back

आजदेखि शिखर इन्स्योरेन्सको हकप्रद शेयर बिक्री खुला

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आज (चैत १ गते, मंगलबार) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरिएको छ । इन्स्योरेन्स कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३ कित्ता शेयर अनुपातमा हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको हो ।

इन्स्योरेन्स कमपनीले १ सय रुपैयाँ अंकित दरका ५२ करोड ७५ लाख ५७२ रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

इन्स्योरेन्सको हाल १ अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपैयाँ चुक्ता पूँजी रहेको छ । हकप्रद निष्काशनपछि २ अर्ब २८ करोड ६० लाख ८१ हजार २०० रुपैयाँ पुग्नेछ ।

हकप्रद निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले माघ २१ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले, माघ २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन पाउनेछन् ।

इन्स्योरेन्सको हकप्रद शेयरको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा एनआईबिएल एस क्यापिटल तथा शिखर इन्स्योरेन्सका रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत चैत २१ गतेसम्म आवेदन दिन पाउनेछन् भने क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ ।


चार दिनपछि झिनो अंकले बढ्यो सेयर बजार : कारोबार रकम पनि बढ्यो

चार दिनपछि झिनो अंकले बढ्यो सेयर बजार : कारोबार रकम पनि बढ्यो

वि.सं.२०८२ वैशाख ११ बिहीवार १५:४१

काठमाडौ। बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.०८ अंकले बढेर...

सेयर बजारमा दोहोरो अंकको गिरावट,कुनको कति भयो कारोबार ?

सेयर बजारमा दोहोरो अंकको गिरावट,कुनको कति भयो कारोबार ?

वि.सं.२०८२ वैशाख १० बुधवार १५:३७

काठमाडौं । बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला...

सेयर बजारमा दोहोरो अंकको गिरावट : ८ अर्ब बढीको कारोबार

सेयर बजारमा दोहोरो अंकको गिरावट : ८ अर्ब बढीको कारोबार

वि.सं.२०८२ वैशाख ७ आइतवार १६:२२

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ११:०९

काठमाडौं ।  नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले १ लाख ६९...

अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्दै नेको इन्स्योरेन्स

अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्दै नेको इन्स्योरेन्स

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १०:०८

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले बैशाख १२ गतेदेखि अवितरित हकप्रद...

आजदेखि सान्भि इनर्जीको आईपीओमा आवेदन दिन सकिने

आजदेखि सान्भि इनर्जीको आईपीओमा आवेदन दिन सकिने

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:१०

काठमाडौं । सान्भि इनर्जी लिमिटेडले आज (बैशाख ५ गते) देखि...