नेपाल इन्भेस्टर्स फोरमको अध्यक्षमा तुलसीराम ढकाल
वि.सं.२०७८ भदौ १३ आइतवार
काठमाडौँ । पुँजीबजारमा सबैभन्दा पुरानो र सक्रिय संस्था नेपाल इन्भेस्टर्स फोरमको अध्यक्षमा तुलसीराम ढकाल निर्विरोध निर्वाचित भएका छन्। फोरमको हिजो शनिबार भर्चुअल माध्यमबाट सम्पन्न १६ औँ वार्षिक साधारणसभामा ढकाल फोरमको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्।
नयाँ कार्यसमितिका अन्य पदाधिकारी पनि निर्वाचित भएका छन्।
नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा राजन लम्साल र अञ्जीब तुलाधर चयन भएका छन्।
यसैगरी महासचिवमा दुर्गा तिवारी, सचिवमा विश्वेश्वर सुवेदी तथा कोषाध्यक्षमा हरिचन्द्र खनाल चयन भएका छन्। सदस्यहरुमा भने अम्बिका शर्मा लामिछाने, अतितलाल श्रेष्ठ र सुजना सुवेदी चयन भएका छन्।
नवनिर्वाचित अध्यक्षमा ढकालले पुँजीबजारमा अझै धेरै काम गर्न बाँकी रहेकोले फोरम सशक्त भएर लाग्ने बताए। ‘लगानीकर्ताका समस्या र माग पनि धेरै पूरा हुन नै बाँकी रहेकोले नियामक निकाय तथा लगानीकर्तासँग राम्रो समन्वय गरेर अगाडि बढ्नेछु’,ढकालले भने।
२०७८ भदौ १३ गते प्रकाशित
प्रकाशित समय : १२:३९ बजे





















