back
skip this gaugauma singhadarbar

कसैलाई ढाँटछल गरेर, झुटो बोलेर हामीलाई कमाउनु छैैन : सञ्चालक लुँइटेल

हिमालयन ग्रुप अफ कम्पनीमा १० करोड लगानी भएको छ ।

कृषिजन्य तथा खाद्यन्यसँग सम्बन्धीत व्यवसायमा कृयाशिल युवा व्यवसायी खाद्यन्यको ब्यापारमा हिमालयन ग्रुप अफ कम्पनीका सञ्चालक ईश्वर लुँइटेलसँग खाद्य सामाग्रीको बजार, कृषि उत्पादन, त्यसको गुणस्तर र विक्रि प्रर्बद्धनसँग गरेको कुराकानी ।

हिमालयन ग्रुप अफ कम्पनी कस्तो हो? यसले के काम गर्छ ?
यो प्राइभेट कम्पनी हो । यसले खाद्यन्यसँग सम्बन्धीत व्यापारिक काम गर्छ । जस्तो कि पिठो, चामल, दाल, गेडागुडा लगायतका विभिन्न उपभोक्ता वस्तुहरुको प्याकेजिङ गर्ने, प्रशोधन गर्ने, भण्डारण गर्ने र ठाउँठाउँमा आफ्ना आउट–लेटहरु खोलेर दैनिक उपभोक्ता वस्तुहरु अनलाइन अर्डरमार्फत पनि घरघर र स्टोर स्टोरसम्म पुर्याउने काम यसले गर्छ । हामीले किराना पसल, स्टोर आदिमा होलसेलमा दिनेगरी ठुलठुला आउट लेट मार्फत राखेर (जिल्लापिच्छे) सस्तो सुलभ मुल्यमा उपभोक्ता वस्तु विक्रि गर्छौ । थोरै मार्जिन राखेर धेरै ठाउँमा वस्तु ब्यापार गर्ने हाम्रो लक्ष्य छ ।

“हामीले किराना पसल, स्टोर आदिमा होलसेलमा दिनेगरी ठुलठुला आउट लेट मार्फत राखेर (जिल्लापिच्छे) सस्तो सुलभ मुल्यमा उपभोक्ता वस्तु विक्रि गर्छौ ।”

यसका आउटलेटहरु अहिले कहाँ कहाँ छन् त ?
विस्तारको क्रममा छौ । हामीले यस्तो व्यवसाय सुरु गरेको धेरै भएको पनि छैन । अहिले हामीले काठमाण्डौको जडिबुटी, नयाँ बसपार्कको गोङगंबु र सातदोबाटोमा सुरु गरेका छौ । विस्तारै सबै तिर विस्तार गर्ने सोचमा छौ । यसमा हालसम्म १० करोड लगानी भएको छ । हामी समझदार साँझेदारको खोजीमा पनि छौ, ताकि हाम्रा व्यवसाय विस्तार गर्न सहज होस् । यसले सुरुमा सय जनालाई रोजगारी दिएको थियो । अहिले भने ३५–३६ जना रोजगार छन् । तर विस्तारै यस कम्पनीले एक दुइ सय जनालाई रोजगारी दिन्छ ।

तपाइको कम्पनीले अग्र्यानिक दाल, चामल, गेडागुडी बेच्छ ?
पाइन्छ । हामीले सिजनेबल हिसावमा बिशादी रहीत पनि खानुपर्छ, खुवाउनु पर्छ भनेर त्यस्ता चीजबीज संकलन गरेर बेच्छौ । तर बिसादी रहीत मात्रै पनि खानसक्ने रहेनछन् मान्छेले । धेरैजसोले अरु जनरल सामान पनि प्रयोग गर्ने भएकोले अग्र्यानिक मात्रै सबैले खान नसक्ने । नेपालको स्थीतिमा सबैलाई आर्थिक अवस्था हेरेर चल्नुपर्ने छ । अग्र्यानिक मात्रै महंगो पर्न जान्छ । त्यसकारण हामीकोमा दुबैथरी वस्तुहरु छन् । यसले इन्भेष्टमेन्ट कम्पनी सँगसँगै लगिरहेको छौ । आईटीबाट पनि मार्केटिङ्ग गरिरहेको छौ । र, एग्रिकच्चर टेडिङ कम्पनी पनि यसले सँगसँगै ल्याउँदैछ । हिमालयन एग्रिकल्चर टेडिङ्ग कम्पनीले चाँही जतिपनि अग्र्यानिक सामानहरु लोकल, नेपालमा उत्पादन भएको सामानहरु खरिद, प्याकेजिङ्ग र आन्तरिक तथा बाह्य बजारकमा विक्रि गर्छ ।

उपभोक्ताहरु यही ठोकिनुपर्ने तपाईहरुको खास विशेषता के हो ?
धेरैकोमा मनोमानी छ । रेट ठयाक्कै कति हो थाहा हुदैन । त्यो भएपछि फयाक्ट्रीले पनि सप्लार्यस र डिस्टीब्युर्टसको च्यानलमार्फत जानुपर्छ । धेरै फयाक्ट्रीहरुले डिस्टीब्युटरलाई दिने, डिस्टीब्युटरले डिलरलाई र डिलरले सवडिलरलाई र सवडिलरले पनि पसलेलाई दिएर घरमा जाँदा वस्तुको मुल्य बढी पर्ने भयो । यहाँ आफु पनि फयाक्ट्रीसँग जोडिँदैछौ र प्रत्यक्ष उपभोक्ताकै घरमा, घर नजिकैको पसलमा थोरै मार्जिनमा दिन्छौ । जसले गर्दा उपभोक्तालाई बढी महंगो पर्दैन । त्यसबाहेक फ्रेस सामानहरु समेत उनीहरुले पाउने भए ।

“खानपानको कुरा छ । अरु कपडा, विलासी वस्तु जस्तो होइन् यो । जसरी पनि मान्छेले खानैपर्यो ।|”

बजारको अवस्था कस्तो छ अहिले ?
बजारको अवस्था चाँही जेनजी आन्दोलन र दशैं तिहार जस्ता चाडबाड सक्किए पछिको अवस्थाले केही बिग्रेको छ । कतिपय फयाक्ट्रीहरुमा पनि विधुत लाइन काटिएका अवस्था छन् । मार्केटमा ब्यापारीहरुले लगानी गर्ने अवस्था नरहेको बताएका छन् । यसै त मान्छेहरु धेरै त विदेश गइरहेका त्यसमाथी आन्दोलन आदीले बजार विग्रेको अवस्था भने छ । आगजानीले धेरै क्षती भएका छन् । तर सुधार पनि हुदैछ । विस्तारै लयमा आउला । आखिर यो दैनिक उपभोग्य वस्तु हो । खानपानको कुरा छ । अरु कपडा, विलासी वस्तु जस्तो होइन् यो । जसरी पनि मान्छेले खानैपर्यो । त्यही भएर खासै त्यस्तो असर त छैन । तैपनि, बजार अलि श्लो भएको हो भन्ने छ ।

थप योजना के छ ?
अलिकति ठुला स्टोरहरु राख्ने र लगानीकर्ताहरु कोही आउँछन् भने पनि स्वागत गर्ने भन्ने छ । शेयर हाल्नेगरी कोही इच्छुक छन् भने पनि आउन सक्छन् । मिलेर काम गर्न सकिन्छ । यसमा मार्जिन कम छ । तर दिर्घकालिन ब्यवसाय हो यो । अरु जस्तो यसमा डुब्ने, फस्ने भन्ने हुदैन ।

सोध्न छुटेको तर तपाइलाई भन्न मन लाग्या कुरा केही छन् ?
हाम्रो हिमालयन ग्रुप अफ कम्पनीले बजारमा बेचिरहेका खाद्यन्यका सामानहरु अरुको भन्दा दुई पैसा सस्ता, ताजा र मिसावट रहीत छन् । हामी जे हो त्यही भन्छौ । कतिपय चीज हामी अग्र्यानिक पनि खोजेर बेचिरहेका छौ सिजनमा । यहाँ त अग्र्यानिकमा पनि मासकै दालमा पनि अग्र्यानिक हो भन्दै बजारको मासको दाल ल्याएर बेचिदिने र दुई पैसा सस्तो दिएर मान्छे झुक्याउनेहरु पनि छन् । उपभोक्ताले त्यो चाल नै पाउँदैन । तर हामी वास्तविक लोकल तथा अग्यानिक हो भने अग्र्यानिक र होइन् भने होइन भनेरै बेच्छौ । कसैलाई ढाँटछल गरेर, झुटो बोलेर हामीलाई कमाउनु छैैन । हामी त्यो गर्नै चाहँदैनौ र गर्न पनि नपरोस् । अर्को, अरुको भन्दा भिन्न विशेषता अलिकति केही फरक रेटमा फयाक्ट्रीले दिने रेटमा थोरै मार्जिन राखेर नै हामी सामान बेच्छौ । अधिकतम सस्तो पनि हुनेगरी बेच्ने हाम्रो प्रयास छ ।

gaugauma singhadarbar

‘किसानको आलीबाट उपभोक्ताको थालीसम्म उत्पादन सीधै प्रवाह हुने प्रणालीको तयारीमा छौं’

‘किसानको आलीबाट उपभोक्ताको थालीसम्म उत्पादन सीधै प्रवाह हुने प्रणालीको तयारीमा छौं’

वि.सं.२०८२ मंसिर १९ शुक्रवार ११:०७

देशभर रहेका किसानहरुलाई खाद्यन्न उत्पादनका लागि आवश्यक स्रोत साधनको व्यवस्था...

एआईले सिर्जना गरिरहेका नयाँ रोजगारीका लागि नेपालमा जनशक्ति नै छैन

एआईले सिर्जना गरिरहेका नयाँ रोजगारीका लागि नेपालमा जनशक्ति नै छैन

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५२

काठमाडौं । विश्व तीव्र गतिमा कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्रित युगतिर...

हाम्रा युवाहरु नेपाल मै बसेर विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्छन्’

हाम्रा युवाहरु नेपाल मै बसेर विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्छन्’

वि.सं.२०८२ मंसिर ८ सोमवार ०९:१६

नेपालमा आइटी क्षेत्रको भविष्य राम्रो छ भनेर लामो समयदेखि बहस...

‘अझै आइ–भोटिङ गराउन सकिन्छ, निर्वाचन आयोगले आँट गर्नुपर्छ’

‘अझै आइ–भोटिङ गराउन सकिन्छ, निर्वाचन आयोगले आँट गर्नुपर्छ’

वि.सं.२०८२ मंसिर ७ आइतवार ०९:२१

सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गर्न मिति...

मन्था आँधीको प्रभावका कारण नेपालमा पनि उच्च हिमाली भेगमा हिमपात, धेरै क्षेत्रमा झरी हुन सक्छ

मन्था आँधीको प्रभावका कारण नेपालमा पनि उच्च हिमाली भेगमा हिमपात, धेरै क्षेत्रमा झरी हुन सक्छ

वि.सं.२०८२ कात्तिक १२ बुधवार १७:०८

काठमाडौं । अहिले देशभरि नै साधारणतया बदलीको अवस्था रही उच्च...

जेनजीहरुको एउटा समूह अर्को विशाल आन्दोलनको तयारीमा छ

जेनजीहरुको एउटा समूह अर्को विशाल आन्दोलनको तयारीमा छ

वि.सं.२०८२ कात्तिक २ आइतवार १४:५६

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन यत्रो विध्वंशात्मक...