back

उल्लेख्य बढ्यो अप्पर स्याङ्गेको विद्युत बिक्री आम्दानी

काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत १ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९८।२१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६३ लाख ५४ हजार रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको नाफा पनि ऋणात्मकबाट धनात्मक भएको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा १ करोड ३२ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको नाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ९ लाख १६ हजार रुपैयाँ धनात्मक भएको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा २४३।५२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३७ लाख ११ हजार रुपैयाँ ऋणात्मकबाट ८५ लाख ९१ हजार रुपैयाँ धनात्मक भएको छ। नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ।

समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २४ रुपैयाँ १७ पैसा ऋणात्मकबाट १ रुपैयाँ ६७ पैसा धनात्मक भएको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९२ रुपैयाँ २५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४०३।२९ गुणा रहेको छ।२२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष १ करोड ७० लाख रुपैयाँ ऋणात्मक छ।

 

nactional life
Corporatebazar 11 Anniversary

दोदोधरामा ‘पावर हब’ बनाउने योजना, सूदुर पश्चिमको प्रसारणलाइनमा १३० अर्ब लगानी आवश्यक

दोदोधरामा ‘पावर हब’ बनाउने योजना, सूदुर पश्चिमको प्रसारणलाइनमा १३० अर्ब लगानी आवश्यक

वि.सं.२०८३ वैशाख १० बिहीवार १०:००

काठमाडौं । सुदूरपश्चिम क्षेत्रमा विद्युत् प्रसारण पूर्वाधार विस्तार गरी कैलालीको...

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:२७

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का उपाध्यक्ष...

विद्युत् बजार सुधारदेखि सिंचाइ प्रणाली सुदृढीकरणमा ३२ बुँदे निर्देशन जारी

विद्युत् बजार सुधारदेखि सिंचाइ प्रणाली सुदृढीकरणमा ३२ बुँदे निर्देशन जारी

वि.सं.२०८३ वैशाख ३ बिहीवार १७:१७

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा तथा...

कालंगा हाइड्रोको आईपीओ बिक्री आजदेखि खुला

कालंगा हाइड्रोको आईपीओ बिक्री आजदेखि खुला

वि.सं.२०८२ चैत १० मंगलवार १०:३७

काठमाडौं । कालंगा हाइड्रो लिमिटेड ले आजदेखि आईपीओ निष्कासन तथा...

सानिगाड हाइड्रोको आईपीओ आजदेखि खुला

सानिगाड हाइड्रोको आईपीओ आजदेखि खुला

वि.सं.२०८२ चैत ८ आइतवार १७:३०

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा...

कालिन्चोक हाइड्रोपावरको आईपीओमा आवेदन दिने अवधि लम्बियो

कालिन्चोक हाइड्रोपावरको आईपीओमा आवेदन दिने अवधि लम्बियो

वि.सं.२०८२ फागुन २७ बुधवार ०९:५१

काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडले फागुन १३ गतेदेखि आयोजना प्रभावित...