आरविवि म्युचुअल फण्ड १ नेप्सेमा सूचीकृत
वि.सं.२०७८ भदौ ११ शुक्रवार
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लि. कोष प्रबद्र्धक रहेको आरविविम्युचुअल फण्ड अन्र्तगत संचालित पहिलोे बन्दमुखी योजना “आरविविम्युचुअल फण्ड १” का इकाईहरु नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचिकृत भएको छ । फण्डको प्रतिइकाई १० का दरले १२,५०,००,००० इकाई अर्थात १,२५,००,००,००० रुपैँया बराबरको सेयर नेप्सेमा सूचिकृत भएको हो ।
उक्त सम्झौतापत्रमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तर्फबाट निमित्त प्रमुखकार्यकारी अधिकृत निरन्जन फुयाल र आरविविमर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुखकार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका थिए । उक्तम्युचुअल फण्डको योजनाव्यवस्थापकतथा डिपोजिटरी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शत् प्रतिशत् लगानी रहेको सहायककम्पनीे आरविविमर्चेन्ट बैंकिङ्ग लि.रहेको छ ।
२०७८ भदौ ११ गते प्रकाशित
प्रकाशित समय : १६:२२ बजे






















