नविल बैंकले ल्यायो क्यास डिपोजिट मेसिन, बैंकमै जानुपर्ने बाध्यता हट्यो

वि.सं.२०७८ भदौ २ बुधवार

काठमाडौं । नविल बैंकले आधुनिक क्यास मेसीन सेवा सुचारु गरेको छ । डिजिटलाईजेशनमा आक्रामक बन्दै अगाडी बढ्दै आईरहेको नविल बैंकले आधुनिक क्यास मेसीन सञ्चालनमा ल्याएको हो ।
नेपालमा पहिले नेपाल एसबीआई बैंकले क्यास सजिलै डिपोजिट गर्न मिल्ने मेसिन ल्याएको थियो, जुन अहिले संचालनमा छैन । त्यस्तै दोस्रो प्रभु बैंकले क्यास डिपोजिट मेसिन ल्याएर संचालन गरिरहेको छ । त्यस्तै नविल बैंकले पनि ग्राहकलाई छिटो छरितो नविनतम् सेवा दिने उदेश्यले नविल क्यास मेसिन ल्याएको छ ।
अव मेसिनबाटै ग्राहकहरुलाई एटिएम मार्फत रकम झिक्ने मात्र नभई रकम जम्मा पनि गर्न सक्ने सुविधा ल्याएको हो । उक्त सेवा सुरुवातमा नबिल बैंकको तीनधारा शाखा र पुल्चोक शाखाबाट सुरु गरेको छ ।
उक्त मेसिन प्रयोग गरेर ग्राहकहरुले १०००,५००,१०० को नेपाली रुपैयाँ जम्मा गर्न सक्ने छन् भने एक पटकमा ९९ हजार ९ सय जम्मा गर्न सक्ने बैंकले जनाएको छ । यस मार्फत नबिलको कुनै पनि बचत र चल्ती खातामा जम्मा गर्न र ग्राहकहरुले आफ्नो क्रेडिट कार्ड भुक्तानी पनि गर्न सक्ने छन् ।
२०७८ भदौ २ गते प्रकाशित

प्रकाशित समय : १२:३६ बजे