउन १२ मंगलवार १७:५८

काठमाडौँ। प्रधानमन्त्री बालेन शाहलाई छिमेकी मुलुक भारत भ्रमणको औपचारिक निम्तो...

उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठक सम्पन्न, ‘हरितक्रान्ति र समृद्धि’लाई राष्ट्रिय अभियान बनाउने निर्णय

उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठक सम्पन्न, ‘हरितक्रान्ति र समृद्धि’लाई राष्ट्रिय अभियान बनाउने निर्णय

वि.सं.२०८३ साउन १२ मंगलवार १६:०६

काठमाडौं । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक...

नेपाल कानून आयोग ऐन संशोधन विधेयकमा ७ दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह

नेपाल कानून आयोग ऐन संशोधन विधेयकमा ७ दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह

वि.सं.२०८३ साउन १२ मंगलवार १५:२५

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘नेपाल कानून...

सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट

सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट

वि.सं.२०८३ साउन १२ मंगलवार ०९:११

सोलुखुम्बु । सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकाको जुनियर राष्ट्रिय कराँते टोली...

२४ वर्षमा पनि नसकिएको कमेरोटार आयोजना: कानुनी उल्झन र ढिलाइले स्थानीय आजित

२४ वर्षमा पनि नसकिएको कमेरोटार आयोजना: कानुनी उल्झन र ढिलाइले स्थानीय आजित

वि.सं.२०८३ साउन ११ सोमवार २२:३४

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका क्षेत्रस्थित कमेरोटार जग्गा एकीकरण...

सुनसरी घटबनापछि गृहको कडा कदमः सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

सुनसरी घटबनापछि गृहको कडा कदमः सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

वि.सं.२०८३ साउन ११ सोमवार १९:५५

काठमाडौं । गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख...