back

हुण्डाईको नयाँ मूल्य सार्वजनिक, स्वदेशमै गाडी उत्पादन हुन थालेपछि साढे ४ लाख रुपैयाँसम्म घट्यो

पहिलो पटक नेपालमा हुण्डाई भेन्यू मोडल उत्पादन गर्ने र यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरू कोरिया र भारतमा बन्ने सोही मोडलका गाडिहरू सरह रहेको कम्पनीको दाबी छ ।

काठमाडौं । नेपालमै हुण्डाई कम्पनीका गाडी उत्पादन थालेको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले मूल्य निर्धारण गरी सार्वजनिक गरेको छ ।

गत बैशाख अन्तिम साता लक्ष्मी ग्रुपले नवलपरासीको परासीस्थित रामग्राममा हुण्डाई ब्राण्डमा कार एसेम्ब्ली प्लान्ट सञ्चालनमा ल्याएको थियो ।

स्वदेशमै गाडी उत्पादन गर्न थालेपछि कम्पनीले नयाँ मूल्य निर्धारण गरी बिक्री मूल्य सार्वजनिक गरेको हो । कम्पनीले भेन्यू एफएल १.२ एसको मूल्य ४४ लाख ९६ हजार रुपैयाँ र भेन्यू एफएल १.२ एसएक्सको मूल्य ५३ लाख ५६ हजार रुपैयाँ तोकेको छ ।यसअघि कम्पनीले तयार भएको गाडी आयात गरी बिक्री विवतरण गरिरहेको थियो । तर, यसपटक भने स्वदेशमै उत्पादन हुन थालेपछि लागत घट्न गई मूल्य पनि कम पर्न गएको देखिन्छ । यसअघि आयात गरी बिक्री गर्दा भेन्यू एसको मूल्य ४८ लाख ९६ हजार रुपैयाँ र भेन्यू एसएक्सको मूल्य ५७ लाख ९६ हजार रुपैयाँ थियो ।

स्वदेशमै गाडी उत्पादन हुन थालेपछि हुण्डाईको भेन्यू एसमा ४ लाख र भेन्यू एसएक्समा ४ लाख ४० हजार रुपैयाँ मूल्य घट्न पुगेको हो ।

हुण्डाई मोटोर कम्पनीसँगको प्राविधिक सहयोगमा लक्ष्मी ग्रुपले नेपालमा नै हुण्डाइ भेन्यूको व्यवसायिक उत्पादन गरी बिक्री वितरण थालनी गरेको हो । पहिलो पटक नेपालमा हुण्डाई भेन्यू मोडल उत्पादन गर्ने र यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरू कोरिया र भारतमा बन्ने सोही मोडलका गाडिहरू सरह रहेको कम्पनीको दाबी छ ।

स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी सृजना, आन्तरिक राजस्वमा वृद्धि, शीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक श्रोत तथा विद्युतको खपत, कुल गाहस्थ उत्पादनमा योगदान पग्ने कम्पनीको भनाइ छ । साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य कम्पनीले राखेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय 

पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय 

वि.सं.२०८३ साउन ५ मंगलवार १४:१६

काठमाडौँ । नयाँ चार पाङ्ग्रे गाडी खरिद गर्नुपर्ने भएमा अनिवार्य...

‘नाइमा अटो शो सवारीसाधन विक्री गर्ने मन्च मात्र होइन, सम्बन्धित विषयमा वहस गर्ने साझा थलो हो’

‘नाइमा अटो शो सवारीसाधन विक्री गर्ने मन्च मात्र होइन, सम्बन्धित विषयमा वहस गर्ने साझा थलो हो’

वि.सं.२०८३ साउन ५ मंगलवार १३:५५

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले साउन...

प्रोटोनको नयाँ विद्युतीय कार नेपाली बजारमा

प्रोटोनको नयाँ विद्युतीय कार नेपाली बजारमा

वि.सं.२०८३ साउन ५ मंगलवार १३:४६

काठमाडौं । प्रोटोनको नयाँ विद्युतीय कार नेपाली बजारमा सार्वजनिक भएको...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३९

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस...

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

वि.सं.२०८३ असार २९ सोमवार ११:५६

काठमाडौं । यही साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा...

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

वि.सं.२०८३ असार २२ सोमवार १७:५८

काठमाडौं । आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा...