back
himalayan life

दि मिल अभियानमा सहभागिता

काठमाडौँ। दि मिल, सन् १९९९ देखि हरेक सेप्टेम्बरको तेस्रो वा अन्तिम शनिवार विश्वभर मनाइदै आएको एउटा विश्वव्यापी अभियान हो । अभियानमा मानिसहरु जम्मा भई अर्गानीक खाना खान्छन् । र आफ्ना चासोका विषयमा छलफल गर्छन् । खाना खाएवापत आफ्नो ईच्छा अनुरुप रकम सहयोग गर्छन् । यसरी उठेको रकम कुनै खास कामको लागि उपयोग गरिन्छ ।

नेपालमा पनि आज (१८ सेप्टेम्बर २०२१) का दिन काठमाडौंको भूमि घरमा आत्मनिर्भर केन्द्रको आयोजनामा दि मिल सम्पन्न भएको छ । कार्यक्रममा खाना र खेतीपातीबारे छलफल भएको थियो । खेतिपाती र खानपान सम्बन्धी असल संस्कृतिलाई प्रोत्साहन गर्न कार्यक्रम महत्वपूर्ण भएको सहभागीहरुले बताए ।

कार्यक्रममा उठेको रकम धनुषास्थित धनौजी गाउँपालिका अन्र्तगतको धनौजी गाउँका हरवाचरवा परिवारको बालिकाको शिक्षामा उपयोग गरिने छ । धनौजी गाउँका हरुवाचरुवाहरु भूमिहीनता र गरिबीको दुष्चक्र व्यहोरीरहेका छन् ।

प्राकृतिक स्रोतको दिगो उपयोग, स्वस्थ एवम् पौष्टिक खाना र कृषकको पहिचान र सम्मानको विषयमा वकालत गर्ने यो अभियान नेपालमा आत्मनिर्भर केन्द्रले विगत ५ वर्षदेखि आयोजना गर्दै आएको छ ।

२०७८ असोज ३ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

वि.सं.२०८३ असार १० बुधवार १२:१५

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत गएराती भएको खेलमा पोर्चुगलले...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

वि.सं.२०८३ असार १० बुधवार १२:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

वि.सं.२०८३ असार ९ मंगलवार १९:४९

काठमाडौँ। विशेष अदालत काठमाडौँले नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु...

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

वि.सं.२०८३ असार ९ मंगलवार १९:२८

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडालले नेकपा एमालेका उपाध्यक्ष तथा...