back
skip this gaugauma singhadarbar

नेपाल वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने

काठमाडौं । नेपाल वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने भएको छ । खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्न पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले विभागीय मन्त्रीको हैसियतमा आज समिति गठनको निर्णय गरेकी हुन् ।

समितिमा क्याप्टेन कुलबहादुर लिम्बू विज्ञ सदस्य चयन भएका छन् । मन्त्रालयका योजना तथा प्रशासन महाशाखा प्रमुख एवं सहसचिवले सदस्य सचिवको काम गर्नेछन् ।

समितिले एक महिनाभित्र खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्नुपर्नेछ । खुला प्रतिस्पर्धाबाट नयाँ महाप्रबन्धक नियुक्त नभएसम्मका लागि निगमकै वरिष्ठतम् कर्मचारी उपमहानिर्देशक जनकराज कालाखेतीले निमित्त महाप्रबन्धक भई काम गर्नेछन् । निगमको सञ्चालक समिति अध्यक्षको काम अर्को व्यवस्था नभएसम्म उपाध्यक्ष विक्रम राईले गर्ने मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले जानकारी दिए ।

gaugauma singhadarbar

नेपाल राष्ट्र बैंकले माग्यो ७६ जना कर्मचारी, कुन तहमा कति ?

नेपाल राष्ट्र बैंकले माग्यो ७६ जना कर्मचारी, कुन तहमा कति ?

वि.सं.२०८२ मंसिर १९ शुक्रवार १०:३१

काठमाडौं। नेपाल राष्ट्र बैंकले ७६ जना कर्मचारी मागेको छ ।...

लोक सेवा आयोगले माग्यो १७० कर्मचारी

लोक सेवा आयोगले माग्यो १७० कर्मचारी

वि.सं.२०८२ कात्तिक २६ बुधवार १०:१६

काठमाडौं । लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ कर्मचारी परिपूर्ति...

कार्यालय समय एक घण्टा घट्याे, अब ४ बजेसम्म मात्र खुल्ने

कार्यालय समय एक घण्टा घट्याे, अब ४ बजेसम्म मात्र खुल्ने

वि.सं.२०८२ कात्तिक १६ आइतवार ११:४०

काठमाडौं । देशभरका सबै सरकारी कार्यालय आज आइतबार देखि अपराह्न...

नेपाल प्रहरीमा खुल्यो भर्ना

नेपाल प्रहरीमा खुल्यो भर्ना

वि.सं.२०८२ असोज १० शुक्रवार १०:३६

काठमाडौं । नेपाली प्रहरीमा भर्ना खुलेको छ । प्रहरी प्रधान...

श्रमिक स्वस्थ्य भए प्रतिष्ठान र मुलुक स्वस्थ्य हुन्छ : मन्त्री भण्डारी

श्रमिक स्वस्थ्य भए प्रतिष्ठान र मुलुक स्वस्थ्य हुन्छ : मन्त्री भण्डारी

वि.सं.२०८२ साउन ३० शुक्रवार १६:३५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले...

एनएमबि लघुवित्तले कर्मचारी माग्यो

एनएमबि लघुवित्तले कर्मचारी माग्यो

वि.सं.२०८२ वैशाख ९ मंगलवार १३:३०

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले कर्मचारी मागेको छ ।...