भदौं ४ गतेदेखि मेगा म्युचुअल फण्ड–१ बिक्री खुल्ला हुने
वि.सं.२०७८ साउन ३१ आइतवार
काठमाडौँ । मेगा क्यापिटल मार्केट्स लिमिटेडले मेगा म्युचुअल फण्ड–१ निष्कासन गर्ने भएको छ । क्यापिटलले भदौ ४ गतेदेखि मेगा म्युचुअल फण्ड१ को इकाई निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री गर्न हो। उक्त फण्ड १० वर्ष अवधि बन्दमुखी योजना हो।
कुल इकाईमध्ये १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवर्धक मेगा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो। लगानीकर्ताले उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन सक्नेछन् ।
मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने उक्त फण्डको इकाईमा छिटोमा भदौ १० गतेसम्म र ढिलोमा भदौ १८ गतेसम्म आवेदन दिन सकिनेछ।
उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेबसाइट तथा एपबाट पनि आवेदन दिन सक्नेछन्।
२०७८ साउन ३१ गते प्रकाशित
प्रकाशित समय : १२:२२ बजे