back
Naima

पाँच महिनामा  वैदेशिक रोजगारीबाट जीवन बीमकहरूले १ अर्ब ३८ करोड कमाए

काठमाडौं । चालु आवको पहिलो पाँच महिनामा जीवन बीमा कम्पनीहरूले वैदेशिक रोजगारीमा जानेहरूबाट १ अर्ब ३८ करोड १ लाख रुपैपाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

चालु आवको साउनदेखि मंसिर मसान्तसम्ममा जीवान बीमा व्यवसाय गर्ने बीमकहरूले २३ लाख ११ हजार ३९० बिमा पोलिसी जारी गरेर सो व्यवपार गरेको हो । बीमकहरूले मंसिर महिनामा मात्रै ७६ हजार १०२ बिमा पोलिसी जारी गरेर ३२ करोड ३३ लाख रुपैयाँ प्रिमियम संकलन गरेको नेपाल बीमा प्रधिकरणले सावर्जनिक गरेको तथ्यांकमा छ ।

सावर्जनिक भएको तथ्यांक अनुसार साउनदेखि मंसिर महिनासम्मा वैदेशिक रोजगारीमा जानेहरूबाट सबै भन्दा बढि सन नेपाल लाएफ इन्स्योरेन्स कम्पनीले कमाएको छ । कम्पनीले ७ लाख ९७ हजार ८१७ बीमा पोलिसी जारी गरेर ५८ करोड ७१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो ।

त्यसैगरी बढि बीमा व्यवसाय गर्ने दोस्रो नम्बरमा एशियन लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले १ लाख ४४ हजार ५२३ बीमा पोलिसी जारी गरेर २८ करोड २७ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

तेस्रो नम्बरमा नेपाल लाइफ रहेको छ । कम्पनीले मंसिर महिनासम्मा ५ लाख ४५ हजार ८९३ बीमा पोलिसी जारी गरेर १२ करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो ।

साउनदेखि मंसिर महिनासम्म नेश्नल लाइफ इन्स्योरेन्सले १० करोड १६ लाख, आइएमई लाइफले ६ करोड ७० लाख, सानिमा रिलायन्सले ६ करोड ५६ लाख, सुर्यज्योति लाइफले ५ करोड ९९ लाख, रिलायबल नेपाल लाइफले ५ करोड ३१ लाख, सिटिजन लाइफले ३ करोड ८५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

त्यसैगरी , सोहि अवधिमा प्रभु महालक्ष्मी लाइफले १५ करोड, हिमालयन लाइफले १२ करोड, लिवर्टी माइक्रो लाइफले ५ कारोड, क्रेष्ट माईको लाइफले २ करोड र गार्डियन माईक्रो लाइफले २ करोड रुपैयाँ प्रिमियम संकलन गरेको सावर्जनिक तथ्यांकमा छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नाफासँगै घट्यो नेपाल लाइफ इन्स्योरेन्सको प्रतिशेयर आम्दानी

नाफासँगै घट्यो नेपाल लाइफ इन्स्योरेन्सको प्रतिशेयर आम्दानी

वि.सं.२०८३ साउन २८ बिहीवार १४:३९

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो...

राष्ट्रिय वाणिज्य बैंकको नाफा उल्लेख्य बढ्यो

राष्ट्रिय वाणिज्य बैंकको नाफा उल्लेख्य बढ्यो

वि.सं.२०८३ साउन २८ बिहीवार १४:३७

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो...

अपुष्ट सूचना र हल्लाको पछि नलाग्न नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको अनुरोध

अपुष्ट सूचना र हल्लाको पछि नलाग्न नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको अनुरोध

वि.सं.२०८३ साउन २८ बिहीवार १३:४७

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) ले प्रचलित...

एलआईसी नेपालको नाफामा छलाङ, खुद नाफा २८ प्रतिशतभन्दा बढीले वृद्धि

एलआईसी नेपालको नाफामा छलाङ, खुद नाफा २८ प्रतिशतभन्दा बढीले वृद्धि

वि.सं.२०८३ साउन २८ बिहीवार १०:३८

काठमाडौँ । जीवन बीमाको क्षेत्रमा लामो समयदेखि सक्रिय लाइफ इन्स्योरेन्स...

पुनर्बीमा निर्देशिकामा चौथो संशोधन: स्वदेशी पुनर्बीमकलाई ३०% हिस्सा अनिवार्य, जोखिम धारण र रेटिङमा कडा मापदण्ड

पुनर्बीमा निर्देशिकामा चौथो संशोधन: स्वदेशी पुनर्बीमकलाई ३०% हिस्सा अनिवार्य, जोखिम धारण र रेटिङमा कडा मापदण्ड

वि.सं.२०८३ साउन २७ बुधवार १९:३७

काठमाडौं । नेपालको बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर

वि.सं.२०८३ साउन २७ बुधवार १९:१८

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) मा...