back
himalayan life

खाएको र बसेको बिल ४० हजार उठेको होटल साउ तर्साउन कुकुर बम

काठमाडौँ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ स्थित दिव्यश्वरी गेष्ट हाउसमा शनिबार ६ बजे शंकास्पद वस्तु फेला पर्यो भने सुचना प्रहरीलाई प्राप्त भयो ।

शनिवार राति गेष्ट हाउसको कोठा नम्बर–११० मा प्रेसर कुकर बम फेला परेको थियो । नाङ्गो तार जडान गरेर तौलियाले ढाकेको अवस्थामा फेला परेको सो शंकास्पद बस्तु नेपाली सेनाको टोलीले निश्कृय बनाएको थियो ।

नेपाली सेनाको बम डिस्पोजल टोलीलाई तत्काल बोलाइयो र साढे १० बजे सेनाले शंकास्पद वस्तु डिस्पोज गर्‍यो । तर त्यो वस्तु कसले राख्यो रु प्रहरी अलमलमा थियो ।

त्यही क्रममा होटलमा केही समयदेखि बस्दै आएका एक ग्राहकले सञ्चालकसँग झगडा गरिरहेको खुल्यो ।

मध्यपुर ठिमी नगरपालिका वडा नं.४ कमेरेटार स्थित बलराम भासिमा को घरमा शिव शरण भुजु द्वारा संचालित दिब्यश्वरी गेष्ठ हाउसको पहिलो तल्लाको १०४ नम्बर कोठामा प्रेसर कुकर बाट तार निकाली बिजुलिको लाईनमा जोडेको अबस्थामा शंकास्पद बिष्फोटक पदार्थ जस्तो देखिने बस्तु फेला परे पछि भक्तपुर प्रहरी चकित पर्यो र अनुसन्धान सुरू गरेको केही घण्टामै प्रहरी बम राख्ने योजनाकार सम्म पुग्न सफल भएको थियो ।

बम राखेको आरोपमा प्रहरीले काभ्रेको तेमाल गाउँपालिका घर भएका ३२ वर्षीय नविन तामाङलाई पक्राउ गरेको छ । नविन साउन ३२ गतेबाट सोही गेष्ट हाउसको ११० नम्बरको कोठामा बसेका थिए । बुद्धचित्तको माला बेच्न बसेका नवीनले बम राखेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको भक्तपुरका एसपी शिवकुमार श्रेष्ठले बताए ।

होटलमा खाएको बसेको रकम ४० हजार पुगेपछि गेष्ट हाउस सञ्चालक शिवशरण भुजुले पटक–पटक मागेको रिसमा ‘बम’ राखेको तामाङले प्रहरीलाई बताएका छन् ।

महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले उनलाई बम फेला परेको केही समयपछि नै पक्राउ गरेको थियो । नवीनले आफुले घरबाट कुकर ल्याएर राखेको प्रहरीसँग स्वीकार गरेका छन् । आवश्यक सोध-पुछ गर्ने क्रममा उनले भन्नेका छन् । ” आफैले घर देखि नै सर(सामान जुटाई होटलमै तयार पारि होटलको साहु शिव शरणले पैसा मागेको कारणले तर्साउन बनाएको पक्राउ परेका तामाङले स्वीकार गरे ।

सेनाको टोलीले निष्क्रिय पार्दा कुकरमा विष्फोटक पदार्थ फेला परेन । नवीनले ‘तर्साउने नियत’ले मात्र कुकरलाई बम जस्तो बनाएर राखेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरीका अनुसार उनी बुद्धचित्त मालाको कारोबारमा संलग्न व्यक्ति हुन् ।

२०७८ भदौँ ७ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...