स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट
१९ हजार ५७७ आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरे
वि.सं.२०८१ चैत १ शुक्रवार
काठमाडौं । आज शुक्रबार स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँट भएको छ।
लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलमा एफपीओ बाँडफाँट भएको हो।
लघुवित्तले फागुन १८ गतेदेखि २१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ लाख ९५ हजार ७७३ कित्ता शेयर निष्काशन गरेको थियो।
एफपीओमा १७ लाख ८० हजार ४५७ जनाले २ करोड १७ लाख १५ हजार ७५० कित्ता शेयरका लागि आवेदन दिएका थिए।
मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा मार्फत एफपीओ बाँडफाँट भएको छ। जसमा १९ हजार ५७७ आवेदकले १० कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गरेका छन्।
प्रकाशित समय : ११:०२ बजे





















