back
himalayan life

उपकार लघुवित्तको आईपीओ बाँडफाँट, यी ४ तरिकाबाट हेर्नुस् आईपीओ रिजल्ट

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । लघुवित्तको आईपीओ आज शुक्रबार बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय, हात्तिसार, काठमाडौंमा बाँडफाँट सम्पन्न भएको हो ।

लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिएको छ । १० कित्ताका दरले आईपीओ बाँडफाँट गर्दा २२ हजार ११५ जनाले मात्रै पाएका छन् ।

१० कित्ताका दरले बाँडफाँट गर्दा ६ कित्ता बाँकी रहन्छन् । बाँकी रहेका ६ कित्ता थप गरेर ६ जना आवेदकलाई ११ कित्ताका दरले दिईएको छ । लघुवित्तको आईपीओमा आवेदन दिएका बाँकी लगानीकर्ताको हात रित्तो भएको छ ।बाँडफाँट गर्दा १० कित्ताका लागि लक्की नम्बर ८ र बाँकी रहेका ६ कित्ताका लागि लक्की नम्बर ६ आएको छ ।

बिक्री प्रबन्धकका अनुसार अन्तिम दिनसम्म लघुवित्तको आईपीओमा २३ लाख ५१ हजार ४६२ जना आवेदकले २ करोड ६२ लाख ५७ हजार ६५० कित्ता शेयरका लागि २ अर्ब ६२ करोड ५७ लाख ६५ हजार रुपैयाँ बराबरको आवेदन दिएका थिए ।

जसमा २ हजार ४०६ जनाको २६ हजार ७२० कित्ता विभिन्न कारणले रद्द भएको छ । बाँकी २३ लाख ४९ हजार ५६ जना आवेदकको २ करोड ६२ लाख ३० हजार ९३० कित्ता मात्रै भेरिफाई भएको क्यापिटलले जनाएको छ ।

लघुवित्तले चैत २५ गते, शुक्रबारदेखि चैत्र ३० गते बुधबारसम्म सर्वसाधारण लगानीकर्ताका लागि चुक्ता पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशत अर्थात् २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । लघुवित्तले प्रतिकित्ता १०० अंकित मूल्य दरका २ लाख ३६ हजार २५० कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

जसमध्ये ०.५ प्रतिशत अर्थात ३ हजार २८१ कित्ता शेयर लघुवित्तका कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र बाँकी २ लाख २१ हजार १५६ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याईएको थियो ।

रिजल्ट विभिन्न तरिकाले हेर्न सकिन्छ ।

बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको वेभसाइट, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट र लघुवित्तको वेबसाइट https://www.ulbsl.com.np/ बाट हेर्न सकिने छ ।

रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोला

https://meroshare.cdsc.com.np/#/login

https://iporesult.cdsc.com.np/

https://www.ulbsl.com.np/

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

निरन्तर चौथो कारोबार दिन घट्यो नेप्से,कारोबार रकम पनि घट्यो

निरन्तर चौथो कारोबार दिन घट्यो नेप्से,कारोबार रकम पनि घट्यो

वि.सं.२०८३ असार ११ बिहीवार १५:३१

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८३ असार ९ मंगलवार १६:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

वि.सं.२०८३ असार ९ मंगलवार १०:४०

काठमाडौं । पछिल्लो समय नेपाली प्राथमिक शेयर (आईपीओ) बजारमा लामो...

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

वि.सं.२०८३ असार ८ सोमवार ११:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ऋणपत्र...

६९ अर्बको आईपीओ ब्याकलग: नवनियुक्त सेबोन अध्यक्ष डा. गोपाल भट्टसामु साख जोगाउने अग्निपरीक्षा

६९ अर्बको आईपीओ ब्याकलग: नवनियुक्त सेबोन अध्यक्ष डा. गोपाल भट्टसामु साख जोगाउने अग्निपरीक्षा

वि.सं.२०८३ असार ८ सोमवार ११:३१

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ नेतृत्व सम्हालेका...