back
Naima

बागमती प्रदेश सरकार उत्पादनमुखी बजेट निर्माणको अभियानमा छ : मन्त्री काफ्ले

बाढी पहिरो वा प्राकृतिक विपतमा हाम्रो उपस्थितिलाई हेर्नुभयो भने प्रदेश सरकारको भूमिका स्पष्ट हुन्छ । बेलाबेला बजेट र स्रोतको अभावले गर्दा समस्याहरु पर्ने गर्छ । त्यही भएर पनि हामी एकल अधिकार वा नियम बनाउने पक्षमा छौं । उत्पादन र त्यसको वितरणलगायतको सम्पूर्ण जिम्मा प्रदेश सरकारलाई दिने व्यवस्था मिलाउन सकेको खण्डमा बल्ल प्रदेश सरकार दौडन्छ ।

कुन्दन राज काफ्ले बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारीमा छन् । प्रदेशसभा तर्फ दोलखा (ख) बाट निर्वाचित सांसद काफ्ले यसअघि प्रदेश सभाको मुख्य सचेतक पनि थिए । कांग्रेस केन्द्रीय सदस्य समेत रहेका काफ्लेसँग प्रदेशमा आगामी आर्थिक बर्षको बजेटको तयारी, प्राथमिकताका विषय र समसामयिक विषयबस्तुमा गरेको कुराकानी :

बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्षको बजेटको तयारी कस्तो छ र के के कुरालाई प्राथमिकता दिएको छ ?
हामीले यसपाली बजेटमा उत्पादनलाई जोड दिइरहेको छौं । उत्पादन र उद्योग साथै कृषि र भौतिक पूर्वाधारका विषय हाम्रो प्राथमिकतामा छ । मूलभूत रुपमा बागमती प्रदेश सरकार अहिले उत्पादनमा विशेष लगानी गर्नुपर्छ भन्ने पक्षमा छ ।

खास प्राथमिकताको विषय के हो र आकार कस्तो रहने छ ?
पहिलो प्राथमिकता भनेकै उत्पादन हो । उत्पादन भनेको साधारणतया उद्योग र कृषि नै हो । बागमती प्रदेशको हकमा उत्पादनका विषयहरु भनेको रड, गिट्टी, ढुंगा–माटो, बालुवा पनि हो । तर ऐन कानुनको कारणले ती धेरै हाम्रो परिधिभित्र छैनन् । मूलभूत रुपले खनिजकै कुराहरु हामीले प्राथमिकता दिनुपर्ने हो । तर त्यो क्षेत्रमा नियम, पद्धती, कानुनका हिसाबले धेरै कुरा गर्न नसिकदो रहेछ । कोसिस निरन्तर गरिरहेका छौं ।

अहिले बजेट आकारको कुरा गर्दा सिलिङ ५५ अर्ब दिएका छौं । ०८०/८१ मा ६४ अर्बको हाराहारीमा थियो । तर अब राजस्व संकलन हुने अवस्था पनि निर्माण भएको छ । हामीले सिलिङ तोकेको आज लगभग आज २०/२२ दिन भयो । बजेट चाँही ठ्याक्कै यति नै हुन्छ भन्ने अवस्था त छैन् । तर तत्कालिन सिलिङ चाँही ५५ अर्ब छ ।

विगतका बजेट परम्परागत हुने गरेको र नागरिकमैत्री नभएको गुनासो छ । यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ?
नागरिकमैत्री बजेट त पहिले पनि थियो, अहिले पनि छ । यो चाँही आफ्नो अनुकुलको व्याख्या हो । तर पहिला बजेट उत्पादनसँग जोडिएको कम हुन्थ्यो होला । विगतमा बजेट उत्पादन भन्दा पनि अनुदानमुखी बजेट निर्माण हुने गर्दथ्यो । यसपाली बागमती प्रदेश सरकार उत्पादनमुखी बजेट निर्माणको अभियानमा जुटेको छ ।

बर्षेनी बजेटको कार्यान्वयन सन्तोषजनक देखिदैन् । वागमती प्रदेशको बजेट कार्यान्वयनको अवस्था निराशजनक नै छ नि ?
बजेट विगतमा के गर्ने रहेछ भने बजेट निर्माणपछि टेन्डर खोल्ने व्यवस्था गरिदोरहेनछ । थोरै पैसा राख्ने त्यसलाई तीन महिनापछि रकमान्तर गर्ने त्यसपछि फेरि टेन्डर खुलाउने त्यसपछि फेरि खरिद ऐनदेखि लिएर हरेक प्रक्रिया पुर्याउनुपर्ने रहेछ । त्यसले गर्दा काम ढिला हुने अवस्था निर्माण हुँदो रहेछ । त्यही भएर हामीले बजेटको आकार सानो बनाउने नभइ ठूलो बजेट निर्माण गरेर सुरुमा नै टेन्डर खोल्ने अवस्थाको निर्माण गरेको खण्डमा मात्रै बजेट समयतालिका भित्र पूरा हुने अवस्था आउने रहेछ । हालसम्मको मेरो अनुभवले त्यही देखाउँछ । प्रक्रिया पुगेको, काम पूरा भएको, पैसा दिन बाँकी भएका योजनाहरुको कामलाई पूरा भएको देखाउँदैन् । हाल भने सिस्टमले देखाउने गरेको छ । केही योजनाहरुको काम ९० प्रतिशत तर १० प्रतिशत बाँकी छ त्यो ग्यारेन्टी सकिन्छ । त्यो सिस्टमले देखाउँदैन् । त्यही कारणले गर्दा यस्तो देखिएको हो । तर हामीले सुक्ष्म अध्ययन गर्दा बजेट कार्यान्वयनको अवस्था विगतको भन्दा बढ्ने अवस्था देखिन्छ, घट्दैन् ।

राजश्व संकलन पनि निराशजनक नै देखिन्छ नि ?
राजस्वको अवस्था चाँही सन्तोषजनक देखिदैन् । हामीले अनुदानको हिसाबले पाउने कार्यक्षेत्र र राजस्व संकलन गर्ने क्षेत्रमा केही जटिलताहरु छन् । स्थानीय तहले उठाउने राजश्व ढिलागरी हाम्रो खातामा जम्मा हुने गर्छ । तीन चार बर्ष पहिलेको लगभग नौं करोडभन्दा माथिको रकम काठमाडौं महानगरपालिकाले उठाएको मनोरञ्जन कर बल्ल हाम्रो खातामा आइपुग्यो । तर यस्तो समस्या संघमा नहोला । स्थानीय तह र प्रदेशको कानुनको सहि रुपमा व्याख्या नभएका कारणले गर्दा र अभ्यासको रुपमा पनि धेरै कुरा नआइसकेकाले यस्तो समस्या परेको हो । त्यही भएर राजस्व चुहावट हुने गरेको पाइन्छ । सही समयमा नउठ्ने एउटा कुरा भयो भने उठेको रकम पनि दाखिला हुन समस्या भइरहेको छ । त्यसैले हामीले ६४ अर्बबाट ५५ सिलिङ तोकेका हौं । हाम्रो कार्यक्षेत्र भित्र अर्थात प्रदेशको कार्य क्षेत्रभित्रको राजस्व चाँही हामीले विगतको भन्दा बढी उठाएको छौं । तर संघले गर्दा अर्बको हाराहारीमा आउने तर प्रदेशको कार्यक्षेत्रभित्र पर्ने करोडको हाराहारीमा आउने भएकाले पनि राजश्व कम देखिएको हो । हामीले गरेको प्रगति प्रगतिको रुपमा नदेखिएको हो । तर प्रदेशले आफ्नो कार्यक्षेत्रको राजस्व विगतको भन्दा राम्रो उठाएको छ ।

उसोभए नीतिगत समस्याहरु पनि बाधक बन्यो । वास्तवमा तपाइँहरुले व्यहोरिरहेको नीतिगत समस्या चाहीं के हो ?
नीतिगत रुपमा त कानुनकै समस्या हो । हामीलाई क्षेत्रअधिकार तोकेको ठाउँमा पनि कानुन पूर्ण रुपमा निर्माण नभइसकेका कारणले गर्दा समस्या भएको छ । हाम्रो एकल कार्यक्षेत्र दिएको ठाउँमा कृषिमा कहाँ कर उठाउने भन्ने मूल विषय छ । अनुदानमा त कृषि उत्पादन गर्न नसकिरहेको अवस्था छ । त्यसैले कार्यक्षेत्र नदिएको कारण, कानुन निर्माण नभएका कारणले गर्दा केही समस्याहरु निम्तिएका छन् । प्रदेशको अवधारणा अनुसार कानुनी व्यवस्था नहुँदा समस्या हुने गरेको छ । हाम्रो कार्यक्षेत्रलाई एकल कार्यक्षेत्रहरु तोकिन पर्ने हो । जुन कुरा हाम्रो कार्यक्षेत्रभित्र परोस । कार्यक्षेत्रमा परेको खण्डमा चाहीं प्रगति गरिरहेका छौं । जुन कुरा हाम्रो कार्यक्षेत्र होइन, बजार व्यवस्थापन गर्ने सम्पूर्ण जिम्मेवारी हामीसँग पनि छैन् र स्थानीय तहसँग सहकार्य गर्नुपर्ने अवस्था छ । उत्पादनको कुरा गर्दा कृषिमा उत्पादन नभएको होइन्, भएको छ । तर त्यसको बजार व्यवस्थापन गर्न समस्या भइरहेको छ । हाम्रो अवस्था त्यस्तो धेरै कमजोर भएको छैन् । तथापी, सबैखाले समस्या समाधान गर्न स्थानीय तहसँग बारम्बार अन्तरक्रिया गरिरहेको छौ । त्यसको ठोस परिणाम चाँही आइसकेको छैन् ।

स्थानीय तहको तुलनामा प्रदेश सरकारको प्रश्तुती कमजोर भयो भन्ने गुनासो छ । यसमा के भन्नुहुन्छ ?
विशेष कुरा भनेको अधिकार क्षेत्रकै कुरा हो । धेरै अधिकार स्थानीय तहलाई दिइएको छ । र माथि कानुन निर्माण गर्ने धेरै कुराहरु संघीय सरकारलाई दिइएको छ । संघलाई दिएको छ । हामीलाई दिइएको काम नै थोरै छ । तर अधिकार क्षेत्रभित्र परेको काम हामीले पूरा गरेका छौं । अस्ति बाढीपहिरो जाँदा वीपी राजमार्ग खुलाउन कति समय लाग्यो तपाइँले देखिरहनु भएकै छ । तर प्रदेशको लोकमार्ग हामीले ४८ घण्टामा पूर्ण रुपमा खोल्यौं । तर बीपी राजमार्ग खुल्न महिना दिन भन्दा बढि लाग्यो । प्रदेशले काम नगरेको होइन् । प्रश्तुती कमजोर भयो भन्ने व्याख्या सतही मात्र हो । हाम्रो कार्यक्षेत्र, नियम, कानुन, पद्दती अनुसार काम भएको छ । स्वभाबिक रुपमा सातआठ बर्षको सरकार भनेको एकदम व्यवस्थित र बलियो सरकार नभएको कारणले समस्याहरु भएका छन् । हाम्रा संरचनाहरु सबै क्षेत्रमा नभएका कारणले र आवश्यक जनशक्ति व्यवस्थापन नभएका कारण पनि समस्याहरु आइरहेका छन् । त्यसको भारको बारेमा पनि विश्लेषण गर्नुपर्छ । हाम्रो लक्ष्य भनेको उत्पादन र निर्माणसँग जोड्ने नै मुख्य एजेण्डा हो । बाहिरबाट हेर्दा हाम्रो प्रश्तुती नदेखिएपनि काम शसक्त रुपमा भएको छ ।

बाढी पहिरो वा प्राकृतिक विपतमा हाम्रो उपस्थितिलाई हेर्नुभयो भने प्रदेश सरकारको भूमिका स्पष्ट हुन्छ । बेलाबेला बजेट र स्रोतको अभावले गर्दा समस्याहरु पर्ने गर्छ । त्यही भएर पनि हामी एकल अधिकार वा नियम बनाउने पक्षमा छौं । उत्पादन र त्यसको वितरणलगायतको सम्पूर्ण जिम्मा प्रदेश सरकारलाई दिने व्यवस्था मिलाउनुपर्छ । अनि बल्ल प्रदेश सरकार दौडन्छ । अहिले प्रदेश सरकार दौडेको छैन् । अहिले प्रदेश सरकार विस्तारै हिडिरहेको छ । प्रदेश सरकार मात्रै त्यो सरकार हो, जो चाहीं दौडन सक्छ । स्थानीय सरकार दौडन सक्दैन्, हिड्न मात्रै सक्छ । र संघीय सरकारपनि हिड्न मात्रै सक्छ दौडन सक्दैन् । किनकी त्यसका धेरै कुराहरु छन् । उत्तरदायित्व हुने ठाउँमा उत्पादन, वितरण, मुल्याङकनको कुरामा तीनवटै निकायमध्ये प्रदेश सरकारलाई बढी अधिकार दिएको खण्डमा प्रदेश दौडन्छ ।

फरक प्रसंगमा कुरा गरौं, कांग्रेस–एमालेको गठबन्धन सरकारको कार्यशैली तपाईँलाई कस्तो लागिरहेको छ ? काम गर्न कतिको सहज वा असहज भएको छ ?

यस्ता कुराको मुल्याङकन गर्ने पार्टीका शीर्ष स्थानका नेताहरुले हो । सुरुदेखि नै नेकपा एमाले र कांग्रेसको गठबन्धनमा सरकार हुनुहुन्न भन्ने मान्छे हुँ म । किनकी यो लोकतन्त्रको फाउन्डेसनमा पहिलो दल र दोस्रो दलको सरकार हुनुहुँदैन् । एउटा प्रतिपक्ष नै बस्नुपर्छ । बलियो प्रतिपक्ष नै लोकतन्त्रको सुन्दर पक्ष हो । तर उहाँहरुले गठबन्धन गर्नुभयो । गठबन्धन केका लागि गरिएको भन्ने कुरामा उहाँहरु जत्तिको शीर्ष नेताहरु त्यति विचार नगरि अघि बढ्नुभयो कि । र काम गर्ने सिलसिलामा धेरै दभाव र प्रभाव परिरहेको भएपनि हामी दबाब वा प्रभावमा पर्नेवाला छैनौं ।
प्रदेश सरकारलाई आफ्नो दैनिक प्रशासकीय गतिविधि गर्न भवनहरुको अभाव देखियो । प्रदेश

मातहतका मन्त्रालयहरुको कार्यालय कहिले निर्माण हुन्छ ?
हामीलाई स्थायी संरचना बनाउन जग्गाको मूल समस्या हो । योपनि संघसँगै सम्बन्धित रहेकाले केही समस्या भइरहेको छ । करोडौंको भवन निर्माण गर्ने पक्षमा हामी नभएपनि जग्गाको हकमा संघकै निर्णय आवश्यक परेको छ । र त्यो निर्णय नभएका कारण स्थायी संरचनाहरु नबनेको हो । तर कार्यालय सञ्चालनको लागि केही समस्या छैन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अटोमोबाइल केवल व्यापार होइन पूर्ण इकोसिस्टम हो : नाइमा अध्यक्ष ऋतु सिंह वैद्य

अटोमोबाइल केवल व्यापार होइन पूर्ण इकोसिस्टम हो : नाइमा अध्यक्ष ऋतु सिंह वैद्य

वि.सं.२०८३ साउन २२ शुक्रवार ११:१२

काठमाडौं। पछिल्ला केही वर्षयता विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को गम्भीर...

पेट्रोलमा इथानोल मिश्रण योजना कागजमै सीमित : उद्यमी खरेल

पेट्रोलमा इथानोल मिश्रण योजना कागजमै सीमित : उद्यमी खरेल

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:१४

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा इथानोल मिश्रण गर्ने नीति ल्याएको...

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन सार्वजनिक हुँदै

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन सार्वजनिक हुँदै

वि.सं.२०८३ साउन २० बुधवार ०९:११

काठमाडौं । नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारी (ईभी) को बढ्दो...

६३ लाख पर्यटक भित्र्याउने लक्ष्यले नेपालको अर्थतन्त्र बदल्न सक्छ : सुमन पाण्डे

६३ लाख पर्यटक भित्र्याउने लक्ष्यले नेपालको अर्थतन्त्र बदल्न सक्छ : सुमन पाण्डे

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५६

काठमाडौं । पर्यटन व्यवसायी सुमन पाण्डेले नेपालको द्रुत आर्थिक विकास...

कियान केमिकल्सको ११ अर्बको मेगा प्रोजेक्टः इथानोलमार्फत देशलाई आत्मनिर्भर बनाउने लक्ष्य

कियान केमिकल्सको ११ अर्बको मेगा प्रोजेक्टः इथानोलमार्फत देशलाई आत्मनिर्भर बनाउने लक्ष्य

वि.सं.२०८३ साउन १८ सोमवार ०९:४१

काठमाडौं । नेपालमा इथानोल उत्पादन र कृषि क्षेत्रलाई औद्योगिकरण गर्ने...

नाइमा मोबिलिटी एक्सपोमा ४० भन्दा बढी मोडल, नयाँ प्रविधि र ज्ञान साझेदारीको केन्द्र बन्दै

नाइमा मोबिलिटी एक्सपोमा ४० भन्दा बढी मोडल, नयाँ प्रविधि र ज्ञान साझेदारीको केन्द्र बन्दै

वि.सं.२०८३ साउन १५ शुक्रवार ०९:४९

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नाइमा) ले आयोजना गर्न लागेको...