back

विकास बैंक पनि वाणिज्य बैंक भन्दा कम छैनन्ः विनय रिजाल

‘सहयोगी विकास बैंकका प्रगतिको तथ्यांकले छलाङ मारेको छ’

२२ बर्षे वित्तीय क्षेत्रमा अनुभव सम्हाल्नु भएका विनय रिजाल सहयोगी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । एमबीए सम्मको अध्ययन गर्नुभएका रिजालसँग क वर्गका बाणिज्य बैंकको विभिन्न महत्वपूर्ण विभागहरुको अनुभव छ । विभागीय प्रमुखको जिम्मेवारी सम्हालेको समेत अनुभव रहेको र विभिन्न तालिमको पनि अनुभव छ । एनबी बैंकको शाखा स्थापना गराएर निजीक्षेत्रको बैंकलाई जनकपुरमा पहिलो पटक भित्र्याउन विशेष भूमिका निर्वाह गर्नुभएका रिजाल अहिले त्यही पुगेर स्थानीयलाई सेवा प्रदान गरिरहनुभएको छ । सहयोगीमा उहाँ आएको पनि एक बर्ष भएको छ । उहाँले बैंकमा आफ्नो एक बर्ष बैंक, ग्राहक र सेयरधनीको वृहत्तर हितमा सदुपयोग गरेको बताउनुभएको छ । प्रस्तुत छ, बैंकको समग्र अवस्थाको बारेमा उहाँसँग गरिएको कुराकानी

सहयोगी विकास बैंकले पछिल्लो समयमा उत्साहजनक प्रगति गर्न सफल भयो । यो कसरी संभव भयो ?
मेहनत गर्दा असंभव म केही देख्दिन । मैले बैंकको व्यवस्थापकीय नेतृत्व सम्हाले पछि पहिलाको अवस्थालाई व्यापक सुधार गरेर देखाउनु पर्छ भन्ने योजना बनाएरै लागे । मेरो योजनालाई सफल बनाउन बैंकका अध्यक्ष, सञ्चालक समिति साथै सबै कर्मचारीह?ले साथ दिनुभयो । त्यसैले पछिल्लो समयमा बैंकले आफ्नो नाफामा छलाङ मा¥यो भने अन्य प्रगतिह? पनि उत्साहजनक छन् । मेरो वित्तीय क्षेत्रमा २२ बर्षको अनुभव काम लाग्यो । विकास बैंकको व्यवस्थापकीय नेतृत्वमा मेरो पहिला अनुभव भएपनि समग्र वित्तीय क्षेत्रको अनुभव र बैंक सञ्चालनको लागि आवश्यक ज्ञान, योग्यता र क्षमताले पनि यो बैंकलाई सफल ढंगले अगाडि बढाउन मद्दत गरिरहेको छ । मेरो स्पष्ट सोचले पनि प्रगति गर्न सफल भएको र मेरो हसिले व्यवहारले पनि हो ।

यो बैंकमा तपाईको एक बर्षे कार्यकाल पुरा भएको छ । एक बर्षे कार्यकालमा भए गरेको प्रगतिको समिक्षा कसरी गर्नुहुन्छ ?

यो बैंकमा मेरो एक बर्षे कार्यकाल पुरा भएको छ । यो एक बर्षे कार्यकालको समिक्षा गर्नुपर्दा म आउँदा सहयोगी विकास बैंकको अवस्था राम्रो थिएन । कर्मचारीह?मा अन्योल अवस्था थियो । कर्मचारीह?को राजिनामाको बाड आएको थियो । बजारमा शाखा गिरेको र निक्षेप कर्ताह?मा विश्वास कम भएको अवस्था थियो । वितिय सुधार गर्नु पर्ने धेरै थियो । नितिगत कुराह? देखी प्रविधीकका साथै कर्मचारीह?को क्षमतामा वृद्धी गर्नु पर्ने मुख्य ऋबििबलनभ थियो । मैले भन्नै पर्दा बैंकमा उत्साहजनक परिवर्तन ल्याउन म सफल भएको छु । यो कुरा मैले भन्ने भन्दा पनि तथ्य तथ्यांकले भन्ने कुरा हो । यो कुरालाई पुष्टि गर्ने बैंकमा धेरै तथ्यांकह? परिवर्तन भएका छन । यसको अध्ययन गरी मेरो कार्यको मूल्यांकन गर्ने काम बैंकका सञ्चालक, सेयरधनी र कर्मचारीहरु कै हो ।
अहिले समग्र वित्तीय क्षेत्र असहज परिस्थितिबाट अगाडि बढिरहेको कुरा पनि सबै सामु छर्लंङ छ । यस्तो अवस्थामा पनि सहयोगी विकास बैंकमा मेरो कार्यकालमा परिवर्तन भएका तथ्य तथ्यांक प्रगतिमय छन् । विगतको तुलनामा बैंकले गरेको प्रगतिलाई मैले उत्साहजनक प्रगतिको ?पमा लिएको छु । यसलै मैले मेरो एक बर्षे कार्यकाल पनि सफल भएको मेरो बुझाई छ । बैंकको सेवा, सुविधा र ग्राहकमुखी अवधारणालाई सहयोग पु¥याउने क्रार्यक्रम, विषय वस्तु र सुवीधाले हाल सहयोगी विकास बैंकलाई अझ सवल र सक्षम बनाएको छ ।

तपाईको कार्यकालमा भए गरेका प्रगतिह? के–कस्ता रहेका छन् ?

मेरो कार्यकालमा बैंकमा धेरै परिवर्तन र प्रगतिह? भएका छन् । हालै प्रकाशित चौथो त्रैमासिक वित्तीय विवरण अनुसार प्रति सेयर आम्दानीमा सहयोगी विकास बैंकले नेपालका सबै विकास बैंकलाई उछिनेको थियो । यो हामी सबैको लागि गर्ब गर्न लायक उपलब्धीको विषय हो । त्यसपछि चालु आबको पहिलो त्रैमासमा बैंकले ३०० प्रतिशतले नाफा बृद्धि गरी ३ जिल्लामा कार्यरत बैंक मध्ये आफूलाई अग्रस्थानमा राख्न बैंक सफल भयो । यसलाई पनि उपलब्धिकै ?पमा लिनुपर्छ । बैंकले आफ्नो ८ वटा शाखालाई बृद्धि गरी यस बीचमा ११ वटा बनाउन सफल भयो । थप तिन स्थानमा शाखा सञ्चालनमा ल्याउने अन्तिम तयारीमा छ । त्यसैगरी बैंकले आफ्नो सेवाको दायरा फराकिलो बनाउन यसै आर्थिक बर्षभित्र १७ शाखा पु¥याउने गरी काम गरिरहेको छ । यसरी बैंकको कार्यक्षेत्र बृद्धि सँगै बैंकका सन्तुष्ट ग्राहकह? ६०,००० बाट बढेर ७५,००० पुगेका छन् । प्रविधिमा पनि बैंकले निक्कै फड्को मा¥यो । २१ औं शताब्दी समय सुहाउँदो सेवाबाट ग्राहकलाई विमुख पार्नुहुन्न भन्ने उद्देश्यले मोवाइल बैंकिङ र प्रिभिलेज बैंकिङ सर्भिसेज सेवा सु? गरिसकेको छ । एटीएम सेवा ल्एल् र ख्क्ष्क्ब् सु? भएको छ । बैंकले आफ्नै आधुनिक भवन निर्माण गरी आफ्नै आधुनिक भवनबाट ग्राहकह?लाई अझ् प्रभावकारी सेवा दिने प्रक्रियालाई अन्तिम चरणमा पुगेको छ । अहिले तयार भएका र हुँदै गरेको आधार र पूर्वाधारले आगामी दिनमा धेरै भन्दा धेरै ग्राहकह?लाई समय सुहाउँदो र अझ् प्रतिस्पर्धी सेवा प्रदान गर्न हामी सक्षम हुनेछौं । बैंकको सेवालाई विविधिकरण गरी थप ग्राहकलाई बैंकमा जोड्ने कार्य धमाधम भइरहेको छ । हामी उबउभचभिकक बैंकिङ्ग तिर जादै छौं ।

बैंकले एटीएम सेवा सु? गर्ने तयारी गरिरहेको थियो ? यो प्रक्रिया कहाँ पुग्यो ?

बैंकले एटीएम सेवा सु? गरी हाल परिक्षण अवस्थामा छ । जडान गरिसकिएको यो एटीएम मेशिनबाट पैसा निकाल्ने र परिक्षण गर्ने काम कर्मचारीह?बाट भइरहेको छ । यो परिक्षण अवधि सकिएपछि औपचारिक कार्यक्रम आयोजना गरी एटीएम सेवा सु? गर्ने योजना रहेको छ । जुन निकट भविष्यमै हुनेछ । एटीएम सेवा सु?मा बैंकको मूख्य कार्यालय जनकपुरका साथै महोत्तरीको गौशाला र बर्दिबासमा राखीएको छ । त्यसपछि क्रमशः महेन्द्रनगर शाखा, जलेश्वर शाखा र जानकी मन्दिर परिसरमा अन्य तथा संभाव्यता स्थानमा एटीएम मेशिन राखी सेवा प्रदान गरिने छ । हामीले राखिएको एटीएम सेवा भिसा कार्डको हो । यसको नेटवर्क भएका सबै स्थानमा यो कार्ड प्रयोग गर्न सकिन्छ । नेपालका साथै यो कार्ड भारत र भुटानमा समेत प्रयोग गर्न मिल्छ । यो कार्डले सामान खरिद गर्दा ‘पोउस’ सुविधाद्धारा किनमेल गर्न मिल्छ । यस पछि हामी त्बद द्यबलपष्लन मा लाग्ने छांै । अनि पछिलाई हामीले मास्टर कार्डको सोच बनाएका छौं ।

बैंकले गरेको पछिल्लो प्रगतिप्रति तपाई कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

वित्तीय क्षेत्रमा देखिएको असहज परिस्थितिका बाबजुद पनि मेरा कार्यकालमा म र मेरो टिमले गरेको प्रयासले बैंकले एक किसिमको फड्को मारेकै हो । यो सँगै बैंकको नाम र प्रतिष्ठा देशव्यापी बनाउने काममा पनि बैंकलाई धेरै हदसम्म सफलता मिलेको छ । यसलाई हामी सबैले स्वीकार्नै पर्छ । यस्तो अवस्थामा बैंकले गरेको यो प्रगति प्रति म सन्तुष्ट छु । तर यति नै प्रगतिमा भने म पनि चित्त बुझाएर बस्ने पक्षमा छैन । बैंकमा म आउँदा मेरो बैंकिङ क्षेत्रमा विगत २२ बर्षको अनुभव सदुपयोग गरेर बैंकको प्रगति र प्रतिष्ठालाई उचाईमा पु¥याउछु भनेर प्रतिबद्धताका साथ आएको हुँ । त्यसैले हामीले बैंकको प्रगति र प्रतिष्ठालाई अझ उचाईमा पु¥याउने गरी प्रगति गर्नु पर्छ भन्ने मलाई सधै लाग्छ । अहिले हामी पुरै ‘टिम’ त्यसरी नै काम गरिरहेका छौं । प्रगतिका सबै आर्थिक सुचकांकह? आगामी दिनमा अझ सुधार गर्दै बैंकले प्रगतिको ठूलो फड्को मार्ने र शेयर बजारमा शेयर मूल्य राम्रो प्रतिफल दिने प्रति हामी पुरै टिम प्रतिबद्ध छौं । बैंकमा खुलेर काम गर्ने बातारण बने आगामी दिनमा हाम्रो यो लक्ष्य सहजै पुरा हुनेमा म विश्वस्त पनि छु । हालको अवस्थामा पनि बैंकको सेयर मुल्य राम्रो छ । १ वर्षमा भएको उपलब्धीह? विगत्त १५ वर्षको भन्दा राम्रो छ । काम गर्ने वातावरण भयौ भने अझ उचाइमा पुग्छ ।

प्रगतिका सुचकांकमा बैंकलाई केही सफलता मिलेको छ । आन्तरिक व्यवस्थापन, संस्थागत सुशासन र आर्थिक तथा वित्तीय अनुशासनका विषयमा बैंक कसरी अगाडि बढेको छ ?

बैंक वित्तीय संस्थामात्रै होइन कुनै पनि संस्थाको लागि आन्तरिक व्यवस्थापन, संस्थागन सुशासन र आर्थिक तथा वित्तीय अनुशासन अत्यन्तै महत्वपूर्ण कुरा हो । अझ वित्तीय संस्था जस्तो संवेदनशिल क्षेत्रमा त यो विषय झनै महत्वपूर्ण शर्त नै भइहाल्छ । यसप्रति म लगायत मेरो पुरै टिम सचेत छ । यी कुराह?लाई प्राथमिकतामा राखेर र पालना गर्दै जाँदा संस्थालाई अगाडि बढाउँछ, त्यस्ता संस्थाले कहिले समस्यामा अल्झिनु पर्दैन । हामीले संस्थालाई ‘सिष्टम’ले चलाउनु पर्छ र चल्न दिनुपर्छ । जुन कुरा सहयोगी विकास बैंकमा हाल आएर देख्न सकिन्छ । वित्तीय संस्थालाई अगाडि बढाउने हाम्रो नीति, रणनीति, विधि र प्रविधिले गर्दा नै बैंकले आफ्नो प्रगतिको सुचकांकलाई आफ्नो लक्ष्यतिर अगाडि बढाइरहेको हो । यसमा संचालक समिति र व्यवस्थापनको सदैब मेल हुनुपर्छ । अन्यथा चल्न सक्दैन । जुन कुराहाल आएर विभीन्न अ? विकास बैंकह?मा देखिएको पत्र पत्रीकामा देखीन्छ ।

बैंकलाई कस्तो बनाउने तपाईको लक्ष्य रहेको छ ?

सहयोगी विकास बैंक आफैमा बलियो विकास बैंक हो । यसको स्थापना २०६० सालमा भएको हो । आजका दिनमा यो बैंक १५ वर्ष पुरा गरी १६ औं वर्षमा हिडिरहेको छ । यस बैंकले त्यस समयमा खासै प्रगति गर्न सकेन, समय सापेक्ष आफूलाई बिस्तारित गर्न नसकेको हो । बिगत् ५÷६ वर्षको वासलात हेर्ने हो भने आफ्नो समकक्षी बैंकह?मा सहयोगी विकास बैंक पछि परेको नै हो । आजको दिनमा यो राष्ट्रियस्तर विकास बैंकको ?पमा परिणत भइसक्नु पर्ने हो, तर हुन सकेन । मैले सहयोगी विकास बैंकलाई अब राष्ट्रियस्तरको विकास बैंक बनाउने गरी काम गरिरहेको छु । मेरो आगामी लक्ष्य पनि बैंकको ग्राहकमूखि सेवालाई देशभरका ग्राहकसामू पु¥याउनु रहको छ । सहयोगी विकास बैंकलाई राष्ट्रीय स्तरको बनाउन मैले कुनै चुनौती देख्दिन, केवल पुजी व्यवस्थापन र कर्मचारी व्यवस्थापज मात्र भए पुग्छ ।

बैंकको चुक्ता पूँजी कति छ ? बैंकमा निक्षेप र कर्जा लगानी तथा कोषह?को अवस्था कस्तो छ ?

५० करोड ९६ लाख ६८ हजार ? पैयाँ चुक्ता सेयर पूँजी रहेको बैंकले हालसम्म रू. ४ अर्ब ३५ करोड ५६ लाख निक्षेप संकलन गरी, ३ अर्ब ७५ करोड ७३ लाख ?पैयाँ कर्जा प्रवाह गरेको छ । त्यसैगरी बैंकमा २३ करोड ६४ लाख संचिति कोष रहेको छ । यसपाली बैंकले १७५ लाभांसको घोषणा गरेको छ । हालको अवस्थामा यो घोषणा बजारको स्थिति हेर्दा धेरै राम्रो रहेको मैले पाएको छु । समग्रत भन्नु पर्दा बैंकको अवस्था बलीयो छ ।

कर्जा लगानी लागी बैंकले के कस्ता क्षेत्रलाई प्राथमिकता दिएको छ ? कर्जा असूलीको अवस्था कस्तो रहेको छ ?

यस बैंकले विशेषगरी कृषि, उद्योग, व्यापार व्यवसायका अतिरिक्त सामाजिक र कृषीश्रेत्रमा बढी लगानी भएको छ । यसका साथै हामीले नेपाल राष्ट्र बैंकले निर्देशित गरेका बिपन्न वर्ग र प्राथमिक क्षेत्रह?मा पनि लगानी गरेका छौं । यस बैंकले ग्रामीण भेगका ब्यक्तिह?का लागि उपयुक्त हुने खालका क्षेत्रह?मा लगानी गरेको छ । माइक्रो लेन्डिङ्गको संरचनालाई पनि प्रयोगमा ल्याउने बिचार छ । त्यस्तै सवारीसाधान खरिद गर्न, घरायशी सामान किन्न, गृहिणी कर्जा सुविधा, युवाह?लाई विदेश जान वा व्यवसाय गर्न पनि युवा कर्जा शिर्षकमा कर्जा उपलब्ध गराउँदै आएको छ । त्यसैगरी विवाह लगायतका सामाजिक कार्य सम्पन्न गर्न समेत बैंकले सामाजिक कर्जा उपलब्ध गराउँदै आएको छ । ३६ देखि ५० प्रतिशतसम्म व्याजमा कर्जा लिएर विदेश जाने र विवाह सम्पन्न गर्ने पीडा हामीले बुझेका छौं । स्थानीयको यो पीडालाई सहयोगीले अन्त्य गरिदिएको छ । महंगो व्याजमा व्यक्तिसँग कर्जा लिने र ऋण तिर्न नसकेर आत्महत्या हुने गरेको डरलाग्दो घटनाह?लाई यसले कम गरिदिने विश्वास हाम्रो रहेको छ । बैंकिङ सुविधाबाटै कल्याणकारी काम होस् भन्ने हेतुले बैंकले यस्तो सहुलियत कर्जा दिंदै आएको हो । महंगो व्याजमा कर्जा लिने व्यवस्थाले गरिब सँधै गरिब भएका हुन । अबको दुई बर्ष भित्र २ नं. प्रदेशको गाउँ गाउँमा गएर बैंकले आर्थिक शोषणको अन्त्य गर्नेछ । यसरी गरिएको सबै किसिमका कर्जाह?को असुली अत्यन्तै सन्तोषजनक रहेको छ । व्याजदरमा हामी अन्य वाणीज्य बैंक सरह, अझ भन्ने हो भने कममा नै छौं । यस बैंकको कर्जा असुली अत्यन्तै राम्रो छ ।

ग्राहकह?लाई आकर्षित गर्ने बैंकका सेवा तथा सुविधाह? के–कस्ता छन ?

बैंकको सुबिधा ठूला बाणिज्य बैंकह?को जस्तो नभएता पनि यस क्षेत्रको लागि आवश्यक सुबिधाह? सबै छन । हामी अब नयाँ पुस्ताले खोज्ने, रोज्ने किसिमका थप सुबिधाह?लाई पनि छोटो समय भित्र ग्राहक माझ पु¥याउनका लागि तत्परताका साथ लागेका छौं । २१औं शताब्दीको बैंकिङ सेवाह?लाई सबै माझ ल्याइरहेका छौं । हाम्रो ठूलो आकर्षण भनेको ‘पर्र्सनल बैंकिङ तथा केयेर’ नै हो । बैंकमा बचतको लागि आकर्षक स्किमह? रहेका छन् । बचतमा बालबालिका देखि अपाङ्ग र बृद्धाह?लाई समेत समेट्ने किसिमका छन् । त्यस्तै किसान देखि ठूला उद्योगी व्यवसायीह?लाई समेत आकर्षित गर्ने बैंकसँग विभिन्न बचत योजनाह? रहेका छन् । जसले गर्दा बैंकको यी बचत योजनाह?बाट ग्राहकह?ले लाभ लिइरहनुभएको होला भन्नेमा मैले र बैंकले विश्वास लिएको छ । हामी हरेक गतिविधि तथा सेवामा ग्राहकसँग हातेमालो गरेर अगाडि बढ्छौं । त्यसैले हाम्रो सेवाबाट ग्राहकह? खुशी र सन्तुष्ट भएको हामीले पाएका छौं । हाल नयाँ वचत योजनालाई पनि अघि सारेका छौं । “सहयोगी सम्वृद्धी वचत खाता” सबै खाले सुविधाबाट सम्पन्न छ । यस बैंकले ग्राहकह?को आवश्यकता लाई मध्य नजर गरी जलेश्वरमा “लकर”को सुविधा पनि ल्याएको छ । यसमा गृहिणीह? लाई विशेष सहुलियत प्रदान गरेका छौं ।

तपाई र सहयोगी विकास बैंकका भावि योजना के कस्ता छन् ?

हामी समय अनुकुल बैंकलाई अगाडि बढाउने छौं । समयअनुसार नै ग्राहकह?लाई सेवा प्रदान गर्दै लैजाने छौं । भवन निर्माण गर्ने सम्बन्धमा निर्माण कम्पनीसँग संझौता कार्य यहि महिना हुन्छ । यसले पूर्णता पाउनसाथ हामी आधुनिक भवनबाट आधुनिक सेवा दिंदै जानेछौं । त्यस्तै हामी सेवा विस्तारको प्रक्रियामा पनि छौं । यसको लागि प्रक्रिया अघि बढिसकेको छ । हामी ३ जिल्लाबाट ५ जिल्लामा सेवा र सुविधा लिएर जाने सोचमा छौं । हामी बिस्तारै–बिस्तारै आफ्नो दायित्वको भन्दा सम्पत्ति सिर्जना हुने कामह? गर्ने योजनामा छौं । ग्रामीण भेगमा आएका एनजीओ तथा बिकसित मित्र राष्ट्रह?बाट प्राप्त सहयोगको पूँजीसँग सहकार्य गर्ने खालका योजनाह?सँग मिल्दो जुल्दो भावी योजनाह?को विस्तार गर्दे जाने छौँ । मेरो ध्यान जहिल्यै पनि बैंक, ग्राहक र लगानीकर्ताको हित र समृद्धिमा हुनेछ । बैंकले वित्तीय सेवा दिनुपर्छ, सेवा ग्राहकमुखी हुनुपर्दछ । त्यसैगरी बैंक लगानीकर्ताको हितमा हिड्नु पर्दछ । मेरो रोड म्याप त्यसैमा भइरहेको हुनेछ । बैंकले ग्राहकको आर्थिक उन्नतीका साथै सामाजिक परिवर्तन गराउने किसिमका गतिविधिमा लगानी गर्नुपर्दछ, ताकी बैंकको आर्थिक क्रियाकलापले रोजगारी र राजश्व समेत बढाएर राज्यलाई पनि योगदान पु¥याउन सकोस् । आफ्नो कार्यक्षेत्र भएको स्थानमा वित्तीय सेवाका लागि सहयोगी बैंक एकमात्र भरपर्दो माध्यम बन्न सकोस भन्ने हिसावबाट अगाडि बढिरहेको छु । विकास बैंक पनि कुनै ‘क’ वर्गका बाणिज्य बैंक भन्दा कम हुदैन भन्ने उदाहरणलाई म प्रत्क्ष रुपमा मेरो अनुभवद्वारा प्रमाणित गरेर देखाउने अभियानमा छु ।


सडकको छेउबाट सुरु भएको दिक्षा चापागाईंको मातृत्व

सडकको छेउबाट सुरु भएको दिक्षा चापागाईंको मातृत्व

वि.सं.२०८२ वैशाख १४ आइतवार ११:०९

काठमाडौं । २००२ साल थियो । दिक्षा चापागाईं ताप्लेजुङबाट काठमाडौं...

‘१९ बर्षमा तैंले के पाइस’ भन्ने प्रश्नहरुको सामना गरिरहेको छु : तीर्थ थापा

‘१९ बर्षमा तैंले के पाइस’ भन्ने प्रश्नहरुको सामना गरिरहेको छु : तीर्थ थापा

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ११:०६

नेपाल सांस्कृतिक महासंघको नेतृत्वमा बसेर काम गरेको १९ बर्ष वित्यो...

अप्रिल महिनाभर वायु प्रदूषणको जोखिम कायम रहन्छ : डा.भुपेन्द्र दास

अप्रिल महिनाभर वायु प्रदूषणको जोखिम कायम रहन्छ : डा.भुपेन्द्र दास

वि.सं.२०८१ चैत २६ मंगलवार १७:०२

काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा...

यो सरकारले काम गर्ने होइन गफ गर्ने हो, सरकारसँग केही हुत्ति नै छैन : झलनाथ खनाल

यो सरकारले काम गर्ने होइन गफ गर्ने हो, सरकारसँग केही हुत्ति नै छैन : झलनाथ खनाल

वि.सं.२०८१ चैत २२ शुक्रवार १७:५९

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पूर्वप्रधानमन्त्री हुन् ।...

तीनकुनेको प्रदर्शन राजनीतक देखिएन, आपराधिक देखियो

तीनकुनेको प्रदर्शन राजनीतक देखिएन, आपराधिक देखियो

वि.सं.२०८१ चैत १८ सोमवार ११:०२

समसामयिक घट्ना र राजनीतिक उतारचढावका विषयमा तत्काल प्रतिक्रिया जनाउने दिनेश...

‘यौन व्यवसायलाई अपराधिकरण गरिनु मानव अधिकार हनन् हो’

‘यौन व्यवसायलाई अपराधिकरण गरिनु मानव अधिकार हनन् हो’

वि.सं.२०८१ चैत १५ शुक्रवार ११:२३

काठमाडौं । यौन श्रमिकहरुको न्यायको लागि काम गर्ने संस्था मायाको...