back

कार्यक्षमताको हिसाबले हेर्दा नेपालको न्यायपालिका विश्वकै उच्च स्थानमा छ : मन्त्री चौरसिया

काठमाडौं । कानुन मन्त्री अजय कुमार चौरसियाले ईतिहासको मुल्यांकंन गर्दा नेपालको न्यायपालिका कार्यक्षमताको हिसाबले विश्वकै उच्च स्थानमा रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा न्याय परिषद्को ३४औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले, प्रत्येक राजनीतिक उतारचढावमा बिचलित नभई गरेको उत्कृष्ठ पैmसलाहरुको ईतिहासलाई हेर्दा नेपालको न्यायपालिका उच्च स्थानमा रहेको बताएका हुन् ।

उनले भने, ‘सम्माननिय अदालतले प्रत्येक राजनीतिक उतारचढावमा अलिकति पनि बिचलित नभईकन प्रत्येक अवस्थामा समानजनक उत्कृष्ठ पैmसलाहरु गरेको यो ईतिहास नेपालको न्यायपालिका विश्वकै कार्यक्षमताको हिसाबले जसले मुल्याङ्कन गर्दा पनि उच्च मुल्याङ्कन गर्ने अवस्था छ । ’

उनले देश आफैं अप्ठ्यारो अवस्थाबाट गज्रिरहेको अवस्थामा सरकारले न्याय सेवामा बजेट पर्याप्त दिन नसेकेको गुनासो गरे ।

देशको ओरालो लागेको अर्थतन्त्रलाई सुधार गर्ने,देशमा भ्रष्टाचार अन्त्य गरी कसरी सुशासनमा परिणत गर्ने भन्ने कुरामा न्यायलयको निर्देशनले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

यस्तै सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपरिषद्लाई जतिसक्दो गतिशिल र जिम्मेवार बनाउन सकिन्छ त्यति नै विकृति र विसङ्गती गतिविधिमा नियन्त्रण गर्न सकिने धारणा राखे ।

उनले भने,‘न्यायपरिषद्लाई जतिसक्दो गतिशिल र जिम्मेवार बनाउन सकिन्छ । त्यति नै विकृति र विसङ्गती गतिविधिमा नियन्त्रण गर्न सकिन्छ । न्यायपरिषद्ले सम्पादन गर्ने कुनै पनि काम कारबाही पारदर्शी हुनुपर्ने हुन्छ ।’ न्यायाधिसको नियुक्ति सरुवा अनुसाशन सम्बन्धि कारबाही लगायतका विषयमा सिफारिस गर्ने निकायको रुपमा परिषदीय प्रणाली अवलम्बनगरी न्यायपालिका,सरकार र यसको सरोकारवाला निकायहरुको अभिमत व्यक्त गर्ने सामुहिक थलोको रुपमा परिषद्लाई आत्मसाथ गरिएको उनको भनाई छ ।

उनले भने,‘न्यायाधिसको नियुक्ति सरुवा अनुसाशन सम्बन्धि कारबाही लगायतका विषयमा सिफारिस गर्ने निकायको रुपमा परिषदीय प्रणाली अवलम्बनगरी न्यायपालिका,सरकार एवम् यसको सरोकारवाला निकायहरुको अभिमत व्यक्त गर्ने सामुहिक थलोको रुपमा सम्बन्धित न्याय परिषद्लाई आत्मसाथ गरिएको छ ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

शिक्षामन्त्रीद्वारा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्ट्रारलाई शपथ 

शिक्षामन्त्रीद्वारा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्ट्रारलाई शपथ 

वि.सं.२०८३ असार ३१ बुधवार १९:०९

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कैलालीको गेटास्थित...