back

को हुन् रुसकी ‘सिक्रेट फर्स्ट लेडी’ अलिना कबाएवा

‘हरेक परिवारसँग युद्धको एउटा कहानी हुन्छ र हामीले ती कहानी बिर्सनु हुँदैन, यो कहानी त आफ्नो आउँदा पीढिलाई सुनाउनु पर्छ ।’

यो भनाई हो अलिना कबाएवाको जसलाई रुसकी ‘सिक्रेट फर्स्ट लेडी’ भनिन्छ । युक्रेन–रुस युद्ध चलिरहँदा उनी चर्चामा छिन् ।

उनी चर्चामा आउनुको कारण के हो भने राष्ट्रपति भ्लादिमिर पुटिनका छोरीसमेत उनका आफन्तमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ तर अलिना अहिलेसम्म पनि यो प्रतिबन्धबाट बचेकी छिन् ।
द वाल स्ट्रिट जर्नलको खबर अनुसार अमेरिका पुटिनकी कथित ‘प्रेमिका’ र पूर्व ओलम्पिक जिमनास्ट अलिना कबाएवामाथि प्रतिबन्ध लगाउने तयारीमा थियो तर अन्तिम क्षणमा यस्तो हुन सकेन ।

पुटिनले यसलाई नीजि हमला मान्न सक्ने र यसले शान्ति बहालको प्रयासमा धक्का लाग्न सक्ने आशंकाबीच अमेरिकाले त्यसो गर्न नसकेको हो ।

यद्यपि, ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले सोमबार दैनिक पत्रकार सम्मेलनका बेला अमेरिकाले जानीजानी राष्ट्रपति पुटिनकी कथित प्रेमिकामाथि प्रतिबन्ध नलगाएको भन्ने आरोप खारेज गरेकी छिन् ।

रुसी सेना र जिमनास्ट अलिना कबाएवामाथि अहिलेसम्म कारवाही किन नगरेको भनेर सोधिएको प्रश्नमा साकीले भनिन्, ‘हामी लगातार प्रतिबन्धको समीक्षा गरिरहेका छौँ ।’

को हुन् अलिना कबाएवा ?

अलिना जिमनास्ट हुन् र सन् २००४ मा एथेन्स ओलम्पिकमा स्वर्ण पदक पनि जितिसकेकी छिन । १३ वर्षको उमेरमा उनले आफ्नो पहिलो वर्ल्ड टाइटल (रोम) सन् १९९८ मा जितेकी थिइन् ।

त्यसपछि सन् २००१ र २००२ मा युरोपियन च्याम्पियनशिपमा पनि उनले थुप्रै तक्मा जितेकी थिइन् । सन् २००३ मा पनि उनले थुप्रै वर्ल्ड टाइटल आफ्नो पोल्टोमा पारिन् । उनी डोपिङको मामिलामा पनि फसिसकेकी छिन् । यद्यपि, यसले ठूलो प्रतिफल भने उनले भोग्नु परेन ।

 

सन् २००५ पछि उनी बिस्तारै राजनीतिमा भित्रिइन् र उनको नाम पुटिनसँग जोडिन थाल्यो । उनले युनाइटेड रुस पार्टीको प्रतिनिधित्व गर्दै रुसी संसदको तल्लो सदन डूमाका लागि पनि निर्वाचित भइसकेको छिन् । सन् २०१४ मा उनी सोची ओलम्पिकमा मसाल लिएर हिँड्ने खेलाडीमा पनि समावेश थिइन् ।

द मस्को टाइम्सको खबर अनुसार अलिना क्रेमलिन समर्थित मिडिया ग्रुप ‘द नेशनल मिडिया ग्रुप’ को नेतृत्व पनि गर्छिन् तर उनको नाम अप्रिलमा पश्चिमी देशको प्रतिबन्धलाई ध्यानमा राखेर वेबसाइटबाट हटाइएको थियो ।

द मस्को टाइम्सको खबरमा बताइए अनुसार स्विटजरल्याण्ड, अमेरिका र युरोपका अधिकारीले वाल स्ट्रिट जर्नललाई सन् २०१५ मा अलिना बच्चा जन्माउन स्विटजरल्याण्ड गएको जानकारी दिएका थिए । त्यसपछि सन् २०१९ मा उनले मस्कोमा कथित रुपमा जुम्ल्याहा सन्तानलाई जन्म दिएकी थिइन् । यद्यपि, पुटिनले कहिल्यै पनि यसको पुष्टि गरेनन् ।

 

चर्चाका बीच मस्कोमा अलिना फेस्टिबल

द मस्को टाइम्सको रिपोर्ट अनुसार अलिना रुसको राजधानीमा ‘अलिना फेस्टिबल’ मा अघिल्लो हप्ता शनिबार देखिइन् । उनी त्यहाँ एउटा यस्तो ‘जिमनास्ट एक्जिबिशन’ का लागि आएकी थिइन् जसको प्रशारण मेमा रुसको ‘विक्ट्री डे’ को मौकामा हुँदैछ ।

यतिबेला उनले भनिन्, ‘हरेक परिवारसँग युद्धको एउटा यस्तो कहानी हुन्छ र हामीले ती कहानी बिर्सनुको साटो यसबारे आफ्नो आउँदो पीढिलाई सुनाउनुपर्छ ।’

यो मौकामा उनले युक्रेनमा रुसको हमलाका कारण भइरहेको आलोचना र रुसका जिमनास्ट, जज र कोचमाथि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा लागेको प्रतिबन्धबारे भनिन्, ‘हामीले यसमार्फत् जीत मात्रै हासिल गर्छौँ ।’

डेली मेलको खबर अनुसार अलिनाले यो कार्यक्रममा भाग लिएपछि ती खबरमाथि विराम लगाएकी छिन् जसमा उनी स्विटजरल्याण्ड वा साइबेरियाको बंकरमा लुकेकी छिन् भन्ने जानकारी थियो ।

यो कार्यक्रममा सयौँ बालबालिका पनि समावेश थिए र यतिबेला ‘जेड’ सिम्बल पनि देखियो जुन रुसको युक्रेनमाथि हमलाको समर्थन चिन्ह बनिसकेको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...