back

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं । पेट्रोलियम पदार्थको बिक्रीबाट चर्को घाटा व्यहोरेको नेपाल आयल निगमले कर्मचारीलाई उपलब्ध गराउँदै आएको पोशाक संरक्षण खर्च कटौती गरेको छ ।

निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले घाटा न्यूनीकरणमा कर्मचारीका तर्फबाट योगदान गर्ने उद्देश्यले पोशाक संरक्षण भत्ता कटौती गरेको हो ।

सञ्चालक समितिको निर्णयसँगै निगमका स्थायी कर्मचारीले पोशाक संरक्षण भत्ता पाउने छैनन् । पोशाक संरक्षण खर्च कटौती भएपछि वार्षिक करिब ५० लाख खर्च न्यूनीकरण हुने निगमले जनाएको छ । यस्तै, निगमले बिक्रेता कमिसन पनि हाललाई स्थगित गर्ने निर्णय पनि गरेको छ । यसबाट पेट्रोलियम पदार्थको मूल्य बढेपनि बिक्रेताले कमिसन बापतको अतिरिक्त मूल्य पाउने छैनन् ।

यही फागुन ७ गतेको मूल्यमा आधारित कमिसन मात्र बिक्रेताले प्राप्त गर्ने निगमले जनाएको छ । कमिसन नबढेपछि निगमको लागत केही हदसम्म घटेको छ ।

बिक्रेताले मूल्य संरचनामा आधारित रहेर प्रतिलिटरको कायम मूल्यको करिब ३।३९ प्रतिशत कमिसन पाउँदै आएका छन् ।

आगामी १५ दिनमा साढे दुई अर्ब घाटा प्रक्षेपण

पेट्रोलियम पदार्थको मूल्य बढेपनि आगामी १५ दिनमा करिब दुई अर्ब ५० करोड घाटा हुने निगमले प्रक्षेपण गरेको छ । चालू आर्थिक वर्षको फागुन महिनासम्म करिब २८ अर्ब नोक्सानी हुने अवस्था देखिएको निगमले जनाएको छ ।

रुस–युक्रेन युद्धका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिएको छ । अन्तर्राष्ट्रिय बजारमा आज कच्चा तेलको मूल्य प्रतिव्यारेल १२० डलर पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकाशिएसँगै निगमको घाटा पनि उत्कर्षतर्फ पुग्दै गएको छ । निगमले पेट्रोलियम पदार्थ खरिदबापत भारतीय आयल कर्पोरेशनलाई भुक्तानी गर्नुपर्ने रकम अपुग भएको भन्दै सरकारसँग सहयोग मागेको छ ।

 

 


वित्तीय पहुँच सुधार भएको छ, अर्थतन्त्र लयमा आउँदैछ’

वित्तीय पहुँच सुधार भएको छ, अर्थतन्त्र लयमा आउँदैछ’

वि.सं.२०८२ वैशाख १४ आइतवार १७:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकका कायमुकायम गभर्नर नीलम ढुंगाना तिम्सिनाले...

आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त: अर्थमन्त्री

आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त: अर्थमन्त्री

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १८:४२

काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो आर्थिक विकास र...

आजबाट बजेट अधिवेशन सुरु, प्रधानमन्त्रीले प्रतिनिधिसभालाई सम्बोधन गर्ने

आजबाट बजेट अधिवेशन सुरु, प्रधानमन्त्रीले प्रतिनिधिसभालाई सम्बोधन गर्ने

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १०:२७

काठमाडौं । आज संघीय संसद् अन्तर्गत दुवै सदनको अधिवेशन सुरु...

बजेट कार्यान्वयनको स्प्रीड बढाउन मुख्यमन्त्री कडेलको निर्देशन

बजेट कार्यान्वयनको स्प्रीड बढाउन मुख्यमन्त्री कडेलको निर्देशन

वि.सं.२०८२ वैशाख ९ मंगलवार ११:२१

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले पूँजीगत बजेट कार्यान्वनको...

आर्थिक वर्ष २०८२/०८३ को बजेटबारे पूर्व अर्थमन्त्रीहरुसँग परामर्श

आर्थिक वर्ष २०८२/०८३ को बजेटबारे पूर्व अर्थमन्त्रीहरुसँग परामर्श

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:०४

काठमाडौं । पूर्व अर्थमन्त्रीहरुले कार्यान्वयन योग्य र यथार्थपरक बजेट ल्याउन...

नेपालको अर्थतन्त्रमा सुधारको संकेत देखिन थाल्यो : अध्यक्ष अग्रवाल

नेपालको अर्थतन्त्रमा सुधारको संकेत देखिन थाल्यो : अध्यक्ष अग्रवाल

वि.सं.२०८२ वैशाख ४ बिहीवार २१:३५

काठमाडौं । उद्योगीहरुले अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताएका छन् ।...