back

रिभर फल्स पावरको आईपीओ चैत २७ गतेदेखि बिक्री खुला गर्ने

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले चैत २७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात संखुवासभा जिल्लाका बासिन्दाहरुका लागि ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने कम्पनीले जनाएको छ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ७ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको हो । कम्पनीको आईपीओमा २०७९ बैशाख ११ गते र ढिलोमा बैशाख २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ भने लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा रिभर फल्स पावर लिमिटेडको आयोजना कार्यालय, संखुवासभा, प्राइम कमर्सियल बैंकको खाँदवारी, तुम्लिङटार र सभापोखरी शाखा, प्रभु बैंकको खाँदवारी शाखा र ग्लोबल आइएमई बैंकको खाँदवारी र चैनपुर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

 


विकाश हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

विकाश हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८२ जेठ २० मंगलवार १३:०४

काठमाडौं । विकाश हाइड्रोपावर लिमिटेडले जेठ ६ गतेदेखि निष्काशन तथा...

एक वर्षमा ९४२ मेगावाट बिजुली थपिने, ७३२ किलोमिटर प्रसारण लाइन

एक वर्षमा ९४२ मेगावाट बिजुली थपिने, ७३२ किलोमिटर प्रसारण लाइन

वि.सं.२०८२ जेठ १५ बिहीवार १७:२६

काठमाडौँ । आगामी आर्थिक वर्षमा ९४२ मेगावाट विद्युत् थपिने भएको...

तल्लो सेती आयोजना सरकारी लगानीमा निर्माण गर्ने

तल्लो सेती आयोजना सरकारी लगानीमा निर्माण गर्ने

वि.सं.२०८२ जेठ १५ बिहीवार १७:१९

काठमाडौँ । सरकारले तल्लो सेती आयोजना सरकारी लगानीमा निर्माण गर्ने...

आजबाट ट्रेड टावरकाे आईपीओमा आवेदन दिन सकिने

आजबाट ट्रेड टावरकाे आईपीओमा आवेदन दिन सकिने

वि.सं.२०८२ जेठ १४ बुधवार १०:२९

काठमाडौं। ट्रेड टावर लिमिटेडले आजबाट प्राथमिक साधारण शेयर अर्थात आईपीओ...

सान्भि इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सान्भि इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८२ जेठ १३ मंगलवार ०९:४७

काठमाडौं ।  सान्भि इनर्जी लिमिटेडले जेठ ९ गतेदेखि निष्काशन तथा...

हिम स्टार ऊर्जा कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति

हिम स्टार ऊर्जा कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति

वि.सं.२०८२ जेठ १२ सोमवार १५:१३

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हिम स्टार ऊर्जा कम्पनीलाई आईपीओ...