back
himalayan life

गुडविल फाइनान्सको नाफा ७ करोड माथि, कति पुग्यो प्रतिशेयर आम्दानी ?

काठमाडौँ । गुडविल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्ष २०७७–७८ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनीक गरेको छ । सार्वजनकि वित्तीय विवरण अनुसार कम्पनीले पहिलो त्रैमासमा ७ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल रहेको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले २ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा १४४ प्रतिशतले नाफा बढेको छ।

चुक्ता पूँजी ८६ करोड ७२ लाख रुपैयाँ रहेको फाइनान्सको नाफा बढेसँगै वार्षिक प्रतिशेयर आम्दानी १८.२६ रुपैयाँ बढेर ३२.८४ रुपैयाँ पुगेको छ । फाइनान्सको प्रतिशेयर नेटवर्थ २३६.४५ रुपैयाँ रहेको छ ।

असोज मसान्तसम्ममा फाइनान्सको वितरण योग्य १२ करोड ९२ लाख रुपैयाँ रहेको छ ।

अपरिष्कृत वित्तीय विवरण अनुसार असोज मसान्तसम्ममा फाइनान्सले १० अर्ब २७ करोड ९९ लाख रुपैयाँ निक्षेप संकलन तथा ७ अर्ब ७१ करोड कर्जा परिचालन गरी १४ करोड ३० लाख ९३ हजार रुपैयाँ खुद ब्याज आम्दानी र ९ करोड ८२ लाख ४६७ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी १३० प्रतिशत, सञ्चालन मुनाफा १३८ प्रतिशतले बढेको हो । फाइनान्सको निक्षेप १.९७ प्रतिशत र कर्जा ४.५० प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको तीन महिनामा फाइनान्सको जगेडा कोष ४.५४ प्रतिशतले बढेर १ अर्ब १८ करोड ३३ लाख रुपैयाँ पुगेको छ ।जसुमध्ये शेयरधनी कोषमा १२ करोड ९२ लाख सञ्चित छ ।

फाइनान्सको कोषको लागत ७.४४ प्रतिशत, खराब कर्जा अनुपात ३.४० प्रतिशत, आधारदर ९.३१ प्रतिशत र स्पेडदर ४.८४ प्रतिशत रहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

‘राज्यले सहकारीको प्रभावकारी नियमन नगर्दा र एक्सन नलिंदा समस्या सिर्जना भयो’

‘राज्यले सहकारीको प्रभावकारी नियमन नगर्दा र एक्सन नलिंदा समस्या सिर्जना भयो’

वि.सं.२०८३ असार १० बुधवार १७:४५

काठमाडौं । राज्यले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका बृद्धि...

अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएको गाउँमा फर्किएको समृद्धि

अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएको गाउँमा फर्किएको समृद्धि

वि.सं.२०८३ असार १० बुधवार १२:२४

भोजपुर । केही वर्ष अघिसम्म भोजपुरका ग्रामीण बस्तीहरू रित्तिँदै गएका...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

कृषि उत्पादन गर्ने कोशी प्रदेश कर्जा विहीन, सहर केन्द्रित बागमतीमा कर्जाको बाढी

कृषि उत्पादन गर्ने कोशी प्रदेश कर्जा विहीन, सहर केन्द्रित बागमतीमा कर्जाको बाढी

वि.सं.२०८३ असार ५ शुक्रवार १०:५५

काठमाडौं । कृषिप्रधान मुलुकको रुपमा रहेको नेपालमा वास्तविक उत्पादन क्षेत्र...

तराईमा धान उत्पादन बढाउन नेपाललाई करिब २ अर्ब रुपैयाँ अनुदान

तराईमा धान उत्पादन बढाउन नेपाललाई करिब २ अर्ब रुपैयाँ अनुदान

वि.सं.२०८३ असार ५ शुक्रवार १०:५०

काठमाडौं । नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन तथा...

नियमविपरीत चल्ने कोशी प्रदेशका १० सहकारी खारेज हुँदै, १५ दिने स्पष्टीकरण माग

नियमविपरीत चल्ने कोशी प्रदेशका १० सहकारी खारेज हुँदै, १५ दिने स्पष्टीकरण माग

वि.सं.२०८३ असार ३ बुधवार १०:०१

काठमाडौं । कोशी प्रदेश सरकार, उद्योग, कृषि तथा सहकारी मन्त्रालय...