back
Naima

आर्क्स ग्रुपद्वारा स्वयम्भू हारती टुर्सलाई १८ जुबाओ भ्यान डेलिभरी

काठमाडौं । नेपालका लागि जुबाओ विद्युतीय भ्यानको आधिकारिक बिक्रेता आर्क्स ग्रुपले भ्यान बिक्रीमा आक्रामक सुरुवात गरेको छ । कम्पनीले भित्र्याएका १४ सिटे विद्युतीय भ्यानप्रति प्रारम्भिक दिनमै व्यवसायीको आकर्षण बढेको पाइएको छ ।

नेपालको सडकको अवस्था तथा सेवाग्राहीको आवश्यकतालाई मनन गर्दै लामो समयको अध्ययन अनुसन्धानपछि जुबाओ विद्युतीय भ्यान भित्र्याएको आर्क्स ग्रुपले पहिलोपटक १८ वटा भ्यान एउटै कम्पनीलाई हस्तान्तरण गरेको छ ।

आर्क्स ग्रुपले राजधानीमा विशेष कार्यक्रमको आयोजना गरी स्वयम्भू हारती टुर्स एण्ड ट्राभल्स प्रालिलाई १८ थान जुबाओ भ्यान हस्तान्तरण गरेको हो । स्वयम्भु हारतीले यी भ्यानहरु काठमाडौंबाट चितवन, हेटौंडा, वीरगन्ज लगायतका स्थानमा सार्वजनिक यातायातका रुपमा सञ्चालन गर्ने जनाएको छ ।

जुबाओ ईभी थ्यान चीनको एफएडब्लू जिलिन् कम्पनीद्वारा उत्पादन गरिएको एक अत्याधुनिक इलेक्ट्रिक गाडी हो । जुबाओ विद्युतीय भ्यान विशेषगरी समूह यात्रा, शटल सेवा र व्यावसायिक यातायातका लागि उपयुक्त रहेको जनाइएको छ ।

नेपालमा पनि जुबाओ भ्यान विभिन्न शहरमा आफैं सञ्चालन गरेर यसको क्षमता हेरी किन्ने निष्कर्षमा पुगेको स्वयम्भू हारतीका सञ्चालकले बताएका छन् । यो गाडीले वातावरणमैत्री र न्यून सञ्चालन खर्चका साथ यात्रामा आरामदायक सुविधा प्रदान गर्ने तथा यो भ्यान, हरित र दिगो यातायातको उत्कृष्ट विकल्प बनेको कम्पनीको दावी छ ।

जुबाओ ईभी भ्यान नेपाली बजारमा आर्क्स ग्रुपको पूर्ण प्रतिवद्धतासाथ प्रस्तुत गरिएको र यो गाडीले यातायातको गुणस्तर सुधार गर्दै, वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउँछ र नेपाललाई दिगो र हरित भविष्यतर्फ अघि बढाउने जनाइएको छ ।

आर्क्र्स ग्रुपका अध्यक्ष राजेशकाजी श्रेष्ठले जुबाओ इभी भ्यान हाल ११ र १४ सिटमा उपलब्ध रहेको र नेपालको सडकको अवस्था, चार्जिङ स्टेशन तथा सेवाग्राहीको सुविधा लगायतका पक्षलाई अध्ययन गरी सुलभ मूल्यमा उपलब्ध गराइएको जानकारी दिए ।

जुबाओ इभी भ्यान काठमाडौं उपत्यकासँगै धनगढी, नेपालगन्ज, बुटवल, सुर्खेत, पोखरा, चितवन, इटहरी र विर्तामोडमा पनि उपलब्ध हुने र यसको सर्भिस लगायत पार्ट्स ति क्षेत्रमा पनि सहज रुपमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नाइमा मोबिलिटी एक्सपोमा डोङफेङका विद्युत्तीय बसहरू सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्सपोमा डोङफेङका विद्युत्तीय बसहरू सार्वजनिक हुँदै

वि.सं.२०८३ साउन २४ आइतवार १९:३४

काठमाडौं । हिमालयन अर्गनाइजेशन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चिनियाँ अटोमोबाइल जायन्ट...

नाइमा अटो शो २०२६ मा टोयोटाको आकर्षक अफर: २१ लाखसम्म छुट र दुई नयाँ मोडल सार्वजनिक गरिँदै

नाइमा अटो शो २०२६ मा टोयोटाको आकर्षक अफर: २१ लाखसम्म छुट र दुई नयाँ मोडल सार्वजनिक गरिँदै

वि.सं.२०८३ साउन २४ आइतवार १९:१८

काठमाडौं ।  काठमाडौंमा आगामी अगस्ट ११ देखि १६ सम्म आयोजना...

नाइमा मोबिलिटी एक्स्पोको तयारी अन्तिम चरणमा, ४० नयाँ मोडल सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्स्पोको तयारी अन्तिम चरणमा, ४० नयाँ मोडल सार्वजनिक हुँदै

वि.सं.२०८३ साउन २४ आइतवार १९:००

काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो २०२६ को तयारी अन्तिम चरणमा...

ओरा५ अब हाईब्रिड पावरट्रेनमा पनि, यस्तो छ विशेषता

ओरा५ अब हाईब्रिड पावरट्रेनमा पनि, यस्तो छ विशेषता

वि.सं.२०८३ साउन २४ आइतवार १८:५८

काठमाडौं–ग्रेट वाल मोटर (जडब्लूएम) ले आफ्नो ओरा ब्रान्ड अन्तर्गत पहिलोपटक...

निसानको नयाँ प्रिमियम एसयूभी ‘टेकटन’ अगस्ट ११ मा नेपालमा सार्वजनिक हुँदै, नाइमा एक्सपोमा प्रत्यक्ष अवलोकन गर्न सकिने

निसानको नयाँ प्रिमियम एसयूभी ‘टेकटन’ अगस्ट ११ मा नेपालमा सार्वजनिक हुँदै, नाइमा एक्सपोमा प्रत्यक्ष अवलोकन गर्न सकिने

वि.सं.२०८३ साउन २४ आइतवार १८:४०

काठमाडौं। निसान गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटो कर्पले...

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

वि.सं.२०८३ साउन २४ आइतवार १७:२९

काठमाडौं । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक...