back

सहज बैंकिङ सेवाका लागि ग्लोबल आइएमई बैंक र एफएनसीसीआई प्रदेश नं १ बीच समझदारी

nactional life

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) प्रदेश नं १ बीच महासंघका सदस्यहरुलाई सहज बैंकिङ सेवा पुर्याउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ।

समझदारीपत्रमा बैंकका तर्फबाट बैंकको प्रदेश नं १ प्रमुख सुभाष सापकोटा तथा महासंघका तर्फबाट महासंघको प्रदेश नं १ अध्यक्ष टिकाराज ढकालले हस्ताक्षर गरेका छन्। समझदारीअनुसार बैंकले महासंघको सिफारिसमा बैंकिङ पहुँच नभएका साना व्यवसायी, युवा व्यवसायी, स्टार्टअप, नवउद्यमी तथा कृषि व्यवसायमा संलग्न उद्यमीहरुलाई प्राथमिकतामा राखी विभिन्न बैंकिङ सेवाहरु प्रदान गर्नेछ।

त्यस्तै अपांगता भएका व्यक्तिहरुले व्यवसायिक कर्जा लिन चाहेमा विषेश सुविधासहित कर्जा उपलब्ध गरिने पनि समझदारीपत्रमा उल्लेख छ। हस्ताक्षर कार्यक्रममा महासंघका प्रदेश उपाध्यक्ष राजेन्द्र राउत, केन्द्रीय सदस्यहरु तथा बैंकका कर्मचारीहरुको उपस्थिति थियो।

आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ–संस्थासँग समन्वय गरी यस्ता कार्यक्रम तथा योजनाहरु ल्याएर ग्राहकलाई लावान्भित गर्दै आएको छ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८० शाखा, २४८ एटीएम, २५७ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ।
२०७८ भदौ ३ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:५२

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफू...

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:३१

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा मध्यम वर्गलाई प्राथमिकता दिएको...

बजेटमाथि अमरेशकुमारको कटाक्ष: ‘बूढानीलकण्ठ पढेका अर्थमन्त्रीले गरिबलाई छोएनन्, यो बजेट फुकिएको बेलुन मात्र हो’

बजेटमाथि अमरेशकुमारको कटाक्ष: ‘बूढानीलकण्ठ पढेका अर्थमन्त्रीले गरिबलाई छोएनन्, यो बजेट फुकिएको बेलुन मात्र हो’

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:३०

काठमाडौं । प्रतिनिधिसभामा सुरू भएको बजेटमाथिका छलफलमा रास्वपाका सांसद डा....

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:१७

काठमाडौँ । हालै सम्पन्न नेपाल–भारत अन्तरदेशीय फन्ड ट्रान्सफर सम्झौतासँगै, एभरेष्ट...

काठमाडौं उपत्यकामा मेट्रो रेलको तीव्र तयारी: २७.५ किलोमिटर लामो चक्रपथ-रत्नपार्क खण्डको डीपीआर प्रक्रिया सुरु

काठमाडौं उपत्यकामा मेट्रो रेलको तीव्र तयारी: २७.५ किलोमिटर लामो चक्रपथ-रत्नपार्क खण्डको डीपीआर प्रक्रिया सुरु

वि.सं.२०८३ जेठ २८ बिहीवार ११:३३

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाको अत्यधिक र ब्याकलग बन्दै...

इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन हुँदैछ, सरकारमाथि नियोजित रूपमा हिलो छ्यापियो: अर्थमन्त्री डा. वाग्ले

इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन हुँदैछ, सरकारमाथि नियोजित रूपमा हिलो छ्यापियो: अर्थमन्त्री डा. वाग्ले

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४१

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको इतिहासकै सबैभन्दा ठूलो वित्तीय...