back
Naima

गुण एयरलाइन्सको उडान असोज १ गतेदेखि, आजैदेखि टिकट बुकिङ खुला

काठमाडौं । गुण एयरलाइन्सले असोज १ गतेबाट नियमित उडान सुरु गर्ने भएको छ । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी गुण एयराइन्सले काठमाडौंबाट भरतपुर र पोखरामा नियमित उडान सुरु गर्ने भएको हो । यसका लािग यस वायुसेवाले आज मंगलबारबाट नै टिकट बुकिङ खुला गरेको छ ।

गुण एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बालकृष्ण श्रेष्ठले यो वायुसेवाले पहिलो उडान काठमाडौंबाट भरतपुर गर्न लागेको बताए ।

श्रेष्ठका अनुसार पहिलो दिनको उडान असोज १ गते साढे १० बजेटबाट सुरु हुने छ । त्यसपछि सोही दिन काठमाडौंबाट पोखरा उडान गर्ने गरी उडान तालिका तय गरिएको छ । गुणले हाल दुई वटा गन्तव्यबाट उडान सुरु गर्ने र उडान गन्तव्य पनि बढाउँदै जाने रणनीति तय गरेको उनको भनाई छ ।

उडान तयारीसँगै एयसलाइन्सले तीन वटा जेटस्ट्रीम र एउटा बिचक्राफ्ट जहाजलाई तयारी अवस्थामा राखेको छ । थप तीन वटा जहाज पनि छिट्टै तयार पार्ने श्रेष्ठले बताए । श्रेष्ठका अनुसार यो वायुसेवाले दशैंलाई सबैजसो सुगम क्षेत्रका गन्तव्यमा उडान गर्ने गरी तयारी पूरा गरेको छ । उनले भने ‘दशैंलाई पाँच वटासम्म जहाजबाट निमित उडान सुरु गर्ने छौँ बाँकी थप दुई गरी साता वटा जहाज एकैसाथ सञ्चालन गर्ने गरी तयारीमा छौँ ।’

यो वायुसेवाले यात्रुको सेवा र सुविधाका लागि एक वर्ष भन्दा लामो समयदेखिको तयारी गरिरहेको उल्लेख छ । कोरोना महामारी न्यूनीकरण तथा रोकथाम गर्न सरकारले गत वर्ष ११ चैत २०७६ देखि गरेको लकडाउनका कारण थन्किएको वायुसेवा नयाँ ब्राण्डमा र बलियो उपस्थिति देखाउने गरी आएको छ ।

यो वायुसेवाले आठ वर्ष अगाडि आफ्नै ब्राण्डमा उडान सुरु गर्न लागेको हो । गुण एयरलाइन्सबाट सिम्रिक एयरलाइन्स भएर सात वर्ष उडान गरेपछि यसले पुनः आफ्नै ब्राण्डमा जहाज उडान सुरु गर्ने भएको छ । यो वायुसेवासँग भएको दुई वटा बिचक्राफ्ट र थप पाँच वटा जेटस्ट्रीम जहाज थप गरेको हो
२०७८ भदौ २९ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:५६

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका...

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

वि.सं.२०८३ साउन २१ बिहीवार १३:३४

काठमाडौँ । सरकारले कर्मचारीहरूको बढेको नयाँ तलबमान सार्वजनिक गरेको छ...

बैंकिङ प्रणालीमा तरलता थपिँदा पनि लगानी सुस्त: विश्वासको वातावरण र पुँजीगत खर्च बढाउन निजी क्षेत्रको माग

बैंकिङ प्रणालीमा तरलता थपिँदा पनि लगानी सुस्त: विश्वासको वातावरण र पुँजीगत खर्च बढाउन निजी क्षेत्रको माग

वि.सं.२०८३ साउन २१ बिहीवार १३:०१

काठमाडौँ । पछिल्लो समय देशको आर्थिक गतिविधि सुस्त बनिरहेका बेला...

राष्ट्र बैंक ऐन संशोधन विधेयक: गभर्नरको कार्यकाल तीनदेखि पाँच वर्षसम्म राख्न सांसदहरूको सुझाव

राष्ट्र बैंक ऐन संशोधन विधेयक: गभर्नरको कार्यकाल तीनदेखि पाँच वर्षसम्म राख्न सांसदहरूको सुझाव

वि.सं.२०८३ साउन २० बुधवार १८:१९

काठमाडौँ । अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई...