back
himalayan life

नयाँ बसपार्कको ‘टिकट काउण्टर’ अब कम्युटर प्रणालीमा

काठमाडौँ । हाते कागजमार्फत यात्रुलाई बस टिकट प्रदान गर्दै आएको नेपालको राष्ट्रिय बसपार्क नयाँ बसपार्कले कम्युटर प्रणालीको माध्यमबाट बस टिकट काट्न सुरु गरेको छ ।

काठमाडौँ महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रालिबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता भई विसं २०५६ देखि सञ्चालनमा आएको नयाँ बसपार्कभित्रका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टर बनाउने उद्देश्यअनुरुप कम्युटर जडान गरी बस टिकट काट्न सुरु गरिएको हो ।

नयाँ बसपार्कभित्रका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टर बनाउनका लागि वैशाख १ गतेदेखि बन्द गरिएका टिकट काउण्टर कोरोनाको दोस्रो लहरको निषेधाज्ञापछि कम्युटर प्रणाली र प्रविधिको प्रयोग गरी सञ्चालनमा ल्याइएको हो । टिकट काउण्टरलाई ‘डिजिटल प्रणाली’मा लगेसँगै अब टिकट काउण्टरमा बस्ने कर्मचारीले अनिवार्य पोशाक र परिचयपत्र लगाउनुपर्ने भएको छ । प्रविधिको प्रयोगसँगै यात्रुले अब कुन कम्पनीको कति नम्बरको गाडी कुन समयमा कुन गन्तव्यस्थानमा कति यात्रु लिएर जान्छ भन्ने कुरा स्पष्ट थाहा पाउन सक्छन् ।

कम्युटर प्रणाली अपनाएसँगै गाडीमा सिट भए वा नभएको प्रष्ट थाहा पाउने हुनाले आफूले चाहेको टिकट सजिलै काट्न सकिन्छ । नयाँ बसपार्कबाट हाल ६५ भन्दा बढी जिल्लामा एसी, डिलक्स र साधारण खालका सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएका छन् । नयाँ बसपार्कभित्रका ३२ टिकट काउण्टरले हाल कम्युटर प्रणालीमार्फत बसको टिकट काट्न सुरु गरेका छन् ।

ल्होत्सेले सरकारले लिएको नीतिअनुसार कोभिड–१९ सङ्क्रमणपछि हुने भीडभाडलाई ध्यानमा राखेर प्रविधिको प्रयोगलाई जोड दिएको हो । बस टिकट खरिद तथा बुकिङका लागि क्यूआरकोडमार्फत भुक्तानी हुने व्यवस्था मिलाएको छ । ल्होत्सेले लक्ष्मी बैंक लिमिटेडको सहकार्यमा उक्त सेवा सञ्चालन गरेको हो ।

ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इञ्जीनियर दीपक कुँवर टिकट काउण्टरलाई प्रविधिमा लगेसँगै बसपार्कका काउण्टरमा हुने भीडभाड र यात्रु तानातानको अवस्था अन्त्य हुने बताउनुहुन्छ । नयाँ बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बसपार्कका रूपमा विकास गर्ने लक्ष्यअनुसार काउण्टरमा प्रविधिको प्रयोगलाई जोड दिइएको अध्यक्ष कुँवरको भनाइ छ ।

ल्होत्सेले नयाँ बसपार्कभित्र चालक, सहचालक र यात्रुलाई सहुलियत दरमा खान र बस्नका लागि होटल तथा लजसमेत सञ्चालनमा ल्याएको छ । काठमाडौँ महानगरपालिकाको वडा नं २६ मा रहेको नयाँ बसपार्क ६१ रोपनी क्षेत्रफलमा फैलिएको छ । ल्होत्सेले यातायात व्यवसायीसँगको सहकार्यमा लामो दूरीबाट आएका चालक, सहचालक र यात्रुलाई रातको समयमा खान तथा बस्नका लागि बिचल्ली नहोस् भन्ने उद्देश्यले होटल तथा लज सञ्चालनमा ल्याएको ल्होत्सेका मानव संशाधन प्रमुख पङ्कज मल्ल बताए ।

यसभन्दा पहिले विभिन्न जिल्लाबाट रातिको समयमा आएका चालक, सहचालक तथा यात्रु बसोबासका लागि बसपार्क बाहिरका होटलमा जानुपर्ने बाध्यता थियो । बसपार्कभित्र आवतजावत गर्ने चालक, सहचालक तथा यात्रुलाई सफा र शुद्ध खानेकुरा खुवाउने उद्देश्यले ल्होत्सेको पहलमा बसपार्कभित्रै खाना घर, खाजा घर, क्याफे सञ्चालनमा ल्याइएको छ ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि पहिलो र दोस्रो लहरको कोरोनाका कारण बन्दाबन्दी र निषेधाज्ञा हुँदा नयाँ बसपार्क आठ महिना पूर्णरूपमा बन्द रह्यो । कोरोनाका कारण बन्द हुँदा नयाँ बसपार्कमा रु २० करोडभन्दा बढीको नोक्सानी भएको ल्होत्से बहुउदेश्यीय प्रालिले जनाएको छ । ल्होत्सेको बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा एवं कर्मचारीको तलब, सेवा तथा सुविधाका लागि मासिक करोडौँ खर्च हुँदै आएको छ । यस्तै नयाँ बसपार्क सञ्चालनवापत काठमाडौँ महानगरपालिकालाई समेत ल्होत्सेले वार्षिकरूपमा जग्गाको भाडा बुझाउँदै आएको छ ।

विसं २१०२ सम्म ल्होत्से बहुउद्देश्यीय प्रालिले सञ्चालन गर्न पाउने गरी सम्झौता भएको नयाँ बसपार्क सम्झौता अवधि सकिएपछि काठमाडौँ महानगरलाई जिम्मा लगाउनुपर्ने हुन्छ । बसपार्कभित्र निर्माण गरिएका संरचनासमेत महानगरलाई बुझाउने गरी सम्झौता भएको छ ।

२०७८ साउन ३१ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

वि.सं.२०८३ असार १० बुधवार १२:१५

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत गएराती भएको खेलमा पोर्चुगलले...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

वि.सं.२०८३ असार १० बुधवार १२:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

वि.सं.२०८३ असार ९ मंगलवार १९:४९

काठमाडौँ। विशेष अदालत काठमाडौँले नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु...

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

वि.सं.२०८३ असार ९ मंगलवार १९:२८

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडालले नेकपा एमालेका उपाध्यक्ष तथा...