back
skip this gaugauma singhadarbar

माउन्टेन इनर्जीको खुद नाफा ५०.४५ प्रतिशतले बढ्यो

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा ४६ करोड ५० लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ३० करोड ९१ लाख रुपैयाँ थियो। विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ५०.४५ प्रतिशतले बढेको छ।

यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ९२ करोड २७ लाख ६६ हजार रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ६.०५ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ८७ करोड १ लाख रुपैयाँ थियो ।

यस अवधिमा कम्पनीले बीमा दाबी भुक्तानी अन्तर्गत ८ करोड ५६ लाख रुपैयाँ प्राप्त गरेको छ । साथै कम्पनीको ब्याज खर्च २० करोड ७८ लाखबाट घटेर १८ करोड १७ लाख कायम भएको छ। विद्युत बिक्रीको आम्दानी बढेको, बीमा दाबी भुक्तानीको रकम पाएको र ब्याज खर्च पनि घटेको लगायतका कारणले कम्पनीको खुद नाफा बढेको हो ।

यस अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख रहेको छ भने रिटेन अर्निंगमा १ अर्ब १९ करोड रहेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १७.८७ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १४५ रुपैयाँ ८७ पैसा रहेको छ ।

माउण्टेन इनर्जीले निर्माण सम्पन्न गरेका ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाटको ताँदीखोला हाइड्रो परियोजनाले नियमित विद्युत उत्पादन गरिरहेका छन् ।

nactional life -asoj
gaugauma singhadarbar

उल्लेख्य बढ्यो अप्पर स्याङ्गेको विद्युत बिक्री आम्दानी

उल्लेख्य बढ्यो अप्पर स्याङ्गेको विद्युत बिक्री आम्दानी

वि.सं.२०८२ कात्तिक २७ बिहीवार १०:००

काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो...

मनकामना इन्जिनियरिङ्गको नाफा उल्लेख्य बढ्यो

मनकामना इन्जिनियरिङ्गको नाफा उल्लेख्य बढ्यो

वि.सं.२०८२ कात्तिक २६ बुधवार १०:३७

काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो...

सोलु हाइड्रोपावरले पायो आईपीओ निष्कासन अनुमति

सोलु हाइड्रोपावरले पायो आईपीओ निष्कासन अनुमति

वि.सं.२०८२ कात्तिक २६ बुधवार १०:१९

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले करिब दुई महिनासम्म रोकिएको...

विन्ध्यबासिनी हाइड्रोपावरको विद्युत बिक्री आम्दानी बढ्यो, नाफा र ईपीएस कति?

विन्ध्यबासिनी हाइड्रोपावरको विद्युत बिक्री आम्दानी बढ्यो, नाफा र ईपीएस कति?

वि.सं.२०८२ कात्तिक २४ सोमवार १०:१९

काठमाडौं ।विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो...

बुङ्गल हाइड्रोको शेयर नेप्सेमा सूचीकृत

बुङ्गल हाइड्रोको शेयर नेप्सेमा सूचीकृत

वि.सं.२०८२ कात्तिक २३ आइतवार १४:२५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुङ्गल हाइड्रो लिमिटेडको...

तेह्रथुम पावरको नाफा बढ्यो, प्रतिशेयर आम्दानी घट्यो

तेह्रथुम पावरको नाफा बढ्यो, प्रतिशेयर आम्दानी घट्यो

वि.सं.२०८२ कात्तिक १६ आइतवार १०:०८

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो...