back

नेपाल राष्ट्र बैंकद्वारा एक खर्ब ६ अर्ब बढी पुनर्कर्जा स्वीकृत

काठमाडौँ। राष्ट्र बैंकले माघ महिनासम्म एक खर्ब ६ अर्ब १० करोड रुपैयाँ पुनर्कर्जा स्वीकृत गरेको छ ।

यो पैसा २४ हजार २६८ जना ऋणीलाई दिइने छ । ग्राहाकको मूल्यांकनको आधारमा प्रदान गरिने पुनर्कर्जा बापत १३ अर्ब ६४ करोड रुपैयाँ स्वीकृत गरेको हो ।

राष्ट्र बैंकका अनुसार यो कुल १०३ जनाले पाएका छन् । यसमध्ये विशेष पुनर्कर्जा ३ अर्ब ५० करोड गएको हो । यो २० जनाले लिएका छन् । साधारण पुनर्कर्जा १० अर्ब १४ करोड गएको छ । यो ८३ जनाले लगेका छन् ।

एकमुष्ट प्रदान गरिने कर्जा ९२ अर्ब ४६ लाख रुपैयाँ गएको छ । यो २४ हजार १६५ जनाले लगेका हुन् । यसमध्ये लघु तथा घरेलु साना उद्यम पुनर्कर्जा ८ अर्ब १० करोड गएको छ भने विशेष पुनर्कर्जा ८ अर्ब ७९ अर्ब गएको छ । साधारण पुनर्कर्जा ७५ अर्ब ५८ अर्ब रुपैयाँ गएको छ ।

राष्ट्र बैंकका अनुसार प्रदेश १ मा कुल पुनर्कर्जाको १२.२० प्रतिशत दिएको छ । आधाभन्दा बढी पुनर्कर्जा वाग्मति प्रदेशकाले पाएका छन् । उनीहरुलाई ५२.२३ प्रतिशत दिइएको छ ।

मधेस प्रदेशलाई ३.६१ प्रतिशत, गण्डकीलाई १८.२१ प्रतिशत, लुम्बिनी प्रदेशलाई १३.०२ प्रतिशत र सूदूरपश्चिमलाई सबैभन्दा कम ०.७२ प्रतिशत दिइएको छ ।


बोर्डका आयोजनाहरु सार्वजानिक, निजी र साझेदारी मार्फत सञ्चालन हुने निर्णय : ज्ञवाली

बोर्डका आयोजनाहरु सार्वजानिक, निजी र साझेदारी मार्फत सञ्चालन हुने निर्णय : ज्ञवाली

वि.सं.२०८२ जेठ १ बिहीवार ११:१२

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बोर्डका...

सुनको मूल्यमा गिरावट, कतिमा झर्यो मूल्य ?

सुनको मूल्यमा गिरावट, कतिमा झर्यो मूल्य ?

वि.सं.२०८२ जेठ १ बिहीवार ११:०८

काठमाडौं । आज जेठ १ गते, बिहीबार, नेपाली बजारमा सुनको...

विकासमा विकासकार्य हस्तान्तरणको सिद्धान्त अपनाउन जरुरी : सिके राउत

विकासमा विकासकार्य हस्तान्तरणको सिद्धान्त अपनाउन जरुरी : सिके राउत

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:०३

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले विकासमा समन्वय र...

प्रधानमन्त्रीसँग ‘कोरिया रेलरोड कर्पाेरेशन’का प्रमुखको भेट,नेपालमा रेलवे निर्माणका लागि सहकार्य गर्ने इच्छा

प्रधानमन्त्रीसँग ‘कोरिया रेलरोड कर्पाेरेशन’का प्रमुखको भेट,नेपालमा रेलवे निर्माणका लागि सहकार्य गर्ने इच्छा

वि.सं.२०८२ वैशाख ३१ बुधवार १४:५७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रेलवेको विकासका विषयमा...

राष्ट्रपति समक्ष महालेखा परिक्षकको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेश

राष्ट्रपति समक्ष महालेखा परिक्षकको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेश

वि.सं.२०८२ वैशाख ३१ बुधवार १४:४५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखा परिक्षकले आर्थिक वर्ष २०८०/२०८१...

मन्त्रिपरिषद् बैठक बस्दै: गभर्नर सिफारिस समिति सदस्य नियुक्त गर्ने सम्भावना

मन्त्रिपरिषद् बैठक बस्दै: गभर्नर सिफारिस समिति सदस्य नियुक्त गर्ने सम्भावना

वि.सं.२०८२ वैशाख ३१ बुधवार १२:११

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्...