back

जनरल इन्स्योरेन्सकाे अर्धबार्षिक मार्केटिंग कन्फेरेन्स-०७८ सम्पन्न, हल्लाको पछि नलागि अनुशासित रुपले उत्कृष्ट कार्यसम्पादन गर्नु पर्नेमा जोड

काठमाडौं  । जनरल इन्स्योरेन्सको फाल्गुन १९, २० र २१ गते पोखराको होटेल एल्लो प्यागोडा प्रा लिमा देशैभरका बजार विभागका कर्मचारीहरु, उच्च व्यवस्थापक तथा संचालक सदस्यहरुकाे उपस्थितिमा अर्धबार्षिक मार्केटिंग कन्फेरेन्स ०७८ आज सम्पन्न भएकाे छ ।

कार्यक्रममा शाखा कार्यालयहरुको विगत बर्षहरुको समीक्षा, कार्यप्रगति, समस्या र त्यसका समाधान र आगामी बर्षका रणनितिक योजनाहरु पनि छलफल भयो ।

उक्त कार्यक्रमको सम्पूर्ण व्यवस्थापन कम्पनीका सहायक महाप्रबन्धक मुनिन्द्र ठाकुरले गरेका थिए ।

पोखरा शाखा प्रमुख शिवप्रसाद देवकोटाले स्वागत गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठले अध्यक्षता ग्रहण गरेका थिए ।

संचालकद्वय ज्ञानेश्वर आचार्य र अमृत बन्जाडेको प्रमुख आतिथ्यतामा तीन दिनसम्म सभा संचालन गरिएको थियो ।

कार्यक्रममा उत्कृष्ट शाखा र उत्कृष्ट बजार कर्मचारीलाई पनि सम्मानसहित ताम्रपत्र प्रदान गरिएको थियो ।

संचालक ज्ञानेश्वर आचार्यले कार्यक्रम राम्रो भएको, शाखा कार्यालयहरुको समीक्षा सकेसम्म त्रैमाशिक अवधिमा कार्य समीक्षा समय सापेक्ष हुने र योजना पनि यथार्थपरक हुने बिषयमा जोड दिए।

बजारमा गरिएका अनावश्यक हल्लाहरुको पछि नलाग्न र दत्तचित्त भई कम्पनीको योजना र उद्देश्यमा अघि बढ्नको लागि हौसला प्रदान गरे ।

अन्त्यमा यस कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पुरस्कृत शाखा तथा कर्मचारीहरुलाई बधाई दिँदै सम्पूर्ण शाखाका कर्मचारीहरुलाई उच्च मनोबल राखी, हल्लाको पछि नलागि, अनुशासित रुपले उत्कृष्ट कार्यसम्पादन गर्नु पर्नेमा जोड दिए ।

nactional life
Corporatebazar 11 Anniversary

बुद्ध एयरको ‘रोयल क्लव’ अब पूर्ण डिजिटल, उडानमा यात्रुहरुलाई थुप्रै सुविधा

बुद्ध एयरको ‘रोयल क्लव’ अब पूर्ण डिजिटल, उडानमा यात्रुहरुलाई थुप्रै सुविधा

वि.सं.२०८२ चैत ३० सोमवार १५:४४

काठमाडौं । बुद्ध एयरले नयाँ बर्ष २०८३ बैशाख १ गतेदेखि...

एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप विरोध कार्यक्रम गर्ने

एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप विरोध कार्यक्रम गर्ने

वि.सं.२०८२ चैत १७ मंगलवार १७:२५

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको...

कांग्रेसमा शेरबहादुर देउवा पक्षको अलग्गै बैठक

कांग्रेसमा शेरबहादुर देउवा पक्षको अलग्गै बैठक

वि.सं.२०८२ चैत १६ सोमवार ११:५६

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका कार्यवाहक...

मन्त्रिपरिषद् बैठक आज बस्दै

मन्त्रिपरिषद् बैठक आज बस्दै

वि.सं.२०८२ चैत १६ सोमवार ११:२४

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री...

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा

वि.सं.२०८२ चैत १६ सोमवार ११:२१

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको...

पक्राउ परेकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मामाथि अनुसन्धान सुरु

पक्राउ परेकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मामाथि अनुसन्धान सुरु

वि.सं.२०८२ चैत १६ सोमवार ११:१७

काठमाडौं । लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मा बालश्रम शोषणको आरोपमा...