back

तनहुँ जलविद्युत् आयोजनाः निर्माणका क्रममा क्षति भएकालाई क्षतिपूर्ति वितरण गरिने

दमौली । तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा विस्फोट गर्दा क्षति भएका घरलाई क्षतिपूर्ति वितरण गरिने भएको छ ।

निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको जलविद्युत् आयोजनाको चरण–१ अन्तर्गत संरचना निर्माणका लागि विस्फोट गर्दा सो आसपासका घर तथा भौतिक संरचनामा पुगेको क्षतिको मूल्याङ्कन गरी क्षतिपूर्ति वितरण गर्न लागिएको हो ।

क्षतिको असर र मूल्याङ्कन गरी क्षतिपूर्ति रकम सिफारिस गर्न तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीको संयोजकत्वमा गठित उपसमितिको बैठक सम्पन्न भएसँगै सङ्कलन भएका विवरणअनुसार मूल्याङ्कन थालिएको जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।

बैठकमा निर्माणका कारण ऋषिङ गाउँपालिका–१ का ९८ परिवार र व्यास नगरपालिका–५ बेतेनीका २० गरी ११८ परिवारका घर तथा संरचनाको मूल्याङ्कन गरी तयार गरिएको प्रतिवेदनमाथि छलफल गरिएको भण्डारीले बताए । उनले भने, “मूल्याङ्कन प्रतिवेदनलाई अन्तिम रुप दिई क्षतिपूर्ति निर्धारण समितिसमक्ष पेस गर्ने निर्णय भएको छ ।”

यसैबीच, आयोजनाको बाँध निर्माणस्थल भन्दा माथिल्लो तटीय क्षेत्रमा पर्ने ऋषिङ–१ लोक्माका बासिन्दासँग परामर्श बैठक गरिएको छ । लोक्मावासीलाई दमौली क्षेत्रमा आवतजावत गर्न सहजीकरण गर्ने उद्देश्यले गरिएको परामर्श बैठकमा बाँध निर्माणस्थल क्षेत्रबाट सुरक्षित रुपमा आवतजावत गर्न विभिन्न विकल्पमा छलफल गरिएको भण्डारीले जानकारी दिए ।

उनले भने, “दैनिक रुपमा आवतजावतका लागि स्थानीयवासीले बाँध निर्माणस्थलको बायाँतर्फ व्यवस्था गरिएको सटल ट्रकको प्रयोग गर्ने सहमति भएको छ । निर्माण व्यवसायी सोङ्दा कालिकाले सटल ट्रकको व्यवस्था गरेर सुरक्षा मापदण्डहरु पूर्ण रुपमा पालना गरी स्थानीयलाई समूहगत रुपमा हरेक दिन बिहान ८ बजे, ११ बजे, दिउँसो १ः३० बजे, ३ बजे, साँझ ५ बजे र साँझ ७ बजे आवतजावत गराउने सहमति भएको छ ।”


माउन्टेन इनर्जीको खुद नाफा ५०.४५ प्रतिशतले बढ्यो

माउन्टेन इनर्जीको खुद नाफा ५०.४५ प्रतिशतले बढ्यो

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ११:३६

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२...

जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियाको छानबिन गर्न माग

जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियाको छानबिन गर्न माग

वि.सं.२०८२ वैशाख २५ बिहीवार ११:५७

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले जगदुल्लाह हाइड्रोपावर...

न्यादी हाइड्रोको ३१ लाख कित्ता सेयर बिक्रीमा

न्यादी हाइड्रोको ३१ लाख कित्ता सेयर बिक्रीमा

वि.सं.२०८२ वैशाख २४ बुधवार ११:४४

काठमाडौं । बुटवल पावर कम्पनीले सेयर बिक्रीमा राखेको छ ।...

कोहलपुर- सुर्खेत १३२ केभी विद्युत प्रसारण लाईन बिस्तारमा स्थानीयको अवरोध

कोहलपुर- सुर्खेत १३२ केभी विद्युत प्रसारण लाईन बिस्तारमा स्थानीयको अवरोध

वि.सं.२०८२ वैशाख २१ आइतवार १०:५४

सुर्खेत । स्थानीयबाट पटक पटक अवरोध हुन थालेपछि सुरक्षाकर्मि परिचालन...

पियोर इनर्जीको आईपीओ बाँडफाँट: १ लाख १९ हजारले पाए १० कित्ता सेयर

पियोर इनर्जीको आईपीओ बाँडफाँट: १ लाख १९ हजारले पाए १० कित्ता सेयर

वि.सं.२०८२ वैशाख ११ बिहीवार १२:०१

काठमाडौं । पियोर इनर्जी डेभलपमेन्ट लिमिटेडको साधारण सेयर बाँडफाँट भएको...

दोर्दी खोला जलविद्युतको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

दोर्दी खोला जलविद्युतको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८२ वैशाख ८ सोमवार १०:३३

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको हकप्रद सेयरमा आवेदन दिने...