विकास हाइड्रोपावरको आईपीओ बाँडफाँड

वि.सं.२०८२ असार ५ बिहीवार

काठमाडाैं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिएको आईपीओ बाँडफाँड गरेको हो ।
कम्पनीले गत जेठ ६ गतेदेखि निष्कासन गरेको आईपीओमा कम्पनीको जम्मा जारी पुँजी ९१ करोड ९१ लाख १ हजार ३०० रुपैयाँमध्ये स्थानीयका लागि ९ करोड ९ लाख १० हजार १०० रुपैयाँ बराबरको शेयर निष्कासन गरेकाे थियो । उक्त आईपीओ प्रतिशेयर १०० रुपैयाँ दरमा ९ लाख ९ हजार १०१ कित्ता रहेको छ । आयोजना प्रभावित क्षेत्रभित्र गोरखा जिल्लाको धार्चे गाउँपालिकामा स्थायी बसोबास गर्ने बासिन्दाहरूलाई उक्त शेयर बाँडफाँड गरिएको हो। अति प्रभावित क्षेत्रअन्तर्गत वडा नं. ४ र ५ का लागि ३ लाख ६३ हजार ६४० कित्ता शेयर बाँडफाँड गरिएको छ। त्यस्तै, प्रभावित क्षेत्रअन्तर्गत वडा नं. १, २, ३, ६ र ७ का लागि ५ लाख ४५ हजार ४६१ कित्ता शेयर बाँडफाँड गरिएको छ ।

प्रकाशित समय : २०:३२ बजे