back

आर्क्स ग्रुपद्वारा स्वयम्भू हारती टुर्सलाई १८ जुबाओ भ्यान डेलिभरी

काठमाडौं । नेपालका लागि जुबाओ विद्युतीय भ्यानको आधिकारिक बिक्रेता आर्क्स ग्रुपले भ्यान बिक्रीमा आक्रामक सुरुवात गरेको छ । कम्पनीले भित्र्याएका १४ सिटे विद्युतीय भ्यानप्रति प्रारम्भिक दिनमै व्यवसायीको आकर्षण बढेको पाइएको छ ।

नेपालको सडकको अवस्था तथा सेवाग्राहीको आवश्यकतालाई मनन गर्दै लामो समयको अध्ययन अनुसन्धानपछि जुबाओ विद्युतीय भ्यान भित्र्याएको आर्क्स ग्रुपले पहिलोपटक १८ वटा भ्यान एउटै कम्पनीलाई हस्तान्तरण गरेको छ ।

आर्क्स ग्रुपले राजधानीमा विशेष कार्यक्रमको आयोजना गरी स्वयम्भू हारती टुर्स एण्ड ट्राभल्स प्रालिलाई १८ थान जुबाओ भ्यान हस्तान्तरण गरेको हो । स्वयम्भु हारतीले यी भ्यानहरु काठमाडौंबाट चितवन, हेटौंडा, वीरगन्ज लगायतका स्थानमा सार्वजनिक यातायातका रुपमा सञ्चालन गर्ने जनाएको छ ।

जुबाओ ईभी थ्यान चीनको एफएडब्लू जिलिन् कम्पनीद्वारा उत्पादन गरिएको एक अत्याधुनिक इलेक्ट्रिक गाडी हो । जुबाओ विद्युतीय भ्यान विशेषगरी समूह यात्रा, शटल सेवा र व्यावसायिक यातायातका लागि उपयुक्त रहेको जनाइएको छ ।

नेपालमा पनि जुबाओ भ्यान विभिन्न शहरमा आफैं सञ्चालन गरेर यसको क्षमता हेरी किन्ने निष्कर्षमा पुगेको स्वयम्भू हारतीका सञ्चालकले बताएका छन् । यो गाडीले वातावरणमैत्री र न्यून सञ्चालन खर्चका साथ यात्रामा आरामदायक सुविधा प्रदान गर्ने तथा यो भ्यान, हरित र दिगो यातायातको उत्कृष्ट विकल्प बनेको कम्पनीको दावी छ ।

जुबाओ ईभी भ्यान नेपाली बजारमा आर्क्स ग्रुपको पूर्ण प्रतिवद्धतासाथ प्रस्तुत गरिएको र यो गाडीले यातायातको गुणस्तर सुधार गर्दै, वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउँछ र नेपाललाई दिगो र हरित भविष्यतर्फ अघि बढाउने जनाइएको छ ।

आर्क्र्स ग्रुपका अध्यक्ष राजेशकाजी श्रेष्ठले जुबाओ इभी भ्यान हाल ११ र १४ सिटमा उपलब्ध रहेको र नेपालको सडकको अवस्था, चार्जिङ स्टेशन तथा सेवाग्राहीको सुविधा लगायतका पक्षलाई अध्ययन गरी सुलभ मूल्यमा उपलब्ध गराइएको जानकारी दिए ।

जुबाओ इभी भ्यान काठमाडौं उपत्यकासँगै धनगढी, नेपालगन्ज, बुटवल, सुर्खेत, पोखरा, चितवन, इटहरी र विर्तामोडमा पनि उपलब्ध हुने र यसको सर्भिस लगायत पार्ट्स ति क्षेत्रमा पनि सहज रुपमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।


अटो मोबाइले क्षेत्रका लागि खुसी हुने बजेट आएको छः अध्यक्ष चौधरी

अटो मोबाइले क्षेत्रका लागि खुसी हुने बजेट आएको छः अध्यक्ष चौधरी

वि.सं.२०८२ जेठ १७ शनिवार १०:५५

काठमाडौँ । नाडा अटो मोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष करण...

नामी र सेरेसको “इज अन वालेट” अफर सुरु, ग्राहकका लागि छुट, उपहार र हेलिकप्टर राइडको मौका

नामी र सेरेसको “इज अन वालेट” अफर सुरु, ग्राहकका लागि छुट, उपहार र हेलिकप्टर राइडको मौका

वि.सं.२०८२ जेठ १२ सोमवार १८:११

काठमाडौं । एमएडब्ल्यू वृद्धि मोटर्सले नेपालको विद्युतीय सवारी बजारमा उत्साह...

एमएडब्लू वृद्धिको नयाँ कीर्तिमान : जोमसोममा नेपालकै सबैभन्दा उचाइमा ईभी चार्जिङ स्टेसन

एमएडब्लू वृद्धिको नयाँ कीर्तिमान : जोमसोममा नेपालकै सबैभन्दा उचाइमा ईभी चार्जिङ स्टेसन

वि.सं.२०८२ जेठ १२ सोमवार १५:२५

काठमाडौं । विद्युतीय सवारी साधन (ईभी) चार्जिङ पूर्वाधार विस्तारमा अग्रणी...

बजाज कम्पनीले ल्यायो ‘बजाज ग्रान्ड कार्निभल’ योजना

बजाज कम्पनीले ल्यायो ‘बजाज ग्रान्ड कार्निभल’ योजना

वि.सं.२०८२ वैशाख १६ मंगलवार १८:५९

काठमाडौ । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी...

यामाहाको काठमाडौं उपत्यकामा उत्साहजनक एक्सचेन्ज अफर

यामाहाको काठमाडौं उपत्यकामा उत्साहजनक एक्सचेन्ज अफर

वि.सं.२०८२ वैशाख १५ सोमवार १४:०६

काठमाडौं । यामाहा नेपालले काठमाडौं उपत्यकाका दुईपांग्रे सवारी साधन पारखीहरूका...

बीवाईडी गाडी बुक गर्नेलाई विशेष सुविधा, साइमेक्स इंकले ल्यायो ०–५–१० अभियान

बीवाईडी गाडी बुक गर्नेलाई विशेष सुविधा, साइमेक्स इंकले ल्यायो ०–५–१० अभियान

वि.सं.२०८२ वैशाख १० बुधवार १५:५९

काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा बीवाईडी अटो इन्डष्ट्रीको...