back

रिलायन्स स्पिनिङ मिल्सले पायो आईपीओ निष्कासनको अनुमति

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले आईपीओ निष्कासनको अनुमति पाएको छ। बुक बिल्डिङ प्रक्रियामा रहेको कम्पनीलाई बोर्डले ६० प्रतिशतले हुन आउने ११ लाख ५५ हजार ९६० कित्ता आईपीओ निष्कासनका लागि स्वीकृती प्रदान गरेको हो ।

बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्न लागेको रिलायन्स स्पिनिङको लागि लगानीकर्ताले ४१ हजार ४० रुपैयाँ जोहो गर्नुपर्ने भएको छ । सो आईपीओमा न्युनतम ५० कित्ता शेयरको लागि आवेदन दिनुपर्ने हुन्छ । सेयर बाँडफाँड गर्दा पनि एक आवेदकलाई न्यूनतम ५० कित्ता बाँडफाँड गर्नैपर्छ ।

कम्पनीले ८२०.८० रुपैंया प्रति कित्ताका दरले हुन आउने ९४ करोड ८८ लाख रुपैयाँ ११ हजार ९६८ रुपैयाँ बराबरको शेयर निष्काशन गर्नेछ ।

रिलायन्सले यस अघि नै संस्थागत लगानीकर्तालाई शेयर बाडँफाँड गरिसकेको छ। गत माघमा निष्कासन गरिएको शेयरको कट अफ प्राइस ९१२ रुपैयाँ आएको थियो। त्यस बेला कम्पनीले ७ लाख ७० हजार ६ सय ४० कित्ताको लागि आवेदन माग गरेकोमा ११ लाख भन्दा बढीको शेयर माग हुन आएको थियो। बुक बिल्डिङ विधि अनुसार योग्य स‍ंस्थागत लगानीकर्ताले पाएको कट अफ प्राइसको १० प्रतिशत घटाएर सर्वसाधारणले शेयर पाउने प्रावधान छ ।

स‍ंस्थागत लगानीकर्ताको कट अफ प्राइस ९ सय १२ रुपैयाँमा १० प्रतिशत घटाउँदा कायम हुन आएको ८२०.८० रुपैंया प्रति कित्तामा रिलायन्स स्पिनिङले सर्वसाधारणलाई शेयर जारी गर्नेछ ।

nactional life
Corporatebazar 11 Anniversary

नेपाल चिया विकास निगमको सञ्चालन आम्दानी १ अर्ब माथि, आईपीओ निष्कासनको तयारी

नेपाल चिया विकास निगमको सञ्चालन आम्दानी १ अर्ब माथि, आईपीओ निष्कासनको तयारी

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:१२

काठमाडौं । नेपालको चिया क्षेत्रको प्रतिष्ठित नाम नेपाल चिया विकास...

सर्वोत्तम पेन्ट्सको आईपीओ वैशाख २१ देखि खुल्ने

सर्वोत्तम पेन्ट्सको आईपीओ वैशाख २१ देखि खुल्ने

वि.सं.२०८३ वैशाख ९ बुधवार १०:५३

काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन...

सर्वोत्तम पेन्ट्सको आईपीओ वैशाख २१ देखि खुल्ने

सर्वोत्तम पेन्ट्सको आईपीओ वैशाख २१ देखि खुल्ने

वि.सं.२०८३ वैशाख ९ बुधवार ०९:०३

काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन...

माउन्ट एभरेष्ट पावरले वैशाख १७ देखि आईपीओ निष्काशन गर्ने

माउन्ट एभरेष्ट पावरले वैशाख १७ देखि आईपीओ निष्काशन गर्ने

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:१८

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आगामी वैशाख १७...

एभरेष्ट कलरको आईपीओ वैशाख १६ देखि निष्कासन हुँदै

एभरेष्ट कलरको आईपीओ वैशाख १६ देखि निष्कासन हुँदै

वि.सं.२०८३ वैशाख ७ सोमवार १३:०३

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले वैशाख १६ गतेदेखि पहिलो चरणको...

आजदेखि आईपीओ जारी गरेको सोपान फर्मास्युटिकल्सको कस्तो छ वित्तिय अवस्था ?

आजदेखि आईपीओ जारी गरेको सोपान फर्मास्युटिकल्सको कस्तो छ वित्तिय अवस्था ?

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:१९

काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर...