back
Naima

एशियन लाइफद्धारा “सुनिश्चित आय (परिवार आय लाभ) जीवन बीमा योजना” सार्वजनीक

काठमाडौँ । ग्राहकको रुचिलाई मध्यनजर गरी एशियन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ जीवन बीमा योजना “सुनिश्चित आय (परिवार आय लाभ) जीवन बीमा योजना” को शुभारम्भ गरेको छ।

कम्पनीका सञ्चालक समितिका अध्यक्ष दिपककुमार श्रेष्ठ, कम्पनीका सञ्चालकहरु सुरेन्द्रकुमार गोयल, सजल मास्के, निष्ठा प्रधानांग, अच्यूतराज सापकोटा, कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठ, कामु नायब प्रमुख कार्यकारी अधिकृत मुरारी राज हुमागाईंलगायतको उपस्थितिमा कम्पनीको प्रधान कार्यालयमा आज एक कार्यक्रम आयोजना गरी यो योजना सार्वजनिक गरिएको हो।

यस योजनाको मुख्य विशेषता परिवारको एकजना अभिभावकको आम्दानीमा निर्भर हुने परिवारको भविष्यमा आइपर्न सक्ने पैसाको खाँचोलाई सहज रुपमा व्यवस्थापन गर्ने उद्देश्यले कम्पनीले यो योजना सञ्चालनमा ल्याएको हो।

मुनाफामा सरिक नहुने यस जीवन बीमा योजनामा बीमितले अतिरिक्त बीमाशुल्क भुक्तानी गरेर अतिरिक्त लाभहरु जस्तैः दुर्घटना मृत्यु लाभ (एडीबी), स्थायी अपांग÷अशक्त सुविधा (पीटीडी) र बीमाशुल्क छुट सुविधा (पीडब्ल्यूबी) थप गर्न सकिने व्यवस्था रहेको छ।

१८ वर्षदेखि ५३ वर्ष उमेरसम्मको व्यक्तिले सहभागी हुनसक्ने यस योजनाको अवधि २४ वर्षसम्म भए पनि बीमितले सुरुको १२ वर्षसम्म मात्र बीमाशुल्क भुक्तानी गर्नुपर्छ। न्यूनतम वार्षिक बीमाशुल्क २५ हजारदेखि माथि बीमितको आर्थिक अवस्थाका आधारमा जतिसुकै रकमको बीमाशुल्क भुक्तानि गरी बीमा गर्न सकिने कम्पनीले जनाएको छ।

कम्पनीको चुक्ता पुँजी २ अर्बभन्दा माथि रहेको छ। कम्पनीको जीवन बीमा कोष २६ अर्ब ४८ करोडभन्दा बढी रहेको छ। यसका साथै कम्पनीले ४२ वटा शाखा र १०६ वटा उपशाखा मार्फत सेवाग्राहीलाई बीमा सेवा प्रदान गर्दै आईरहेको छ भने ग्राहक वर्गहरुको चाहनालाई ध्यानमा राख्दै भविष्यमा अन्य बीमा योजनासमेत ल्याउने योजना रहेको छ।

हालसम्म कम्पनीले २३ वटा बीमालेख बिक्रीमा ल्याइसकेको छ।

२०७८ असोज ५ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

दशैं–तिहारको बीचमै सुरु हुनेभयो एनपीएलको तेस्रो संस्करण

दशैं–तिहारको बीचमै सुरु हुनेभयो एनपीएलको तेस्रो संस्करण

वि.सं.२०८३ साउन २४ आइतवार १२:५७

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी...

नेपालले आरोग्य पर्यटनबाट थप ३० लाख नयाँ रोजगारी सिर्जना गर्न सक्छ : एलपी भानु शर्मा

नेपालले आरोग्य पर्यटनबाट थप ३० लाख नयाँ रोजगारी सिर्जना गर्न सक्छ : एलपी भानु शर्मा

वि.सं.२०८३ साउन २४ आइतवार ०९:५३

लण्डन । नेपालले आरोग्य पर्यटनबाट आगामी १० वर्षमा थप ३० लाख...

एनआरएनए यूरोप र एसिया सम्मेलनको तयारी अन्तिम चरणमा :नेपालबाट जाने टोलीमा को को ?

एनआरएनए यूरोप र एसिया सम्मेलनको तयारी अन्तिम चरणमा :नेपालबाट जाने टोलीमा को को ?

वि.सं.२०८३ साउन २४ आइतवार ०९:४७

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ यूरोप क्षेत्रीय...

गुगलको नयाँ फोल्डेबल स्मार्टफोन ‘पिक्सेल ११ प्रो फोल्ड’ सार्वजनिक हुँदै

गुगलको नयाँ फोल्डेबल स्मार्टफोन ‘पिक्सेल ११ प्रो फोल्ड’ सार्वजनिक हुँदै

वि.सं.२०८३ साउन २४ आइतवार ०९:४३

काठमाडौं । गुगलले आफ्नो आगामी फोल्डेबल स्मार्टफोन पिक्सेल ११ प्रो...

नाप नक्सा पूरा भएको ३८ वर्षपछि पाए डडेलधुराका १२ परिवारले पाए पुर्जा

नाप नक्सा पूरा भएको ३८ वर्षपछि पाए डडेलधुराका १२ परिवारले पाए पुर्जा

वि.सं.२०८३ साउन २४ आइतवार ०९:४०

डडेल्धुरा । सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि...