back

पत्रकार महासङ्घको परिसरभित्र महिला आवास गृह सञ्चालनमा

नेपाल पत्रकार महासङ्घ केन्द्रिय समितिले महासङ्घको परिसरभित्र महिला आवास गृहको उद्घाटन गरेको छ । आवसगृहको नेपाल पत्रकार महासंघको पहिलो महिला उपाध्यक्ष राधा बुढाथोकीले रिवन काटेर उद्घाटन गर्नुभयो ।

आज दिउँसो मोफसलबाट काठमाडौं आउने महिला पत्रकारका लागि आवासगृह सञ्चालनमा ल्याइएको केन्द्रीय महिला समितिले जनाएको छ ।

नेपाल पत्रकार महासङ्घको पहिलो महिला उपाध्यक्ष राधा बुढाथोकीले महिला पत्रकारको विकासको चरणबद्ध प्रयासमा सानो ईटा थप्नेकाम भएकोमा प्रशंसा गर्नुभयो । उहाँले वर्तमान कार्यसमितिले धेरै राम्रा कामको सुरुवात गर्न सफल भएकोमा धन्यवाद् दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव लक्ष्मी पुनले आवासगृह सरसफाईको लागि पुरुषबाट दैनिक १०० र महिला दैनिक ५० रुपैया संकलन गरिने बताउनुभयो । उहाँले केहि व्यस्थापकिय र प्राविधिक कामहरु पुरा भैनसेको भएपनि त्यसलाई पुरा गरेरै छाड्ने प्रतिवद्धता जनाउनुभयो । सचिव पुनले आवसगृहमा ५ वटा वेड, एउटा मातृत्व कक्ष,एउटा वाथरुम रहेको भन्दै यसलाई थप सुरक्षित र व्यवस्थित बनाइने बताउनुभयो । आवासगृहमा आजैबाट आफूहरु बसेर उद्घाटन गरिने उहाँले बताउनुभयो । उहाँले महिला पत्रकारको लागि अब कहाँ बसौँ भन्ने अभाव नहुने उल्लेख गर्दै आफ्नो कार्यकालमा महिला समितको संख्या ४ वटा आरक्षण बाट ९ वटा बनाउन सफल भएको बताउनुभयो ।

केन्द्रिय सदस्य जानुका बरालले आफूहरुले प्रतिवद्धता जनाए अनुरुपनै आवासगृह सञ्चालन गरिएको स्पष्ट पार्नुभयो । उहाँले सोचेको जति सबै काम गर्न नसकेपनि अथाह प्रयासबाट आवसगृह सञ्चालनमा ल्याउन सफल भएकोमा सबैलाई धन्यवाद दिनुभयो ।

पत्रकार भावना विद्रोहिले पुरुषको लागि लामो समयदेखि आवासगृह भएको तर महिलाको लागि नहुँदा खिन्न हुने गरेको भन्दै आवासगृहको सञ्चालनले महिला पत्रकारको हकहितलाई ध्यान दिएको बताउनुभयो । आफ्नो लामो समयदेखिको अपेक्षा र चाहना यो कार्यसमितिले पुरा गरेकोमा उहाँले हृदयदेखि धन्यवाद ज्ञापन गर्नुभयो ।

नेपालको पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठले आवासगृहको सुरुवातले महिलाको केहि आवश्यकता र मागहरुलाई सम्बोधन गरेको अनुभूति भएको बताउनुभयो । कर्णालि प्रदेशका उपाध्यक्ष डम्मर आचार्यले आवासगृहको बस्ने अवसर प्रदान भएकोमा खुशी ब्यक्त गर्नुभयो ।कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्य, सदस्य मधु शाही लगायत पदाधिकारीहरुको सहभागिता रहेको थियो ।


‘कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस’

‘कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस’

वि.सं.२०८२ जेठ १ बिहीवार १८:०२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले...

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री

वि.सं.२०८२ जेठ १ बिहीवार १८:००

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको रिक्त...

मन्त्रिपरिषद्का दुई बैठकका ३० निर्णय, दुई–चार दिनमै नयाँ गभर्नर नियुक्ति हुने

मन्त्रिपरिषद्का दुई बैठकका ३० निर्णय, दुई–चार दिनमै नयाँ गभर्नर नियुक्ति हुने

वि.सं.२०८२ जेठ १ बिहीवार १७:३२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्का दुईवटा...

भूमिसम्बन्धी विधेयक संसदमा पेस

भूमिसम्बन्धी विधेयक संसदमा पेस

वि.सं.२०८२ वैशाख ३१ बुधवार १४:४७

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन...

सरकारकारी निकायहरुबीच समन्वय नहुँदा उद्धार र व्यवस्थापन ढिलाई

सरकारकारी निकायहरुबीच समन्वय नहुँदा उद्धार र व्यवस्थापन ढिलाई

वि.सं.२०८२ वैशाख ३१ बुधवार १२:२४

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले यो वर्ष...

काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु

काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु

वि.सं.२०८२ वैशाख ३१ बुधवार १२:१६

काठमाडौं । काठमाडौंको मखन टोलमा आगलागी भएको छ । आज...