back

युक्रेनले भन्यो रुसी सेनाले दोनबासलाई पूर्ण नियन्त्रणमा लिन खोज्दैछ

किभ – रुसी सेनाले दोनबासलाई पूर्ण नियन्त्रणमा लिने प्रयास गरिरहेको युक्रेनले बताएको छ । ‘रुसी सेनाले पूर्वीयुक्रेनको दोनबास क्षेत्रमा आक्रमणको लागि पुनः संगठित र अनुसन्धान सञ्चालन गरिरहेको छ’, युक्रेनी सशस्त्र बलहरूले युद्धको ४२औँ दिनमा आफ्नो अपडेटमा भनेको छ ।

रूसी सेनाको मुख्य प्रयास दोनेत्स्क क्षेत्रमा युक्रेनी फौजको प्रतिरक्षा तोड्नु रहेको पनि अपडेटमा उल्लेख छ । रुसी फौजले उत्तरपूर्वी खार्किभमा निरन्तर गोलाबारी गरिरहेका छन् ।

सैन्य कार्गो द्रुत रूपमा सार्न रूसी सेनाहरूले रेलवे लाइनहरू प्रयोग गरिरहेका छन् । हतियार र अन्य उपकरणहरू रूसको बेलगोरोडको भालुयकी स्टेसनबाट उत्तरपूर्वी युक्रेनको कुप्यान्स्क रेलवे स्टेसनमा पुगेको छ ।

युक्रेनी सेनाले युक्रेनको दक्षिणमा खेर्सननजिक रहेको ओसोकोरिभकालाई रुसी सेनाबाट फिर्ता लिएको जनाएको छ, यद्यपी यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।

 


हुण्डाईले लञ्च गर्यो ३ वटा नयाँ कार, कति पर्छ मूल्य ?

हुण्डाईले लञ्च गर्यो ३ वटा नयाँ कार, कति पर्छ मूल्य ?

वि.सं.२०८१ पुस २५ बिहीवार १३:२६

काठमाडौं । हुण्डाई मोटर इन्डिया लिमिटेडले भारतीय बजारमा आफ्ना लोकप्रिय...

थाइल्यान्डमा नेटाको उपस्थिति, एकै महिना ६८४ युनिट बिक्री

थाइल्यान्डमा नेटाको उपस्थिति, एकै महिना ६८४ युनिट बिक्री

वि.सं.२०८१ पुस २४ बुधवार १८:१८

काठमाडौं । थाइल्याण्डमा सन् २०२४ को डिसेम्बर महिनामा नेटाले पौने...

भूकम्प अपडेट : मृत्यु हुनेको संख्या ५३ पुग्यो, ६२ घाइते

भूकम्प अपडेट : मृत्यु हुनेको संख्या ५३ पुग्यो, ६२ घाइते

वि.सं.२०८१ पुस २३ मंगलवार १२:५०

काठमाडौं । चीनको पहाडी तिब्बत क्षेत्रमा मंगलबार बिहान गएको शक्तिशाली...

जापान सरकारले गर्यो नयाँ बजेट पारित

जापान सरकारले गर्यो नयाँ बजेट पारित

वि.सं.२०८१ पुस १२ शुक्रवार १६:२३

काठमाडौं । जापान सरकारले आगामी आर्थिक वर्षका लागि नयाँ बजेट...

जर्मनीको क्रिसमस मार्केटमा कारले ठक्कर दिंदा ५ को मृत्यु, २ सय जना घाइते

जर्मनीको क्रिसमस मार्केटमा कारले ठक्कर दिंदा ५ को मृत्यु, २ सय जना घाइते

वि.सं.२०८१ पुस ७ आइतवार १३:३७

काठमाडौं । जर्मनीको क्रिसमस मार्केटमा तीव्र गतिको कारले ठक्कर दिँदा...

युक्रेनमा युद्धविराम चाहिँदैन तर दीर्घकालीन शान्ति चाहिन्छ : पुटिन

युक्रेनमा युद्धविराम चाहिँदैन तर दीर्घकालीन शान्ति चाहिन्छ : पुटिन

वि.सं.२०८१ पुस ५ शुक्रवार १२:४२

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविराम भन्दा पनि...