back

लुम्बिनी हेरिटेज र आईएचजीबीच सहकार्य: क्राउन प्लाजा लुम्बिनीको सञ्चालन तयारी, IPO पनि आउने

nactional life

काठमाडौं । अन्तर्राष्ट्रिय आतिथ्य समूह आइएचजी होटल्स एण्ड रिसोर्टस् र लुम्बिनी हेरिटेज लिमिटेडबीच भारतको राजधानीमा नयाँ दिल्लीमा एक विशेष समारोहमा सहकार्य सम्झौता सम्पन्न भएको छ ।

सम्झौतामा लुम्बिनी हेरिटेज लिमिटेडका अध्यक्ष सुभाष अमात्य र आइएचजी होटल्स एण्ड रिसोर्टस्का दक्षिण पश्चिम एसियाका प्रबन्ध निर्देशक सुदीप जैनले हस्ताक्षर गरेका छन् ।

यस सम्झौतासँगै आइएचजीले पहिलो पटक काठमाडौँ बाहिर सेवा विस्तार गर्दै लुम्बिनीमा आफ्नो प्रिमियम ब्रान्ड क्राउन प्लाजा सञ्चालन गर्नेछ । हाल लुम्बिनीमा सञ्चालनमा रहेको लुम्बिनी हेरिटेज होटललाई पुनःब्रान्डिङ गरी ‘क्राउन प्लाजा लुम्बिनी’ नाम दिइने छ।

यसअघि ‘पवन प्यालेस लुम्बिनी’का नाममा सञ्चालनमा रहेको यो होटललाई अधिग्रहणपछि अन्तर्राष्ट्रिय मापदण्डअनुसार पुनःरूपान्तरण गरिएको हो। होटलमा कुल १४७ कोठा, जसमा ७ स्वीट रुमसहित, आधुनिक बहुउद्देश्यीय हल, रेष्टुराँ, फिटनेस सेन्टर, स्वीमिङ पूल र अन्य प्रिमियम सुविधा रहनेछन्। साथै, आगामी आठ महिनाभित्र क्यासिनो सेवा सुरु गर्ने योजना समेत कम्पनीले जनाएको छ।

लुम्बिनी हेरिटेज लिमिटेडको होटल भगवान गौतम बुद्धको जन्मस्थलबाट करिब १.९ किलोमिटर र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाबाट करिब ९ किलोमिटर दूरीमा अवस्थित छ। कम्पनीले सन् २०२६ भित्र सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने योजना पनि अघि सारेको छ।

लुम्बिनी हेरिटेज लिमिटेडका अध्यक्ष सुभाष अमात्यले भने, “आइएचजीसँगको सहकार्यले लुम्बिनीको आतिथ्य सेवा नयाँ स्तरमा पुग्नेछ र यस क्षेत्रको पर्यटन सम्भावनामा थप ऊर्जा भर्नेछ ।”

त्यसैगरी, आइएचजीका प्रबन्ध निर्देशक सुदीप जैनले भने, “क्राउन प्लाजा लुम्बिनीसँगै नेपालमा हाम्रो उपस्थितिलाई पुनः सुदृढ गर्न पाउँदा हामी खुशी छौं। आधुनिक डिजाइन र उत्कृष्ट सेवासहित, यो होटल स्वदेशी तथा विदेशी पाहुनाहरूका लागि उत्कृष्ट गन्तव्य बन्नेछ।”

आइएचजीको क्राउन प्लाजा ब्रान्ड पहिले नेपालमा सोल्टी होटल काठमाडौंमा सञ्चालित थियो। सो सम्झौता १४ मे २०२१ मा समाप्त भएपछि लुम्बिनी हेरिटेजमार्फत क्राउन प्लाजा पुनः नेपाल फर्किएको छ। यस सम्झौताले पर्यटन प्रवर्द्धन, रोजगारी सृजना र अन्तर्राष्ट्रिय लगानी आकर्षणमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

वि.सं.२०८३ जेठ १० आइतवार १०:२४

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणका लागि...

टक्सार पिखुवा खोला हाइड्रोको आईपीओ बाँडफाँट सम्पन्न

टक्सार पिखुवा खोला हाइड्रोको आईपीओ बाँडफाँट सम्पन्न

वि.सं.२०८३ जेठ ६ बुधवार १३:३१

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओ बुधबार प्रभु...

१ लाख ७४ हजार आवेदकले पाए याम्वालिङ हाइड्रोपावरको आईपीओ

१ लाख ७४ हजार आवेदकले पाए याम्वालिङ हाइड्रोपावरको आईपीओ

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:१५

काठमाडौं । याम्वालिङ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक...

स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

वि.सं.२०८३ वैशाख २९ मंगलवार १२:००

काठमाडौं । स्नो रिभर्स लिमिटेडले आज (वैशाख २९ गते) देखि...

टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:४०

काठमाडौं । टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी...

टक्सार पिखुवा हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

टक्सार पिखुवा हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

वि.सं.२०८३ वैशाख २३ बुधवार ०८:२७

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले दोस्रो चरणअन्तर्गत सर्वसाधारणका...