नेप्सेमा नयाँ रेकर्ड कायम, कारोबार रकममा उछाल
वि.सं.२०७८ भदौ २ बुधवार
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आज अहिलेसम्मकै उच्च विन्दूमा पुगेर नयाँ रेकर्ड बनाएको छ । नेप्से परिसूचक ३८.२८ अकंले बढेर ३१९८.६० अंकमा बन्द भएको छ । यो हालसम्म कै उच्च बिन्दु हो । यसअघि गत मंगलबार नेप्से परिसूचक ३१६१.४४ अंक पुगेर नयाँ रेकर्ड बनाएको थियो । सोही रेकर्ड आज बुधबार ब्रेक गरेको हो ।
आज दिनभरमा २२८ कम्पनीको ३ करोड ६५ लाख ९ हजार कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ३१ करोड ३२ लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकममा उछाल आएपनि नयाँ रेकर्ड भने बनाउन सकेन । यसअघि आइतबार २१ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको थियो ।
बुधबार ट्रेडिङ समूह र म्युचुअल फण्ड बाहेक सबै समूहमा हरियाली छाएको छ । ट्रेडिङ समूह १५.५१ अंक र म्युचुअल फण्ड ०.२४ अंकले घटेको छ ।
बुधबार बैंकिङ समूह १६.४१ अंक, होटल तथा पर्यटन समूह ६.२३ अंक, विकास बैंक समूह ३३०.४६ अंक, हाइड्रो पावर समूह ५१.४८ अंक, फाइनान्स समूह १४८.२ अंक, निर्जीवन बीमा समूह ८३.४१ अंक, अन्य समूह ३.३ अंक, जीवन बीमा समूह १५१.३२ अंक, उत्पादन समूह २५५.९२ अंक, माइक्रोफाइनान्स समूह १.५५ अंक र इन्भेष्टमेन्ट समूह १.७२ अंकले बढेको छ ।
२०७८ भदौ २ गते प्रकाशित
प्रकाशित समय : १०:१३ बजे





















