back

पुँजीगत खर्चको अहिलेको अवस्था अत्यन्तै नाजुक छः अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शमा शर्माले पुँजीगत खर्चको अहिलेको अवस्था अत्यन्त नाजुक रहेको बताएका छन् । सरकारको पुँजीगत खर्च तथा नेपालमा प्रत्यक्ष बैदेशिक लगानी विषयक कार्यशाला गोष्ठी कार्यक्रममा शर्माले यस्तो बताएका हुन् ।

शर्माले यदि अहिलेको यो अवस्थालाई सुधार्न नसकेमा सम्पूर्ण बजेटको पुँजीगत खर्चमा छुट्याउने बजेट अत्यन्तै सानो रहने उनले बताए । त्यो बजेट पनि हाम्रो आम्दानीबाट जुटाउन नसकेको उनको जिकीर छ । तानतुन गरेर, सहयोग आदि इत्यादि गरेर पु¥याउने गरेको उनको भनाई छ ।

कसरी पूँजीगत खर्च बढाउने र चालू खर्च घटाउने भन्ने एउटा चुनौती त छँदैछ । त्यो सँगसँगै फेरि पुँजीगत बजेटको खर्च कसरी गर्ने अर्को चुनौति पनि आएको छ । त्यसका पछाडिका मुख्यगरी कारणहरू पूर्व तयारीका समस्याहरू, क्रमबद्ध विकास रणनीतिको समस्यालगायतका समस्या छन् । समग्र विकासको रणनीति नै हाम्रो छैन । सरकार बदलिँदा, मन्त्री बदिलिँदा रणनीति नै बदलिन्छ, योजना नै बदलिन्छ । त्यसकारण समस्या यहाँनेर हो ।

गोल त हामीले भनिरहेका छौँ । तर गोलसम्म पुग्ने हाम्रो बाटाहरू फेरिरहन्छन् ।
नेताको, मन्त्रीको एउटा योजना हुन्छ । त्यो योजनाले समयमा नै लक्ष्य प्राप्त कसरी गर्छ भन्ने समस्या छ । उदाहरणको लागि तपाईँलाई भनूँ, मैले सचिवज्यूहरूलाई बोलाएर एउटा यसबारे छलफल गरेँ । यो देशमा कति वटा सडक चाहिने ?, कति लेनको चाहिने ?, त्यसको परिभाषा के हो ? यसबारे प्रश्नहरू गरेँ । अनि मैले के प्रस्ताव राखेँ भने नक्साङ्कन गरौँ । कस्ता छन् हाम्रा लोकमार्ग, राजमार्गहरू ? कति लेनका हुन् ? त्यो पनि स्पष्ट गरौँ । कति प्रदेश जोड्ने सडकहरू, कति पालिका जोड्ने सडकहरू, कति वडालाई जोड्ने सडकहरू भन्ने विस्तृत तथ्याङ्क चाहियो । खासमा हामीलाई कुन सडक चाहिने हो त ? हामीसँग १४ सय, १५ सय सडकका नाम छन् । तर खासमा तत्काल अहिले चाहिने र दिगो हुने सडक कुन कुन हुन ? कति छन् त्यस्ता ?— सोध्यो, थाहा छैन । यसरी आवश्यक परेको स्थान वा विषय किटान गर्न नसक्दा बजेट छरिएर गयो । दिगो विकास भएन ।

अब मन्त्रालयले ठोस योजना बनाउनुप¥यो । त्यो योजनाबाहेक अन्य कुनै पनि योजना थप गर्न भएन । संघीय सरकारले कति, कुन योजना बनाउने, स्थानीय तथा प्रदेशले कति कुन योजना गर्ने त्यो ठोस खाका हुनुप¥यो । सडकको योजना यसरी गरेपछि अन्य योजनाहरू पनि यसै गरी गर्नुप¥यो । खानेपानी, सिचाईँ आदि ।

प्रदेश र मन्त्रालयलाई अर्थ मन्त्रालयले दिनुपर्ने अधिकार के हो ? स्थानीय तहलाई दिने के हो स्पष्ट हुनुप¥यो । सानातिना विकास योजनाहरू आफैँ नै गर्न सकुन् न प्रदेश र स्थानीय तहले । सानो योजना आउँछ, अर्थ मन्त्रालय नै धाउनुपर्ने अवस्था किन ? त्यसैले कहाँ, कस्तो योजना छ, त्यो योजनाको अधिकार जहाँ आवश्यक परेको छ ? तत् तत् तहमै अधिकार सम्पन्न गराउने । त्यो तहले योजना सफल गराउँछ । यहाँ अर्थ मन्त्रालयले सबै अधिकार पकडेर राख्ने तल नदिने गर्नाले पनि समस्या भएको छ ।

हाम्रो ‘बिडिङ’ (ठेक्का) लगाउने प्रक्रिया पनि ठिक छैन । यस्तो बिडिङ हुन्छ कि ४० प्रतिशत, ४५ प्रतिशतभन्दा तल राखेर कबोल गर्ने । अनि यो सही हो कि गलत हो भनेर सोध्दा सही भन्ने । अनि ६० प्रतिशतभन्दा तल राख्नेले ठेक्का पाउने प्रणाली पनि गलत छ । यसमा सुधार गर्नुपर्ने देखिन्छ । जति पनि लाउन पाउने प्रणाली परिवर्तन गर्नुपर्छ ।

विशेषगरी विकास निर्माणमा जनतालाई जोड्ने नीतिको समस्या हो । जनताले गर्न सक्ने काम जनतलाई दिने । बाँकी अरूलाई दिए हुन्थ्यो नि । जनतालाई दिइदैन । तल युवाहरू, जनताहरू गाउँमा बेरोजगार छन् । तर उनीहरूलाई काम दिइदैन । दिने भन्यो भने उखरमौलो हुन्छ । तिनले काम गर्न सक्छन् । एउटाले माटो खन्न सक्छ होला, उसलाई काम दिने । अर्कोले अर्कै काम गर्न सक्ला काम दिने । जसले जुन काम गर्न सक्छ दिने । जुन काम जनताले तल गर्न सक्छ, योजना बनाएर दिने अनि नसकेका कामका लागि अर्कैलाई दिने । जनताबाट काम गरायो भने सस्तो पनि हुन्छ । राम्रो पनि हुन्छ । काम आम जनतालाई दिनुपर्छ भन्ने हो ।

श्रम सहकारी भनेको वास्तविक श्रमिकहरूको समूह हो । त्यस्ता श्रमिकहरू ५० जनाभन्दा माथि हुनुपर्छ । ४—५ जना भएर हुँदैन । तिनीहरू श्रमिक पनि हुन्, दक्ष पनि छन् । तिनले काम गरुन् । तिनले काम गरे भने समयमै काम सकिन्छ । राम्रो काम पनि गर्छ । यो कार्य राम्रो हो । राम्रो काम गर्न खोज्दा कतिपयको दुःखेसो पनि रहेछ ।

हिजो यो सिंहदरबार कसले बनायो होला ? बनाउने सिकर्मी, डकर्मी कोही ल्याए होला । तर ढुङ्गा कसले बोक्यो होला, माटो कसले उठायो होला ? नेपालको विकास सामुदायिक सहभागितामा आधारित छ । हिजो खनिएका नहरहरू गएर हेर्नुस् । ती अझै छन् । ती सबै समुदायले बनाएका हुन् । ती राम्रा छन् । यसरी समुदायले बनाएका विकासका पूर्वाधारहरू राम्रा छन् । त्यत्रा ठुला दरबारहरू छन् । ती सबै समुदायस्तरबाट बनेका हुन् । ती राम्रा छन् । तर अहिले त्यस्तो विकासको मोडालिटीतिर ध्यान छैन । अब ठुलाठुला बिल्डिङहरू, भवनहरू अहिले जनताले नै परम्परागत रूपमा बनाउनुपर्छ भन्ने त हैन तर विकासमा जनतालाई जोड्नुपर्छ ।

खर्च गर्ने प्रवृत्तिलाई सच्याउने काम गर्न कोसिस गरिएको छ, सुरु गरिएको छैन । किनभने बजेट अझै पास भइसकेको छैन । पास भइसकेपछि प्रत्येक महिना कम्तिमा १० प्रतिशत खर्च गर्नुपर्छ भन्ने नीति मैले लिएको छु । यहाँ के समस्या रहेछ भने खर्च हुने ठाउँमा पैंसा नहुने, खर्च नहुने ठाउँमा पैंसा हुने । यो प्रवृत्तिलाई सच्याउने प्रयत्न गरिएको छ ।

२०७८ असोज ६ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

सरकारको नीति तथा कार्यक्रमप्रति गैरआवासीय नेपालीहरु खुशी, के के समेटिए ?

सरकारको नीति तथा कार्यक्रमप्रति गैरआवासीय नेपालीहरु खुशी, के के समेटिए ?

वि.सं.२०८३ जेठ १ शुक्रवार १८:२०

काठमाडौं । सरकारले गैरआवासीय नेपाली संघलाई उच्च प्राथमिकता दिएको जनाएको...

बेरुजुको चक्रव्यूहमा मुलुक: ७ खर्ब ३३ अर्बको आर्थिक अराजकता, अर्थ मन्त्रालय नै ‘अनुशासनहीन’

बेरुजुको चक्रव्यूहमा मुलुक: ७ खर्ब ३३ अर्बको आर्थिक अराजकता, अर्थ मन्त्रालय नै ‘अनुशासनहीन’

वि.सं.२०८३ जेठ १ शुक्रवार १८:०१

काठमाडौँ। मुलुकको आर्थिक सुशासन र सार्वजनिक खर्चको पारदर्शितामाथि गम्भीर प्रश्न...

विशेष अनुसन्धान: बैंकले ऋण उठाउँदा सीईओलाई हतकडी,ऐन एकातिर,प्रहरी अर्कैतिर,वित्तीय कानुनमाथिको ‘कु’

विशेष अनुसन्धान: बैंकले ऋण उठाउँदा सीईओलाई हतकडी,ऐन एकातिर,प्रहरी अर्कैतिर,वित्तीय कानुनमाथिको ‘कु’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १५:०१

काठमाडौं । नेपालको बैंकिङ इतिहासमा एउटा यस्तो घटना विकास भएको...

विशेष रिपोर्ट: प्राकृतिक विपद् र राजनीतिक अस्थिरताको दोहोरो मारमा बीमा क्षेत्र; निर्जीवन बीमा कम्पनीहरूको नाफा ४७ प्रतिशतले खुम्चियो

विशेष रिपोर्ट: प्राकृतिक विपद् र राजनीतिक अस्थिरताको दोहोरो मारमा बीमा क्षेत्र; निर्जीवन बीमा कम्पनीहरूको नाफा ४७ प्रतिशतले खुम्चियो

वि.सं.२०८३ वैशाख ३० बुधवार १५:२५

काठमाडौँ । नेपाली निर्जीवन बीमा क्षेत्रको इतिहासमा चालु आर्थिक वर्ष...

निर्वाचन आयोगको मास्टरप्लान: एकै मितिमा दुई निर्वाचन,राज्यको ४ अर्ब जोगिने

निर्वाचन आयोगको मास्टरप्लान: एकै मितिमा दुई निर्वाचन,राज्यको ४ अर्ब जोगिने

वि.सं.२०८३ वैशाख ३० बुधवार १३:१७

काठमाडौं । निर्वाचन आयोगले मुलुकको निर्वाचन प्रणालीलाई थप व्यवस्थित, मितव्ययी...

नेपाल राष्ट्र बैंकद्वारा कर्मचारी सुरक्षण कोषको ६५ करोड मुद्दती निक्षेपमा लगानी: कस्ता संस्थाले पाउँछन् रकम?

नेपाल राष्ट्र बैंकद्वारा कर्मचारी सुरक्षण कोषको ६५ करोड मुद्दती निक्षेपमा लगानी: कस्ता संस्थाले पाउँछन् रकम?

वि.सं.२०८३ वैशाख २९ मंगलवार १६:१२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो आन्तरिक कोष व्यवस्थापन अन्तर्गत...