back

पत्रकार महासङ्घको परिसरभित्र महिला आवास गृह सञ्चालनमा

nactional life

नेपाल पत्रकार महासङ्घ केन्द्रिय समितिले महासङ्घको परिसरभित्र महिला आवास गृहको उद्घाटन गरेको छ । आवसगृहको नेपाल पत्रकार महासंघको पहिलो महिला उपाध्यक्ष राधा बुढाथोकीले रिवन काटेर उद्घाटन गर्नुभयो ।

आज दिउँसो मोफसलबाट काठमाडौं आउने महिला पत्रकारका लागि आवासगृह सञ्चालनमा ल्याइएको केन्द्रीय महिला समितिले जनाएको छ ।

नेपाल पत्रकार महासङ्घको पहिलो महिला उपाध्यक्ष राधा बुढाथोकीले महिला पत्रकारको विकासको चरणबद्ध प्रयासमा सानो ईटा थप्नेकाम भएकोमा प्रशंसा गर्नुभयो । उहाँले वर्तमान कार्यसमितिले धेरै राम्रा कामको सुरुवात गर्न सफल भएकोमा धन्यवाद् दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव लक्ष्मी पुनले आवासगृह सरसफाईको लागि पुरुषबाट दैनिक १०० र महिला दैनिक ५० रुपैया संकलन गरिने बताउनुभयो । उहाँले केहि व्यस्थापकिय र प्राविधिक कामहरु पुरा भैनसेको भएपनि त्यसलाई पुरा गरेरै छाड्ने प्रतिवद्धता जनाउनुभयो । सचिव पुनले आवसगृहमा ५ वटा वेड, एउटा मातृत्व कक्ष,एउटा वाथरुम रहेको भन्दै यसलाई थप सुरक्षित र व्यवस्थित बनाइने बताउनुभयो । आवासगृहमा आजैबाट आफूहरु बसेर उद्घाटन गरिने उहाँले बताउनुभयो । उहाँले महिला पत्रकारको लागि अब कहाँ बसौँ भन्ने अभाव नहुने उल्लेख गर्दै आफ्नो कार्यकालमा महिला समितको संख्या ४ वटा आरक्षण बाट ९ वटा बनाउन सफल भएको बताउनुभयो ।

केन्द्रिय सदस्य जानुका बरालले आफूहरुले प्रतिवद्धता जनाए अनुरुपनै आवासगृह सञ्चालन गरिएको स्पष्ट पार्नुभयो । उहाँले सोचेको जति सबै काम गर्न नसकेपनि अथाह प्रयासबाट आवसगृह सञ्चालनमा ल्याउन सफल भएकोमा सबैलाई धन्यवाद दिनुभयो ।

पत्रकार भावना विद्रोहिले पुरुषको लागि लामो समयदेखि आवासगृह भएको तर महिलाको लागि नहुँदा खिन्न हुने गरेको भन्दै आवासगृहको सञ्चालनले महिला पत्रकारको हकहितलाई ध्यान दिएको बताउनुभयो । आफ्नो लामो समयदेखिको अपेक्षा र चाहना यो कार्यसमितिले पुरा गरेकोमा उहाँले हृदयदेखि धन्यवाद ज्ञापन गर्नुभयो ।

नेपालको पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठले आवासगृहको सुरुवातले महिलाको केहि आवश्यकता र मागहरुलाई सम्बोधन गरेको अनुभूति भएको बताउनुभयो । कर्णालि प्रदेशका उपाध्यक्ष डम्मर आचार्यले आवासगृहको बस्ने अवसर प्रदान भएकोमा खुशी ब्यक्त गर्नुभयो ।कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्य, सदस्य मधु शाही लगायत पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग

वि.सं.२०८३ जेठ २५ सोमवार १४:१८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले...

मधेश प्रदेशमा पहिलो पटक काँडेभ्याकुर चरा फेला

मधेश प्रदेशमा पहिलो पटक काँडेभ्याकुर चरा फेला

वि.सं.२०८३ जेठ २४ आइतवार १६:५३

काठमाडौं। नेपालमा मात्र पाईने एकमात्र चरा काँडेभ्याकुर मधेश प्रदेशमा पहिलो...

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

वि.सं.२०८३ जेठ २४ आइतवार १६:४९

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक जाम व्यवस्थापनको मुख्य मेरुदण्ड मानिएको...

सर्वोच्चको नजिर: धितो रोक्कामा प्रक्रियागत त्रुटि देखाएर जमानीकर्ता दायित्वबाट उम्कन नमिल्ने

सर्वोच्चको नजिर: धितो रोक्कामा प्रक्रियागत त्रुटि देखाएर जमानीकर्ता दायित्वबाट उम्कन नमिल्ने

वि.सं.२०८३ जेठ २४ आइतवार १६:३५

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले कर्जा सुरक्षाका लागि राखेको...

फिफा विश्वकप २०२६ मा नयाँ नियम : समय खेर फाल्ने प्रवृत्ति रोक्न कडा कदम

फिफा विश्वकप २०२६ मा नयाँ नियम : समय खेर फाल्ने प्रवृत्ति रोक्न कडा कदम

वि.सं.२०८३ जेठ २४ आइतवार ११:२५

काठमाडौँ । आगामी फिफा विश्वकप २०२६ लाई अझ तीव्र, अनुशासित...

विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशकहरूलाई ऊर्जा मन्त्रीको निर्देशन: असार १५ भित्र विस्तृत कार्ययोजना ल्याउनुस्

विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशकहरूलाई ऊर्जा मन्त्रीको निर्देशन: असार १५ भित्र विस्तृत कार्ययोजना ल्याउनुस्

वि.सं.२०८३ जेठ २२ शुक्रवार ०९:४६

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले...