back

छुट्नुहोला ! हिमालयन हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले बैशाख ५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (जेष्ठ २३ गते, सोमबार) अन्तिम दिन हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय वासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले चुक्ता पूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँको ८.२२ प्रतिशत अर्थात ९ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ९ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १, २, ३, ४, ६ र ७ का स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री गरेको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता सम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा ग्लोबल आइएमई बैंकका लेखनाथ र न्यूरोड (कास्की), माछापुच्छ्रे बैंकको मादी, मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बुढीबजार र गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौँडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

nactional life
Corporatebazar 11 Anniversary

शेयर बजार अपडेट: नेप्सेमा सामान्य गिरावट, कारोबार रकम २ अर्ब ८० करोडमा सीमित

शेयर बजार अपडेट: नेप्सेमा सामान्य गिरावट, कारोबार रकम २ अर्ब ८० करोडमा सीमित

वि.सं.२०८३ वैशाख ३० बुधवार १५:३३

काठमाडौँ । धितोपत्र बजारमा लगातारको उतारचढावबीच साताको तेस्रो कारोबार दिन...

प्राइभेट इक्विटी र भेन्चर क्यापिटललाई स्पष्ट कानूनी आधार दिन माग

प्राइभेट इक्विटी र भेन्चर क्यापिटललाई स्पष्ट कानूनी आधार दिन माग

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:१६

काठमाडौं । नेपाल प्राइभेट इक्विटी एशोसिएशनले प्राइभेट इक्विटी तथा भेन्चर...

१ लाख ७४ हजार आवेदकले पाए याम्वालिङ हाइड्रोपावरको आईपीओ

१ लाख ७४ हजार आवेदकले पाए याम्वालिङ हाइड्रोपावरको आईपीओ

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:१५

काठमाडौं । याम्वालिङ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक...

शेयर बजारमा ३९ अंकको पहिरो: २५१ कम्पनीका लगानीकर्ता मारमा

शेयर बजारमा ३९ अंकको पहिरो: २५१ कम्पनीका लगानीकर्ता मारमा

वि.सं.२०८३ वैशाख २९ मंगलवार १६:०६

काठमाडौँ । धितोपत्र बजारमा साताको दोस्रो कारोबार दिन मंगलबार ठूलो...

स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

वि.सं.२०८३ वैशाख २९ मंगलवार १२:००

काठमाडौं । स्नो रिभर्स लिमिटेडले आज (वैशाख २९ गते) देखि...

आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जाको सट्टा शेयर दिइने

आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जाको सट्टा शेयर दिइने

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:३०

काठमाडौं । सरकारले जलविद्युत् आयोजना निर्माण क्षेत्रका प्रभावितलाई जग्गाको मुआब्जाका...