back
himalayan life

टर्कीसँगको कुराकानीमा पुटिनले राखे आफ्नो यस्ता शर्त

काठमाडौं । युक्रेन संकटकाबीच टर्की रुस र युुक्रेन दुवै देशसँग आफ्नो सामन्जस्यतामा बसेको छ । यस्तोमा यसका केही नतिजा पनि देखिन थालेका छन् ।बिहिबार दिउँसो रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीका राष्ट्रपति तैयप एर्दोेगानलाई फोन गरेर शान्तिका लागि रुसको वास्तविक माग के–के छन् भन्ने बताएका थिए ।

बीबीसीका विश्व मामिला सम्पादक जोन सिम्ससनले यो फोनवार्ताको केही मिनेटपछि नै टर्कीका राष्ट्रपतीका सल्लाहकार तथा प्रवक्ता इब्राहिम कलिनसँग अन्तरवार्ता गरेका थिए । कलिनका अनुसार रुसको माग दुई श्रेणी थिए । सुरुवाती ४ मागलाई युक्रेनले सम्बोधन गर्न मुश्किल पर्ने खालका छन् ।

यी माग मध्ये एक युुक्रेन तटस्थ बस्नुपर्ने र नेटोमा आबद्ध नहुने भन्ने थियो । यो यस्तो माग हो जसमा युक्रेनका राष्टपति भोलोदिमिर जेलेन्स्कीले पहिले पनि बोलिसकेका छन् ।

यो श्रेणीको अर्को मागमा युक्रेनले निसस्त्रीकरणको प्रक्रिया सुनिश्चित गर्ने रहेको छ । जसबाट यो प्रमाणित होस् कि युक्रेन रुसका लाग खतरा नहोस् ।

युक्रेनमा रुसी भाषाका लागि सुरक्षा हुनु पर्ने र ‘डि–नाजिफिकेशन’ को पनि कुरा गरिएको छ । यो माग जेलेन्स्कीलाई रुष्ट पार्ने खालका छन् । जेलेन्स्की स्वयं पनि यहूूदी हुन् र उनका केही नातेदारको होलोकोस्टमा मृत्यु भएको थियो । तर टर्कीका अनुसार जेलेन्स्कीलाई यो स्वीकार गर्न मुश्किल हुने छैन ।

युक्रेनका लागि नव–नाजीवादको विरोध गर्न र यसलाई रोक्ने वाचा गर्नु नै पर्याप्त हुने अनुमान गरिएको छ ।दोस्रो श्रेणीमा गरिएका मागले युक्रेनलाई अप्ठेरोमा पार्नेछ । कलिनले यस बारे खुलेर बताएका छैनन् । यो मागमा पूर्वी यक्रेनको डोनबास क्षेत्रको स्थिती पनि समावेश भएको उनले बताए ।

पूर्वी युुक्रेनको केही क्षेत्रमा रुसले पहिले नै दाबी गरिसकेको छ । साथै, क्राइमियाको स्थितिमा पनि उनले जोड दिएका छन् । दोस्रो कुरा रुसले क्राइमियालाई युक्रेनले औपचारिक रुपमा स्वीकार गरोस् भन्ने चाहेको छ । रुसले सन् २०१४ मा क्राइमियालाई कब्जा गरेको थियो ।एजेन्सी

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

वि.सं.२०८३ असार १४ आइतवार १७:२९

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको...

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वि.सं.२०८३ असार १४ आइतवार १७:२०

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी...

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

वि.सं.२०८३ असार १४ आइतवार १७:१८

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन...

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

वि.सं.२०८३ असार १४ आइतवार १७:१६

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई...

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : केपी ओली

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : केपी ओली

वि.सं.२०८३ असार १४ आइतवार १७:१४

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निर्वाचनमा...

सार्वजनिक खरिद ऐन संशोधन सुशासन र प्रतिस्पर्धा प्रवद्र्धनका लागि आवश्यक : सोविता गौतम

सार्वजनिक खरिद ऐन संशोधन सुशासन र प्रतिस्पर्धा प्रवद्र्धनका लागि आवश्यक : सोविता गौतम

वि.सं.२०८३ असार १४ आइतवार १४:०१

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले...