back
himalayan life

अल्टिमा लाइफस्टाइलको फ्रेन्चाइज शोरुम अब जनकपुरधाममा

काठमाडौं । नेपालमै लोकप्रिय अडियो तथा मोबाइल एक्सेसरिज ब्रान्ड अल्टिमा लाइफस्टाइले आफ्नो तेस्रो फ्रेन्चाइज शोरुम जनकपुरधाममा सञ्चालनमा ल्याएको छ ।

जनकपुरधामको भानु चोकमा स्थापना गरिएको शोरुम र विभिन्न अफरहरूको बारेमा मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । शोरुमबार आज (बुधबार) आजदेखि औपचारिक रूपमा बिक्री–वितरण सुरु गरिने जनाइएको छ ।

शोरुम उद्घाटनसँगै ग्राहकलाई लक्षित गर्दै विभिन्न आकर्षक अफर सार्वजनिक गरिएको अल्टिमा लाइफस्टाइलका जनरल म्यानेजर प्रज्वल्ल ढकालले जानकारी दिए । उनका अनुसार उद्घाटनको अवसरमा पहिलो ९९ जना ग्राहकलाई अल्टिमा इयरबड्स मात्र ९९ रुपैयाँमा उपलब्ध गराइने विशेष योजना ल्याइएको छ ।

ढकालले अल्टिमा लाइफस्टाइएले गुणस्तरीय अडियो उत्पादन, स्मार्टवाच, नेकब्यान्ड, ब्लुटुथ स्पिकर, चार्जर, डाटा केबल तथा अन्य मोबाइल एक्सेसरिज उचित मूल्यमा उपलब्ध गराउँदै आएको बताए । कम्पनीका सबै आधिकारिक उत्पादनमा कम्पनीको वारेन्टी र ग्यारेन्टी सुविधा रहने भएकाले ग्राहकले विश्वसनीय सेवा प्राप्त गर्ने उनको भनाइ छ ।

उनले जनकपुरधाममा शोरुम सञ्चालनसँगै मधेश प्रदेशका ग्राहकलाई सहज रूपमा आधिकारिक उत्पादन, बिक्रीपछिको सेवा तथा वारेन्टी सुविधा उपलब्ध गराउने उद्देश्य रहेको जानकारी दिए ।

जनकपुरधामस्थित शोरुमको प्रोप्राइटर अमृता साह रहेकी छन् । उनले स्थानीय ग्राहकलाई गुणस्तरीय र आधिकारिक उत्पादन एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले फ्रेन्चाइज सञ्चालनमा ल्याइएको बताइन् ।

आगामी दिनमा ग्राहकको आवश्यकताअनुसार नयाँ–नयाँ उत्पादन र सेवासमेत विस्तार गर्दै जाने उनको भनाइ छ ।

अल्टिमा लाइफस्टाइल पछिल्ला केही वर्षयता नेपाली बजारमा तीव्र रूपमा लोकप्रिय बन्दै गएको ब्रान्ड हो । विशेष गरी वायरलेस इयरबड्स, स्मार्टवाच, स्पिकर तथा अन्य स्मार्ट ग्याजेटमार्फत युवा पुस्तामाझ आफ्नो अलग पहिचान बनाउन सफल कम्पनीले देशका विभिन्न सहरमा आफ्नो आधिकारिक बिक्री सञ्जाल विस्तार गरिरहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

रास्वपाको महाधिवेशनबाट महिला सहभागिताको ऐतिहासिक मानक : अन्य दलका लागि पनि शिक्षा

रास्वपाको महाधिवेशनबाट महिला सहभागिताको ऐतिहासिक मानक : अन्य दलका लागि पनि शिक्षा

वि.सं.२०८३ असार १७ बुधवार ११:०१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भर्खरै सम्पन्न आफ्नो पहिलो...

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

वि.सं.२०८३ असार १७ बुधवार १०:५८

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ असार १७ बुधवार १०:४७

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

पेट्रोल र डिजेलको घट्यो मूल्य

पेट्रोल र डिजेलको घट्यो मूल्य

वि.सं.२०८३ असार १७ बुधवार १०:३८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ...

आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?

आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ असार १७ बुधवार १०:३२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको...

बालेनले याक चिज प्रचार गरेपछि बजारमा डीडीसीको चर्चा, नयाँ ब्रान्डिङको तयारी

बालेनले याक चिज प्रचार गरेपछि बजारमा डीडीसीको चर्चा, नयाँ ब्रान्डिङको तयारी

वि.सं.२०८३ असार १६ मंगलवार १६:०२

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) नेपालको दुग्ध क्षेत्रको इतिहास...