राप्ती हाइड्रोले माग्यो आईपीओ निष्कासनका लागि अनुमति

वि.सं.२०७८ भदौ २८ सोमवार

काठमाडौँ । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आइपीओ जारी गर्नका लागि अनुमति माग गरेको छ । कम्पनीले २९ करोड ४१ लाख ४१ हजार रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति माग्दै गत भदौ ८ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो।
a
धितोपत्र बोर्डबाट अनुमति पाएमा यो कम्पनीले स्थानीय र सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल २९ लाख ४१ हजार ४१० कित्ता आईपीओ निष्कासन गर्नेछ।
राप्ती हाइड्रोको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
२०७८ भदौ २८ गते प्रकाशित

प्रकाशित समय : १०:५६ बजे