back

समता घरेलु लघुवित्तको एफपिओ भोली बाँडफाँड हुँदै, झण्डै १४ लाखको हात खाली हुने

काठमाडौं । समता घरेलु लघुवित्तको एफपीओ भोली कात्तिक ३० गते शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार शुक्रबार बिहान ९ बजे आफ्नै कार्यालय नारायणचौर नक्साल, काठमाडौंमा एफपीओ बाँडफाँड गर्ने तयारी गरेको हो ।

लघुवित्तको एफपिओमा २ अर्ब १३ करोड ८ लाख ५७ हजार रुपैयाँको आवेदन परेको छ । यसमा १४ लाख ३२ हजार ४२० जना आवेदकले २ करोड १३ लाख ८ हजार ५७० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा ६०.७२ गुणाले बढी आवेदन हो । यसर्थ, एफपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । जसमा ३५ हजार ९० जनाले मात्र सेयर हात पार्नेछन् ।

यसअनुसार कम्पनीको एफपीओ भर्ने १३ लाख ९७ हजार ३३० जनाको हात खाली हुने भएको छ । लघुवित्तले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ५० हजार ९०४.२५ कित्ता शेयर निष्काशन गरेको हो। लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट

माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट

वि.सं.२०८३ असार १९ शुक्रवार १३:३०

काठमाडौं ।माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)...

प्रिमियम मूल्यमा आईपीओ ल्याउने तयारीमा बाजेको सेकुवा

प्रिमियम मूल्यमा आईपीओ ल्याउने तयारीमा बाजेको सेकुवा

वि.सं.२०८३ असार १९ शुक्रवार १३:२५

काठमाडौं । नेपालकै चर्चित रेष्टुरेन्ट ब्रान्ड बाजेको सेकुवा लिमिटेडले प्रिमियम...

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

वि.सं.२०८३ असार ९ मंगलवार १०:४०

काठमाडौं । पछिल्लो समय नेपाली प्राथमिक शेयर (आईपीओ) बजारमा लामो...

माउन्ट एभरेष्ट पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

माउन्ट एभरेष्ट पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ असार ८ सोमवार १०:४५

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले असार ३ गतेदेखि...

एभरेष्ट कलरको आईपीओ बाँडफाँट

एभरेष्ट कलरको आईपीओ बाँडफाँट

वि.सं.२०८३ असार ४ बिहीवार १०:५८

काठमाडौँ । बिहीबार एभरेष्ट कलर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।...

माउन्ट एभरेष्ट पावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

माउन्ट एभरेष्ट पावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

वि.सं.२०८३ असार ३ बुधवार ०९:२४

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आज (असार ३...