सुमेरु पोलिमर्स लिमिटेडले गर्यो आईपीओ निष्काशन गर्ने तयारी
वि.सं.२०८२ असोज २१ मंगलवार
काठमाडौं । सुमेरु पोलिमर्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर ९आईपीओ० निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले कुल ६ लाख ४८ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।
यस सम्बन्धमा गत असोज १२ गते काठमाडौंको नक्सालस्थित सिद्धार्थ क्यापिटलको कार्यालयमा दुबै पक्षबीच औपचारिक सम्झौता सम्पन्न भएको छ। कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको हो।
प्रकाशित समय : १४:०७ बजे






















