back
himalayan life

लुम्बिनी विकास बैंक र रेमिट टु नेपालबीच विप्रेषण सम्झौता

काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेड र रेमिट टू नेपाल प्रालिबीच विप्रेषण कारोबारसम्बन्धी सम्झौता सम्पन्न भएको छ।
सम्झौताअनुसार लुम्बिनी रेमिटबाट पठाएको रकम ग्राहकले रेमिट टु नेपालको नेपालभरका सम्पूर्ण एजेन्सीहरुमार्फत भुक्तनी लिन सक्नेछन्। यसका साथै स्वदेश तथा विदेशबाट रेमिट टु नेपालमार्फंत पठाएको पैसा ग्राहकले लुम्बिनी विकास बैंकको आफूलाई पायक पर्ने शाखा कार्यालयबाट भुक्तानी लिन सक्नेछन्।

सम्झौतामा लुम्बिनी विकास बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र रेमिट टु नेपालका तर्फबाट महाप्रबन्धक सन्तोष भेटुवालले संयुक्त रुपमा हस्ताक्षर गरेका छन्।

यस सम्झौताबाट बैंकका ग्राहक लाभान्वित हुनेछन्। ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ बैंकले देशभर ७२ शाखा र १७ वटा एटीएमका साथै विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधा र एबीबीए, मोबाइल बैंकिङ, एटीएम, लकरलगायतका बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आफ्नो सेवालाई आधुनिकीकरण एवं परिमार्जन गर्दै आफ्ना करिब २ लाख ७४ हजार ग्राहकलाई सरल एवं सुरक्षित बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

२०७८ भदौ २५ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

वि.सं.२०८३ असार ८ सोमवार ११:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ऋणपत्र...