back

बजारमा जस्तो बिक्छ उस्तै गित लेख्छुः सुजु भण्डारी

सुजु विद्यालय पढ्दैदेखि साहित्यमा खुब रुची राख्ने केटी हुन् । पछि गएर साहित्यकार बनिएला भन्ने उनको कलिलो दिमागले सोच्ने गथ्र्यो । तर प्रखर साहित्यकारका रुपमा नाम कमाउन नसकेता पनि उनी अहिले यस क्षेत्रमा बिस्तारै पहिचान बनाउ सफल भएकी छिन् ।

सुजाता आचार्य अर्थात, सुजु भण्डारीको शब्द रहेको ‘पाखे ह्याण्डसम’ बोलको गितले उनलाई अहिले गित संगितको क्षेत्रमा सफलताको सिँढी चढाउने जमर्को गरिरहेको छ । सशान कँडेल र बिनु अधिकारीको स्वर रहेको गितमा संगित महेश ज्ञवालीले भरेका छन् ।

आफुले लेखेको गित पहिलो पटक रेकर्ड भएर यूट्युवमा अपलोड भएपछि सुजुलाई गित लेखिदिनु पर्र्यो भन्नेहरु थपिन थालेका छन् । विशेषगरी आधुनिक, तथा सेन्टिमेन्टल गित लेखनमा जाँगर चलाउने सुजु भन्छिन्, ‘मलाई लगानीकर्ताहरुले जस्तो परिवेशको गित लेख्नु भनेर परिघटना सुनाउँनुहुन्छ त्यही परिवेशमा आधारित गितहरु सिर्जना गर्ने गरेकी छु । गित लेखन साहित्यको एक अब्बल बिधा भएको उनको बुझाई छ । उनी भन्छिन्, ‘तर जव कुनै गितकारले लेखेको गित बजारमा हिट हुँदा पनि अधिकाँश श्रोता तथा दर्शकलाई गितको सर्जक को हो ? कसले यो गित कथेको हो ? उसको नाम नै थाहा हुँदैनन्, यसले गर्दा चित्त दुख्दो रहेछ ।’ उनको बुझाई छ, ‘सुरु सुरुमा त यो क्षेत्रमा धेरै मेहनत गर्नुपर्दो रहेछ, नाम पनि छैन दाम पनि छैन ।’ आफू स्थापित हुनका लागि सित्तैमा गित लेखिदिनु परेको तितो अनुभव पनि उनीसँग ताजै छ ।

बालबालिकका लागि बालगित, बृद्धबृद्धाका लागि भजन र हिन्दी गित सुन्न चाहनेहरुका लागि उनले हिन्दीमा पनि गित लेख्ने गरेकी छिन् । कतिपय गित त ‘मैैँले यस्तो लखेकी छु’ भनेर अरुलाई सुनाउँदा सुनाउँदै उनीहरुले नै गितको भाव र शव्दहरु हुबहु बनाएर उनीहरुकै नाममा रेकर्ड भएको पनि सुजुले देखेकी छिन् । त्यस्तालाई उनी ‘इमानको खँडेरी’ भएका कलाकार भन्न रुचाउँछिन तर आफू भने रिसाउँदिनन् ।

यस क्षेत्रमा बिस्तारै बामे सरिरहेकी सुजुले स्वस्फूर्त लेखेका गितहरु सांगितिक बजारमा प्रतिस्पर्धा गर्न लायक छन् ।
यो मनको आँगानीमा देख्छु तिम्रै रुप

जलिसक्यो यो मन अझै बाल्छौ कि धूप…?
उनले लेखेको यो गित यतिबेला रेकर्ड भएर बजारमा आउने तरखरमा छ । यस गितको म्युजिक भिडियो तयारी हुँदैछ ।
समसामयीक परिवेशलाई च्याप्प समातेर शव्दमा उन्न सिपालु गितकार सुजुले लखेको अर्को गित पनि रेकर्ड भइसकेको छ भने बजारमा आउने तयारी हुँदैछ । यो गितको शव्दले यस्तो सन्देश दिएको छ:

पहिले पहिले रिठ्ठा पिना, अहिले त स्याम्पू हजूर
पहिले चढ्थे बयलगाढा, अहिले त ट्याक्सी हजूर
चितवनको नरायणगढस्थित विद्यालयमा पढ्दादेखि नै उनी गजल, कबिता, मुक्तक, सायरी, गित लेख्ने गर्थिन् । तर उनी वाचन गर्न भने औधी लजाउँथिन् । त्यसको फाइदा लुट्दै उनले गरेका सिर्जनाहरुमा साथीहरुले आफ्नो नाम भरेर वाचन गर्थे । अहिले पनि उनका सिर्जनाहरु चोरी भइरहेकै छन् । तर भन्छिन्, ‘यसमा मलाई भन्दा पनि चोर्नेलाई लाज लाग्नु पर्ने हो ।’

उनी अझै व्यवसायीक लिरिक्सका रुपमा बजारमा चिनिइसकेकी छैनन् । राम्रो र बजारमा बिकेको लिरिक्सले कति कमाउँदो हो ? त्यसको पनि उनीसँग जवाफ छैन । तर पनि गित लेखेरै बाँच्न सकिन्छ, अहिलेको जमानामा राम्रो गित लेखेर त्यसमा राम्रो, स्वर र संगितले सिँगार्न सक्ने सीप भयो भने यूट्युवबाटै पनि मनग्ये रकम हात पर्न सकिन्छ भन्ने उनको बुझाई छ । र त उनी दिनरात नभनी बजारमा बिकाउ हुने खालका गितहरु लेख्न व्यस्त छिन् ।

उनको सांगितक र साहित्यीक रुचिलाई उनका श्रीमान्ले पनि राम्रोसँग बुझेका छन् । भन्छिन्, ‘श्रीमान्बाट धेरै सपोर्ट पाएकी छु, उहाँ पनि धेरथोर कलाकारिता क्षेत्रमै लागेको र यो क्षेत्रलाई मायाँ गर्ने हुनुहुन्छ ।’

भोलिका दिनमा यही क्षेत्रमा लागेर नाम र दाम मनग्ये कमाउने सुजुको उत्कट चाहना छ । काठमाडौंमा बसेर जिविका चलाउन केही वर्षदेखि खोलेको बुटिकले साथ दिएको बताउने उनी आगामी दिनमा नाम चलेको गितकार बनेर यही क्षेत्रमा स्थापित हुन सकिने दृढ संकल्प राख्छिन् ।

हट हट मौसममा चिसो चिसो पेप्सी

जसले देख्छ उसले मलाई किन भन्छ सेक्सी ?
व्यवसायीक बजारमा जस्ता गिती शव्दहरु बिक्छन् उस्तै गित लेख्ने र समाज परिवर्तनका दृष्टीले चेनशील, जागरुक, र जनवादी गितहरु पनि सिर्जना गर्नुपर्ने उनले राम्रोसँग बुझेकी छिन् । यसबारे उनको बुझाई यस्तो छ, ‘मायाँ प्रेमका गितले अहिलेका युवा, युवती तथा टिनएजरहरुलाई सम्बोधन गर्छ, यूट्युवमा लाइक, कमेन्ट र सव्सक्राईब भई आर्थिक रुपमा सघाउँछ भने चेतनशील गितले सामाजिक योगदानमा भूमिका खेल्छ ।’

२०७८ भदौ १३ गते प्रकाशित


तेस्रो लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत

तेस्रो लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत

वि.सं.२०८१ वैशाख १७ सोमवार २२:३०

काठमाडौँ । तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चारवटा...

अन्तर्राष्ट्रिय लगानी सम्मेलन २०२४ सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

अन्तर्राष्ट्रिय लगानी सम्मेलन २०२४ सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२८

काठमाडौँ । मन्त्री पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा...

नेपाल राष्ट्र बैंक ६९ औँ वर्षमा प्रवेश : अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंक ६९ औँ वर्षमा प्रवेश : अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २१:३४

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको...

नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका ८ वटा विषयमा समझदारीमा हस्तारक्षर, कस्ता छन् सम्झौता ?

नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका ८ वटा विषयमा समझदारीमा हस्तारक्षर, कस्ता छन् सम्झौता ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १३:०३

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका ८...

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई हवाई जहाज भित्र खानाको अनिवार्य व्यवस्था गर्न श्रममन्त्रीको आग्रह

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई हवाई जहाज भित्र खानाको अनिवार्य व्यवस्था गर्न श्रममन्त्रीको आग्रह

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०८:३४

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद...

नेपालको व्यापार घाटा नौ महिनामा साढे १० खर्ब : कुन देशमा कती आयात ,निर्यात ?

नेपालको व्यापार घाटा नौ महिनामा साढे १० खर्ब : कुन देशमा कती आयात ,निर्यात ?

वि.सं.२०८१ वैशाख ९ आइतवार २१:५३

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक अवधिसम्ममा...