back
himalayan life

कलुवापुर– बेलौरी सडक निर्माणकार्य गन्तव्यको नजिक

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजनाअन्तर्गत निर्माण भइरहेको कलुवापुर–बेलौरी सडक स्तरोन्नतिको कार्य ८० प्रतिशत पूरा भएको छ ।
दुई खण्डमा विभाजित गरी सडकमा वेस राख्ने र कालोपत्र गर्ने कार्य भइरहेको छ । सडकको बेलौरीस्थित नेपाल–भारत सीमा क्षेत्रदेखि चाँनदेउसम्मको १४ किलोमिटर र चाँनदेउदेखि कलुवापुरसम्मको १४ किलोमिटर गरी २८ किलोमिटर क्षेत्रमा कालोपत्रको कार्य भइरहेको छ ।

पूर्वाधार विकास कार्यालयका प्रमुख दीपकसिंह नेगीका अनुसार हालसम्म जम्मा ११ किलोमिटर सडकमा कालोपत्रकार्य सम्पन्न भएको छ । सडकको बाँकी भागमा कालोपत्र गर्नेकार्य भइरहेको छ । आव २०७२÷७३ मा सन्तोषी थेगिम जेभीसँग रु १८ करोड २० लाखको लागतमा सडक कालोपत्र गर्न ठेक्का सम्झौता गरिएको हो । ठेक्का सम्झौता भए पनि निर्माण कम्पनीले कालोपत्र गर्ने कार्यमा विलम्ब गर्दा कार्य सुस्त हँुदै आएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने कालागौंडीदेखि चानदेवसम्मको करिब तीन किलोमिटर सडक कालोपत्र गर्ने कार्यका लागि बेस राख्ने कार्य पूरा भएको छ । “निकुञ्ज कार्यालयले वातावरणीय प्रभाव मूल्याङ्कन ९इआइए० प्रतिवेदन पेश नगर्दासम्म सडक कालोपत्र गर्ने कार्यअगाडि बढाउन दिएको छैन”, कार्यालय प्रमुख नेगीले भने, “प्रतिवेदन तयार गरी पेश गर्नका लागि कार्य अगाडि बढेको छ ।” पुरानै सडकको मौजुदा संरचनाको स्तरोन्नति गरेर लैजाँदा निकुञ्जले अवरोध गरेको हो ।

जिल्लाको पुरानो सदरमुकाम बेलौरी हुँदैदादेखि नै पाँच दशकअघिदेखि चलनचल्तीको सडकका रुपमा यो सडक रहेको छ । विसं २०१९ मा बेलौरीदेखि महेन्द्रनगर सदरमुकाम सारिएको थियो । बेलौरी सदरमुकाम हुँदा सञ्चालनमा आएको उक्त सडक कालोपत्र निर्माण अहिलेसम्म पूरा हुन पाएको छैन ।

प्रमुख नेगीले सडक डिभिजन कार्यालयबाट हस्तान्तरण भएर आएपछि सडक निर्माण कार्यलाई प्राथमिकता दिइएको बताउए । बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलला चौधरी सडक कालोपत्र गर्ने कार्यलाई जति सक्दो छिटो सम्पन्न गर्नुपर्ने बताउनुहुन्छ ।

“विगतको तुलनामा सडक कालोपत्र गर्ने कार्य सन्तोषजनक रुपमा अगाडि बढेको छ”, उनले भने, “निकुञ्जको अवरोधबारे प्रदेश सरकारलाई अवगत गराइसकेका छौँं, सडक निर्माणसँगै बेलौरी बजार क्षेत्रमा नाली निर्माण गरिनुपर्छ भनेका छौं ।” सडक कालोपत्र भएमा छोटी भन्सार कार्यालयको राजस्व सङ्कलनमा समेत वृद्धि हुने बताइएको छ ।

२०७८ भदौँ ६ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

वि.सं.२०८३ असार ११ बिहीवार १६:२१

काठमाडौं ।नेपालमा नयाँ व्यवसाय वा कम्पनी सुरु गर्न जति सजिलो...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...